आमाको जिवनवृतान्तः " बादल पारी जननी"

 आमाको जिवनवृतान्तः " बादल पारी जननी"


प्रस्तावना


मान्छेको जीवन एउटा खुला किताब हो—जसका पाना-पानामा सुख-दुःख, हाँसो-आँसु र संघर्षका रेखाहरू कोरिएका हुन्छन्। तर कतिपय जीवन यस्ता हुन्छन्, जसको एउटा-एउटा पाना पल्टाउँदा न पाठकको आँखा रसाउँदैन, न मन काँप्दैन। मेरो आमाको जीवन त्यही एउटा यस्तै किताब हो।


जन्मदेखि महाप्रस्थानसम्म उहाँले भोग्नुभएको दुःख, कष्ट, अपमान, त्याग र मायाको यात्रा शब्दमा उतार्नु मेरो लागि सहज थिएन। किनकि त्यो केवल मेरो आमाको कथा होइन, हाम्रो कुल, हाम्रो पुर्खौली परम्परा, हाम्रो नेवाः समाज र त्यसभित्रको नारी जीवनको जीवित दस्तावेज हो।


यस जीवनवृतान्तमा मैले आमाको जन्मथलो, बाल्यकालको चञ्चलता, जवानीको सपना, वैवाहिक जीवनको पहिलो गाँसमै भोग्नुपरेको ढुङ्गा, सौतेनी व्यवहारको पीडा, जन्मथलो त्यागेर भक्तपुर-काठमाडौंमा गर्नुपरेको संघर्ष, नाति-नातिनी हुर्काउनुभएको ममता, शताब्दी वर्षको सम्मान र अन्ततः महाप्रस्थानसम्मका घटनाहरूलाई सकेसम्म यथार्थ र सम्मानपूर्वक राख्ने प्रयास गरेको छु। 


यस क्रममा हाम्रो पुर्खौली वंश परम्पराको तान्त्रिक दीक्षा अर्थात् “देखा” को महत्त्व पनि उल्लेख गरेको छु। किनकि देखा भनेको केवल कर्मकाण्ड होइन, यो कुल र इष्टदेवसँग जोडिने आध्यात्मिक सेतु हो। आमाको जीवनसँगै यो परम्परा कसरी बाँचिरह्यो र म आफैंले कसरी यसलाई पुनर्जीवित गर्ने अवसर पाएँ भन्ने कुरा पनि यहाँ समेटिएको छ।


मलाई थाहा छ, मेरो लेखनमा साहित्यिक चमक छैन। तर हरेक शब्दमा आमाको पसिना, आँसु र आशीर्वादको गन्ध छ। यो पुस्तक मेरो लागि ऋण तिर्ने माध्यम हो—जन्म दिने, हुर्काउने, र जीवनभर निस्वार्थ माया दिने आमाप्रतिको ऋण। 


यो जीवनवृतान्त पढेर कसैको मनमा आफ्नो आमाप्रतिको माया अलिकति पनि बढ्यो भने, कसैले आफ्नो कुल परम्पराको महत्त्व बुझ्यो भने, मेरो श्रम सार्थक हुनेछ।


अन्त्यमा, यो कथा सम्भव बनाउन प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण आफन्त, गुरुजन र शुभेच्छुकप्रति हृदयदेखि आभार व्यक्त गर्दछु। र सबैभन्दा बढी, यो कथा लेख्ने प्रेरणा दिनुहुने मेरी आमा—श्री कलंकी माता—प्रति कोटी-कोटी नमन।


लेखक 

प्रकाश मान शिल्पकार - श्रेष्ठ

(२०८३ फागुन    शितला अष्टमाी /चैतकृष्ण

ने.सं.११४७ चिल्लागा अष्टमा बुधबार )




लेखकीय टिप्पणी


आमाको जीवनवृतान्त लेख्न मैले २०७९ सालतिरबाट सुरु गरेको हुँ। त्यसबेला आमाको मुखबाट सुनेका सम्झना र आफ्नै बाल्यकालका टुक्राहरूलाई टिपोट गर्दै १० अध्यायसम्म लेखिसकेको थिएँ।  


तर जीवनका व्यस्तता र मनको अलमलले लेखन बीचमै रोकियो।  


२०८२ साल फागुन २७ गते आमाको महाप्रस्थानपछि मनमा एउटै कुरा आयो—अब यो अधुरो कथा पूरा गर्नुपर्छ। भतिजा भान्जाहरु एवं सन्जिव सापकोटा भाइ लगायतबाट पाएको सुझाव र हौसलाले पुनः कलम समातेँ।  

२०८२ चैतदेखि लेखनलाई निरन्तरता दिँदै २०८३ …..

 यो कृति पूरा गरेको हुँ।  


यसरी यो पुस्तक ३ वर्षको अन्तरालमा, दुई चरणमा लेखिएको छ। पहिलो चरण आमाको उपस्थितिमा, दोस्रो चरण उहाँको स्मृतिमा।  


  लेखक



अध्याय १: 

जन्मथलो र बाल्यकाल*  


*सारांश:* आमाको जन्म भएको गाउँ, बाल्यकालको निश्चल दिनहरू र १९० सालको महाभूकम्पले छाडेको त्रास।  


*विषयवस्तु:*  

क) आमाको जन्मथलो  

ख) आमाको बाल्यकाल  

ग) आमाको जन्म र १९० सालको महाभूकम्प


 


म अहिले  ६३ वर्ष  लागें, तर आजसम्म पनि मैले आफ्नो *मामाघर कहाँ हो* यकिन थाहा पाउन सकेको छैन। मामाघर कहाँ भनेर थाहा नहुने म, मामाघर पुगेको त पक्कै हुन्नँ नै।


अहिले मात्र होइन, म सानो छँदै आमाले पनि आफ्नो माइती घर *"यहाँ पर्छ"* भनेर यकिनका साथ भन्न सक्नुहुन्नथ्यो। अहिले त आमा *सय वर्ष नाघिसक्नुभयो*, कुरै भएन।


आमाको आमा बित्नुभएदेखि नै आजसम्म पनि आमा *आफ्नो माइत जानुभएको छैन*। म आमाको गर्भमा बस्नुभन्दा धेरै अघि नै मेरो *मामाली हजुरआमाको मृत्यु* भइसकेको कुरा आमाले भन्नुहुन्छ।


आमा आफ्नो जन्मघरका बारेमा भन्नुहुन्छ — आमाका *हजुरबुबा सिद्धिदास श्रेष्ठ* र *बुबा मानकाजीको* जिउनीसम्म गाउँको *जिम्मावाल* हुनुहुन्थ्यो रे। *एकमुरी धानको बीउ रोप्ने धानखेत* थियो रे। _भूमिप्रशासन ऐन लागू नहुँदासम्म पूर्व पहाडी भेगका जग्गा-जमिनको तिरो असुली गरी सरकारसमक्ष बुझाउने उत्तरदायित्व बोकेकालाई जिम्मावाल भन्थे।_


रोपाइँ गर्दा खेताला खोज्न पर्दैनथ्यो रे। *"हामी जिम्मावालको खेतको रोपाइँ गर्ने भएपछि सारा गाउँलेहरू आइ निःशुल्क रोपाइँ गर्न आउँथे"* रे। आमाको त्यस्तो कुरा सुन्दा हामीलाई अचम्म लाग्थ्यो।


बुबा *मानकाजीको मृत्यु*पछि खेत सबै *छाती भन्नेले लिएर जिम्मावाल नै खोसियो* रे। अनि आमाकी आमासँग *एकपाथी धानको बीउ लाग्ने धानखेत* र *एकपाथी मकैको बीउ लाग्ने मकैबारी* मात्र बाँकी रह्यो रे।


मेरी आमा भन्नुहुन्छ — आमाकी आमाको नाम *हेराथकु* रे। आमाबुबाका *चार छोराछोरी*:  

१. *जेठी बालकुमारी*  

२. *छोरा क्षेत्रबहादुर*  

३. *माहिली छोरी — मेरी आमा मानकुमारी*  

४. *कान्छी छोरी चन्द्र*


दाजु *क्षेत्रबहादुर चौध वर्षको उमेरमा* बित्नुभयो रे। दिदी *बालकुमारी* र आमाको *बिहे भक्तपुर*मा भएको, बहिनी *चन्द्रको साँखु*मै भएको भन्नुहुन्छ।


आमा भन्नुहुन्छ — *"म र बहिनी चन्द्रको एउटै घरपरिवारमा बिहे भयो। म काका संग, बहिनी भतिजा संग। तर पछि बहिनीले त्यहाँ छाडेर साँखुमा गइन्।"*


*मामाघर कहाँ* भनेर सोध्दा आमा भन्नुहुन्छ — *"पूर्व दचो हुँदै पाँगु शिखर, रोशीखोलाको झोलुङ्गे पुल र खहरे खोला समेत तरेर जानुपर्ने शिखर, अनि अँधेरी खोला..."* कता-कताको नाम भन्नुहुन्छ, तर *यकिनका साथ 'यहीँ नै हो'* भनेर भन्न सक्नुहुन्न।


आमाको जन्मघरका बारेमा यकिनका साथ भन्न सक्ने कोही नहुँदा बाध्यतावश *२०४५ साल*मा आमाको नागरिकता लिँदा मैले *आमाको जन्मथलो भक्तपुर लेखाएर नागरिकता लिन बाध्य* भएको थिएँ। हुनतः आमाको जन्म थलोका बारेमा सँखुमा  बस्ने मेरो सानी आमा चन्द्र र वहाँकी छोरी मङ्गल दिदिलाई निश्चयनै थाहा होलान्  तर अहिले धेरै भयो सम्पर्कका न आएको । हामी पनि पनि त्यहाँ गएनौं । ०३०  सालतिर सम्म आमालाई भेत्न आउथ्यो । त्यो बेलामा  म ... उमेरको थिएँ । सानी आमा र मङ्गला दिदिले हामीलाई मामा घरको बारेमा कहिले कुरा गर्नु भएनन् । हामीले पनि त्यस विषमा कहिले कुरा गरेनौं । पछितः सानी आमा हामी कहाँ आउने नै बन्द भयो ।


यसरी आमाको जन्मघरका बारेमा यकिनका साथ भन्न सक्ने कोही नहुँदा बाध्यतावश *२०४५ साल*मा आमाको नागरिकता लिँदा मैले *आमाको जन्मथलो भक्तपुर लेखाएर नागरिकता लिन बाध्य* भएको थिएँ।


 आमाको बाल्यकाल 


आमा आफ्नो बाल्यकालको अवस्था र आफूले भोगेका अनुभवका बारेमा यसो भन्नुहुन्थ्यो —


आमाका तीन दिदी-बहिनीमध्ये *माहिली दिदी* — ठूली आमाको *काठमाडौंको भेडासिं*मा बिहे भएको थियो। आमा *दस वर्ष*को उमेरमा *मामा कुलनारायण*सँग एकदिन काठमाडौंमा *ठूली आमालाई भेट्न* जानुभएको थियो।


फर्कने क्रममा अचानक आकाश कालो हुँदै *हुरी-बताससँगै मुसलधारे पानी* पर्न थाल्यो। म डराउँदै मामाको हात समाएर घरतर्फ फर्कँदै थिएँ। *घर पुग्न एक रात बास बस्नुपर्थ्यो*। जति छिटो-छिटो हिँडे पनि *ठूला मान्छेलाई एक दिनभन्दा बढी नै समय* लाग्थ्यो। अहिले जस्तो न त मोटर थियो, न मोटर बाटो नै। *उकाली-ओराली गर्दै, झर्दै* धेरै हिँड्नुपर्थ्यो, त्यो पनि *नाङ्गो खुट्टाले*।


मुसलधारे पानी परिरहेको थियो। आकाश भयङ्कर कालो हुँदै गएको थियो। म भयभीत हुँदै छिटो-छिटो मेरा *साना पाइला चाल्दै* अघि बढ्दै थिएँ। मामाले मलाई *मामाको लुगाको एक छेउ कसेर समाउन लगाई "नछाड्नू"* भन्नुभयो। मैले पनि मामाको लुगाको *एक फेद (टुप्पो) कस्सिएर समातेर* पाइला छिटो-छिटो चाल्दै अघि बढ्दै गएँ।


मामाले केही *बरबराउँदै* गरेको मैले सुनें। हामी छिटो-छिटो हिँड्दै गर्दा लामो दूरी हिँडेको चालै नपाई, *एक रात बास बसेर मात्र पुग्ने घर*मा हामी त्यही दिन *साँझ नपर्दै आँगनमा पुगिसकेका* रहेछौं।


आमा भन्नुहुन्छ — *मामा तन्त्र-मन्त्रमा निपुण हुनुहुन्थ्यो रे*। मामाले *तन्त्र-सिद्धिको सहायताले एक दिन र आधा दिनको बाटोलाई दोबर्याएर छोटो पार्नुभएको* रहेछ। नेपालभाषा (नेवाः भाषा) मा यसलाई *"लँ त्वाथलेगु"*, *"लँ फ्यायेगु"* भन्दा रहेछन्।


यसरी *एक दिन र आधा दिन हिँड्नुपर्ने* कठिन टाढाको बाटोलाई मामाले आफ्नो *तन्त्र-सिद्धिले सहज पार्दै* केही घण्टामै घर पुर्‍याउनुभएको बाल्यकालको त्यो अनुभूति आमा आज पनि हामीलाई सुनाउनुहुन्छ।


आमाको जन्म र १९९० सालको महाभूकम्प


आमा अहिले जन्मनुभएको वा कति सालको जन्म भनेर सोध्दा आमा भन्नुहुन्छ — *"कार्तिकमा जन्मेको। साल चाहिँ थाहा छैन।"*


तर *१९९० सालको महाभूकम्प*मा आमा *१२ वर्ष*को हुनुहुन्थ्यो भन्नुहुन्छ। त्यस आधारमा आमाको जन्म *वि.सं. १९७८ साल कार्तिक महिनातिर* भएको अनुमान गर्न सकिन्छ।


महाभूकम्पको समयको त्यो बाल्यकाल सम्झँदै आमा भन्नुहुन्छ:


"मामा, काकी नाता पर्ने छोरी *लाटी दिदी* र म समेत *बस्तुभाउ चराउँदै* थियौं। गाई, बाख्रा-बाख्रीहरू चर्दै थिए। हामी भने *अजङको एउटा विशाल ढुङ्गा*माथि बसेका थियौं।


अचानक हामी बसिरहेको त्यो अजङको ठूलो ढुङ्गा *जोरसँग हल्लिन थाल्यो*। बस्तुभाउ पनि *चिच्याएर कराउन* थाले। ढुङ्गा हल्लिएपछि *'खस्यौं, खस्यौं'* भन्दै लाटी दिदी र म *आत्तिएर रुन* थाल्यौं।


हतपत *मामाले हामी दुई दिदी-बहिनीलाई च्यापेर* त्यो ठूलो ढुङ्गाबाट *तल मैदानमा हामफाल्नुभयो* र सुरक्षित स्थानमा लगेर राख्नुभयो। हामी तल मैदानमा आएपछि सबै बस्तुभाउ पनि हामीसँगै *चारैतिरबाट आएर आत्तिएर कराउँदै हामीलाई घेरेर* बसे।"


आमा त्यसबेलाको *भुइँचालो, भागदौड, रुवाबासी* र मामाले ज्यान जोगाइदिएको त्यो क्षण आज पनि *आँखा रसाउँदै* सुनाउनुहुन्छ।



अध्याय २: जवानीका सपना र पहिलो आँधी


सारांश: जवानीका मिठा सपनाहरू कसरी दुःख र वैवाहिक जीवनको पहिलो झट्कामा परिणत भए।  


विषयवस्तु:

क) आमाको जवानीको सम्झना  

ख) दुःख-कष्टको कालो बादलले घेर्दै गयो कलकलाउँदो जवानी  

ग) वैवाहिक जीवनको पहिलो गाँसमै ढुङ्गा



बाल्यकालबाट जवानीमा प्रवेश गरेपछिका सम्झनाहरू सुनाउँदै आमा यसो भन्नुहुन्छ —


"सानैदेखि भिरपाखामा घाँस काट्न जाँदा *एक्लै गुणगुनाउने* मेरो स्वभाव थियो। अरूले गाउँदा *स्वरमा स्वर मिलाउन* म तत्परता देखाउँथें। त्यसैले पनि गाउँमा धेरैले मलाई *'मैना'* भन्थे।


*जुहारी गीत* गाउन खप्पिस, भक्तपुर *न्हाकंडोल, गुण्डु*मा बिहे भएर गएकी *नानीमैया* नामकी *सानीआमा* बिहे भएर जानुभन्दा अगाडिसम्म जहाँ-जहाँ जानुहुन्थ्यो, मलाई सँगसँगै लगेर जुहारी गीत गाउनुहुन्थ्यो। *हामी दुईले गाएको गीतको भाका र स्वर सुनेर सबै लट्ठै हुन्थे*।


गीतका भाका *तामाङ र खस नेपाली* दुवैमा हुन्थ्यो। हामी *नेवाः* भए तापनि *नेवाः गीत एउटा पनि गाएको सम्झना छैन*। जति गाएँ, सबै तामाङ र खस नेपाली भाकामा मात्र गाएँ।"


*दुःख-कष्टको कालो बादलले घेर्दै गयो कलकलाउँदो जवानी...*


"रमाउने गरी रसस्वाद लिन नपाउँदै *लगभग १४-१५ वर्षको उमेरमा पिताको स्वर्गवास* भयो। त्यसपछि घर-परिवारमा *दुःख-कष्टको कालो बादलले घेर्दै गयो*।


बुबाको *जिम्मावाल खोसियो*, *सयमुरी धानको बीउ लाग्ने धानखेत* पनि *छातीबाट खोसियो*। अनि *घर-व्यवहार चलाउन कामको खोजीमा हिँड्न बाध्य* हुँदै गयौं।


बुबाको *भान्जा नाता* पर्ने गाउँकै *श्यामलाल दाजु* बनेपामा खाद्यपसल राखेर बस्नुभएको थियो। उहाँको घरमा गएर काम गर्न थालें। *काम गरेर आएको ज्यालाबाट घरखर्च चलाउने* गरेको कुरा आमा बताउनुहुन्छ।


काम खासै त्यति गाह्रो नभएको बताउँदै आमा भन्नुहुन्छ — *'तीन-तीन घ्यूका टिनहरू खोल्दै घ्यू खार्ने काम गर्थें। घ्यूको टिन खोल्ने क्रममा राम्रो घ्यू परेपछि हलुवा खाएझैं काँचै घ्यू खाने गर्थें।'*


आमा भन्नुहुन्छ, *'तिमीहरूले हलुवा के खान पाउनु, मैले घ्यूको काम गर्दा घ्यू धेरै खाएको छु। श्यामलाल दाइले पनि 'पचाउन सके जति खाए पनि हुन्छ, खानू तर पच्ने सम्म खानू' भन्नुहुन्थ्यो। त्यसैले पनि घ्यू खाने गर्थें। काँचो घ्यू डल्लाका डल्ला खाँदा पनि त्यो बेलामा पच्ने गर्थ्यो।'*


'अरू पनि कामदारहरू थिए, तर उनीहरूले भने घ्यू पचाउन नसकेर *बिहान दिसा गर्दा घ्यू नै घ्यू दिसा गर्ने* गर्थे' भनेर आमा हाँस्दै सुनाउनुहुन्छ।"


*वैवाहिक जीवनको पहिलो गाँसमै ढुङ्गा*


आफ्नो विवाहित जिन्दगीका बारेमा आमा यसरी बताउनुहुन्छ —


"दिदी *बालकुमारी*को भक्तपुरस्थित *तेप्चो टोलका शंख्रासि...* सँग बिहे भएपछि दिदीकै प्रयासमा भक्तपुर *भार्वाचो*का *विधुर पुरुष रामबहादुर सिकर्मी शिल्पकार*सँग *दोस्रो पत्नीको रूपमा* भित्रिएँ।


*बिहेको कुरा चलाउँदा देखाएको केटा अर्कै थियो, तर लगनगाँठो कस्दा भने अर्कै पुरुष — त्यसमा पनि आफूभन्दा धेरै उमेरको।* तैपनि आफ्नो घरको *नाजुक अवस्था* सम्झेर जे-जस्तो छ, त्यसैलाई स्वीकार गर्न बाध्य हुनुपर्‍यो।"


मेरी आमा आज पनि आफूले जीवनमा भोगेका दुःखका कुराहरू सुनाउने क्रममा भन्नुहुन्छ — *"यसरी मेरो वैवाहिक जीवनको पहिलो गाँसमै ढुङ्गा पर्‍यो।"*


आमा आफ्नो जीवन-कथा सुनाउँदै हामीलाई भन्नुहुन्छ — *"तिमीहरूका पिताको पहिली पत्नी, तिमीहरूकी जेठी आमा मोहनमायाको कोखबाट तीन छोरा-छोरी जन्माएर बित्नुभएको रहेछ। जेठो छोरा तिमीहरूका दाजु प्रेमबहादुर साबालक भइसकेका थिए, तर तिमीहरूका दुई दिदीहरू चम्पा र बशुं भने नाबालिक नै थिए।"*



अध्याय ३: ससुरालीको पीडा


*सारांश:* सौतेनी छोरीको माया र जेठानीको यातनाबीच हजुरआमाको मृत्युसँगै भोग्नुपरेको मानसिक पीडा।  


विषयवस्तु:

क) सौतेनी छोरी चम्पाको बिर्सन नसक्ने गुण र जेठानीको यातना  

ख) पीडादायक कथा — हजुरआमा हेराथकुको अन्त्य



मेरो माइती कमजोर थाहा पाएर होला, तिमीहरूकी *ठूलीआमा पुनमाया*ले पहिलो दिनदेखि नै मलाई *हेपाहा दृष्टि*ले हेर्न थालेको मैले महसुस गरेको थिएँ।


*जेठानी खराब भए पनि सौताकी जेठी छोरी चम्पा* सानी नै भए पनि *अलि परिपक्व* थिइन्। उनले मलाई साथ दिन्थिन्।


*गर्भवती अवस्थामा* पनि ठूली आमाले मलाई *राम्रोसँग खान नदिईकन काम मात्र जोत्ने* गरेको देखेर सौतेनी छोरी चम्पा *ढुकुटीबाट चिउरा चोरेर* मैले बानेर राखेको *पटुकाको पोल्टामा माना-दुई माना राखेर कसिदिने* गर्थिन्। त्यही चिउरा *फाँको मारेर खाँदै* म *तान बुन्ने र खेतमा काम* गर्थें।


मेरो *पहिलो बच्चा* गर्भवतीको समयमा उचित खानपिन गर्न नपाएर *प्रसव समयमा मैले भोगेको कष्ट* सौतेनी जेठी छोरी चम्पाले राम्रोसँग बुझेकी थिइन्। *बच्चा जन्मनुपर्ने समयभन्दा धेरै समय लगाएर जन्मेको नवजात प्यारो भाइ* जन्मेको केही दिनमै बितेको *दुःखद पीडा* उनमा थियो।


त्यसैले पनि *दोस्रो पटक गर्भवती* भएको अवस्थामा छोरी चम्पा मेरो *खानपिनमा ध्यान पुर्‍याउँथिन्*। कहिलेकाहीं त मेरो लागि *ठूली आमासँग पनि कराउन पछि पर्दिनथिन्*। अनि *"मेरो पक्षमा बोल्यो"* भन्दै ठूली आमा चम्पालाई *भुत्ल्याउनुहुन्थ्यो*।


छोरी चम्पाले *ढुकुटीबाट चोरेर दिएको चिउरा* खाएर म आफ्नो पेट भर्थें। सायद त्यसैले होला, *दोस्रो पटकको प्रसव अवस्थामा* त्यति कष्ट मैले भोग्नु परेन। *दोस्रो पटकमा पनि छोरै जन्मेको* थियो। *भाइ पाएर दुवै दिदी-बहिनी खुसी* थियौं।


*सुत्केरीको अवस्थामा तमाखुको गन्ध आउने चाकु*सँग खाना खानुपर्ने मेरो बाध्यता महसुस गरेर चम्पा *ढुकुटीबाट सुटुक्क पैसा चोरेर घ्यू-चाकु किनेर लुकाएर राख्थिन्*। अनि खाना खाने बेलामा *अरूले नदेख्ने गरी भातभित्र राखिदिन्थिन्*।


यसरी *सौतेनी छोरी भएर पनि मैले कहिल्यै बिर्सन नसक्ने गुण लगाएकी छिन्* तिनले मलाई।


*जेठानीको यातना र जेठानीका दाजु अम्बिका र बहिनी मङ्गलमायाको अविस्मरणीय माया*


जेठानी सधैं *कचकच मात्र गर्थिन्*, सके त मलाई *काँचै निल्ने जस्तै व्यवहार* गर्थिन्। तर उनका *दाजु अम्बिकाले मलाई आफ्नै सहोदर बहिनी जस्तै माया* गर्नुहुन्थ्यो।


आमा भन्नुहुन्छ — *"जेठानी पुनमाया र मेरा स्व. सौता मोहनमाया अम्बिका दाजुकै सहोदर बहिनी हुन्। यताकी चेली मेरी नन्द गणेशमाया उता अम्बिका दाजुसँग, उताकी चेलीहरू पुनमाया र मोहनमायाको बिहे भने यता भएको रहेछ। यसरी अम्बिका दाजु दुवैतर्फबाट नाता पर्नुहुन्थ्यो।"*


दाजु अम्बिकाका *पाँच बहिनीहरूमध्ये* याछेंमा दिएकी बहिनी *मङ्गलमाया*ले पनि मलाई *आफ्नै बहिनीजस्तै अति माया* गर्नुहुन्थ्यो।


एक दिनको कुरा हो, *अम्बिका दाजु* घरमा आउनुभएको थियो। त्यो दिन *जगाती वासिकचामा* रहेको हाम्रो *मोहियानी हकको आठ-नौ रोपनी खेतमा धान रोप्ने* भएकाले घरमा पाहुनाहरू धेरै थिए। *सिनाज्या (रोपाइँ)* मा जान *नन्दका छोराहरू नारायणभक्त, हरिभक्त र लक्ष्मीभक्त* समेत घरमा आउनुभएको थियो।


सबैजना खाना खाने तयारीमा थिए। मेरी जेठानी / तिमीहरूकी ठूलीआमा सधैंझैं *बिनाकारण म सँग कराउँदै* दाजुकै अगाडि *मेरो मुखमा धारेहात लगाउँदै* थुक्न खोजेको मात्र के थिइन्, *दाजु अम्बिकाले आफ्नी बहिनीको गालामा एक चड्कन डनकाई हाल्नुभयो*।


अनि के थियो र — *"मेरो माइती नै हड्प्यो"* भन्दै *टोल नै थर्काउने गरी रुन* थाल्नुभयो भनेर आमा हामीलाई भन्नुहुन्छ।


आमा आज पनि भन्ने गर्नुहुन्छ — *"मेरो घर-परिवारले दिएको यातना र मैले भोगेको कष्ट देखेर त्यसको लाभ उठाउँदै मेरो मन भाँड्ने नियतले हाम्रै कुलको जजमानी गर्दै आएका पुरेतले समेत सुनका गहनाका पोका देखाउँदै मलाई लोभ्याएर फकाउने असफल प्रयास गरेका थिए।"*


*अपुताली खान जेठानले मर्न लागेको अपुतो भाइ-बुहारीलाई घरबाट निकालियो*


गाउँमा *आमा र बहिनी मात्र* थियौं। बहिनी *चन्द्र*को पनि बिहे भएर गएपछि घरमा आमा एक्लै हुनुभयो। *एक्लो भएकी आमाले बिस्तारै खानपिनमा लापरबाही गर्दै* जानुभयो।


समयमा खानपिन गर्न नसक्दा बिस्तारै-बिस्तारै आमाको *शरीर र आँखाको दृष्टि कमजोर हुँदै* पछि *आँखा नदेख्ने अवस्थामै* पुग्नुभयो। आँखा नदेख्ने सम्मको अवस्थामा पुगेकाले आमाले *अति कष्ट खेपेर बित्नुभयो* भनेर आमा बताउनुहुन्छ।


दुःखका कुराहरू बताउँदै आमा भन्नुहुन्छ — *"एक मात्र भएको, भिन्न बसेका ठूलोबुबाले आमाले नङ्ग्रा खियाएर रोपेको मकैसमेत खान नपाउने गरी आमा हेराथकुको मृत्यु पछि घरबार सबै हस्तक्षेप गरेर लुटेर जन्मघरमा पस्नसम्म पनि नदिएको"* भन्ने पीडादायक कथा सुनाउनुहुन्छ आमा।



 पीडादायक कथा — हजुरआमा हेराथकुको अन्त्य*  


आमा आज पनि पीडादायक कथा सुनाउनुहुन्छ।


*आमाको मृत्यु हुँदाको दुःखद घटनाका बारेमा बताउँदै आमा भन्नुहुन्छ —*


आँखा नदेख्ने अवस्थामा पुगिसक्नुभएकी *बृद्ध आमा हेराथकु* घरमा एक्लै बस्न बाध्य हुनुहुन्थ्यो। *तीन वटै छोरीहरू* आ-आफ्नो घरमा। आँखा नदेख्ने एक्ली बृद्ध घरमा बस्दा *खाना पकाएर खुवाउनेसम्म पनि कोही थिएन*।


आमा भन्नुहुन्छ — *"मेरी आमा ज्यापुकी छोरी, बुबा श्रेष्ठ भएकाले बुबाका दाजु लालबहादुरले 'मथ्याम्ह' भनेर वास्ता नै गर्नुहुन्नथ्यो।"*


भात पकाउने प्रयासमा *चामल कसौंडीमा राख्ने क्रममा भुइँमा र आगोमा खसाल्नुहुन्थ्यो*। अनि छोरीलाई बोलाउँदै *"एक गाँस भात खुवाउन आउन छोरी"* भन्दै रुनुहुन्थ्यो रे।


आमा भन्नुहुन्छ — *"गाउँमा हाम्रो घर र अन्य गाउँलेहरूको घरको दूरी टाढा-टाढा थियो। त्यसैले पनि आमाको स्थितिका बारेमा गाउँलेहरूलाई त्यति जानकारी हुँदैनथ्यो।"*


हाम्रै घरको बारीमा *छाप्रो बनाएर एक दमाई परिवार* बसेका थिए। आमा जाँदा घरअगाडिका दमाईले भन्नुहुन्थ्यो — *"कति दिनसम्म त आमा घरबाटै बाहिर निस्कनुहुन्नथ्यो। म दमाई परें, घरभित्र पसेर आमालाई खुवाउन... मानवियताले घरभित्र पसेर केही खुवाउन पनि समाजको डरले असमर्थ भएँ"* भन्दै आत्मग्लानि भएको कुरा सुनाउनुहुन्थ्यो।


*महिनामा एक पटक* आमालाई भेट्न म घर जान्थें। घर जान *एता धेरै कुराको बहानाबाजी गर्नुपर्थ्यो*, नत्र जान पाउँदिनथें।


एक दिन गाउँमा *"आमा बिरामी हुनुहुन्छ"* भन्ने खबर आयो। त्यो बेला मेरी बहिनी, तिमीहरूकी *सानीआमा चन्द्र* पनि यतै भक्तपुरमै थिइन्। म *गर्भवती* थिएँ, गर्भमा छोरी *पुष्प* थिइन्। *तीन-चार वर्षका छोरा*, तिमीहरूका दाइ *रमेश*लाई बोकेर बहिनी चन्द्रलाई साथ लिएर हामी घर गयौं। *दिनरात हिँडेर घर पुग्यौं*।


आमाको शरीर *शिथिल भइसकेको* देखें। हामी पुगेको थाहा पाएर *ठूलोबुबा लालबहादुर* घरमा आएर *"आमालाई लिएर जा, यहाँ नराख, नराख"* भन्दै दबाब दिनुभयो।


*अंश लिएर भिन्न बसेका जेठानले "छोरा नहुने भाइ-बुहारीको अपुताली खान पाइन्छ" भन्दै आमाको घर-जग्गामा हक जताउँदै बलजफ्ती आफ्नै घरबाट जीवनको अन्तिम अवस्थामा पुगेका, आँखा नदेख्ने भाइ-बुहारीलाई निकालियो।*


त्यो समयको सामाजिक परिवेशका कारण भनौं अथवा *गाउँमा अन्यायको विरुद्ध बोल्ने कोही नभएर हो*, हामीलाई कसैले पनि साथ दिएनन्। अनि *आमालाई भक्तपुरमै लाने बाहेक अरू कुनै विकल्प नै पाएनौं*।


आमा आज पनि हामीलाई भन्नुहुन्छ — *"आमालाई भक्तपुर लाने निधो भएपछि आमाको शरीरमा देवी चढेर भन्नुभयो — 'तिमीहरूले मलाई चिन्यौ? म तिमीहरूको अजिमा हो। तिमीहरूले आफ्नी आमालाई नलैजाऊ, लगेमा बाटोमै मर्नेछिन्, नलैजाऊ।' तर के गर्ने? ठूलोबुबाले 'आमा लैजा, लैजा' भन्दै घरको ढोकामा ताल्चा नै लगाइदिनुभयो।"*


त्यसैले *आमालाई बोक्न एकजना र घरमा भएका केही अन्न — मकै, भटमास, कोदो लगायत अन्न बोक्न तीनजना समेत गरी चारजना भरियाहरूको* व्यवस्था गरेर *आमालाई डोकोमा राखेर बोकाएर भक्तपुरतर्फ लाग्न बाध्य* हुनुपर्‍यो।


यसरी आफ्नै घरबाट निकालिएर भक्तपुरतर्फ आउँदै थियौं। *नम्रा नपुग्दै* बृद्ध आमाले कराउन थाल्नुभयो — *"मलाई गाह्रो भयो, भएन, मलाई तल भुइँमा राख, राख।"*


अनि भरियाले एउटा *ठूलो रुखको छहारीमा बिस्तारै डोकोबाट निकालेर तल भुइँमा राख्नुभयो*। डोकोबाट निकालेर आमालाई मैले *आफ्नो शरीरमा आड दिएर बसालेर* राखें। अनि *एक हातले अँगालो मारेर एक हातले आमालाई पानी खुवाएँ*, तर आमाले *पानी निल्नुभएन र शरीर पुक्लुक्क ढल्यो* र बित्नुभयो।


यसरी *आफ्नै घरबाट आमाका जेठान लालबहादुरले बलजफ्ती गरेर मर्न लाग्नुभएकी मेरी बृद्ध आमालाई घरबाट निकाला गरेर बाटोमा मर्न बाध्य* बनाइदिनुभयो।


*गर्भवती भएका कारण आमालाई दागबत्ती दिन पाइनँ*


आमा बितेपछि *बहिनी चन्द्रलाई भक्तपुरमा तिमीहरूका बुबा र मेरी दिदी बालकुमारीलाई खबर गर्न* एक्लै पठाएँ।


*नम्रा नपुग्दैको त्यो ठाउँमा* केही घरहरू थिए। मेरी आमा बाटोमै बित्नुभएको र बहिनी आफन्त बोलाउन भक्तपुर गएको थाहा पाएर *त्यहाँका मानिसहरू भेला भएर रातभरि आगो बालेर मेरी आमाको देह र मेरो सुरक्षामा बसे*।


आमा भन्नुहुन्छ — *"यता रुँदै भक्तपुरमा दिदी-भिनाजुलाई बोलाउन गएकी एक महिलालाई देखेर बतासेका एक महिलाले यथार्थ सबै कुरा थाहा पाएपछि रात पर्न लागेको समयमा 'एक्लै जानुहुन्न' भन्दै रोकेर त्यो रात वहाँकै घरमा बास राखेर त्यसको भोलि प्रभातकालमा मात्र पठाउनुभयो।"*


भक्तपुरमा तिमीहरूका बुबा घरमा हुनुहुन्थेन र *भिनाजु शंख्रासीले यो दुःखद खबर पाउनासाथ सालीसँग नम्रातर्फ लागेर आइपुग्नुभयो*। दिदी बालकुमारी चाहिँ के-कति कारणले नआउनुभएको हो, थाहा पाइनँ।


भिनाजु आइपुग्नुभएपछि *नम्राका मानिसहरूको हारगुहारमा माथि डाँडामा लगेर अन्त्येष्टि गरियो*। *आमालाई दागबत्ती भिनाजुले नै गर्नुभयो*। मैले दागबत्ती दिन खोज्दा *स्थानीय मानिसहरूले "गर्भवती स्त्रीले दागबत्ती दिनुहुन्न" भन्दै रोक्नुभयो*, त्यसैले भिनाजुले आफ्नी सासुलाई दागबत्ती दिनुभयो।


यसरी *कुनै समय गाउँकै एक जिम्मावाल मानकाजीकी पत्नी* बाटोमै *पुक्लुक्क ढलेर प्राण त्याग्नुभयो* र *आफ्नै घर र आफ्नै दिप हुँदाहुँदै पनि बाटोमा प्राण त्यागेर दिपबिहीन डाँडामा अन्त्येष्टि भई* यो पञ्चतत्वको शरीर *खरानी भएर पुनः पञ्चतत्वमै बिलाउनुभयो*।


*बिरामी आमा हेर्न गएकी थिएँ, तर नम्राको डाँडामा आमाको शरीर भस्म गरेर आमाको सम्झना मात्र लिएर घर फर्कें।*


तीनजना भरियालाई बोकाएर ल्याएको *अन्नको सबै भारी भिनाजुले आफ्नै घरमा भित्र्याउनुभयो*।





अध्याय ४: जन्मथलो त्याग र भक्तपुरको संघर्ष



सारांश: जन्मथलो छाड्नुपर्ने बाध्यता, भ्याकुर-कन्दमुल खोजेर सन्तान पाल्नुभएको दिन र एक महिनासम्म भोकै बस्नुपरेको संघर्ष।  


विषयवस्तु:

क) आमाको मृत्यु उपरान्त जन्मथलो त्याग र भक्तपुरको संघर्ष  

ख) भ्याकुर-कन्दमुल खोजेर ल्याई तिमीहरूलाई खुवाउने गर्थें  

ग) एक महिनासम्म अन्न मुखमा नराख्दा पनि म मरिनँ  




आमाको मृत्यु भएको एक महिनापछि *एकटक भिनाजुसँग* आमा गाउँमा जानुभएको बताउँदै आमा भन्नुहुन्छ —


गाउँको आफ्नो *मकैबारीमा गाउँकै मानिसलाई बाली गर्न* दिइराखेको थियो। त्यही *मकैबाली उठाइ मृतक आमाको श्राद्ध गर्न खर्च बेहोर्न* भनेर लिन गएकी थिएँ, तर *सबै मकै ठूलोबुबा लालबहादुरले लगिसक्नुभएछ*।


ठूलोबुबाकहाँ गएर *"हामीले पाउनुपर्छ नि"* भन्दै बिन्ती-भाउ गर्दा पनि *एक गेडासम्म पनि दिएर पठाउनुभएन*। हामी *रित्तै फर्कियौं*।


*त्यस दिनदेखि कहिल्यै जन्मथलोमा फर्केर नगएको* बताउनुहुन्छ आमा।


यता भिनाजु र दिदीले पनि *गाउँबाट तीनजना भरियालाई बोकाएर ल्याएको अन्न सबैमा "सासुआमालाई दागबत्ती दिएबापत" हक जनाउनुभयो*।


*घर-जग्गा सगोलमै रहने गरी दुई चुलो*


यता मेरो लोग्नेको घरको व्यवहार त्यही थियो। *जति जोतिएर काम गरे पनि मैले जस पाउँदिनथें*।


*सौतेनी छोरी, तिमीहरूकी ठूलीदिदी चम्पा घरअगाडि नचाउन ल्याएको *सांस्कृतिक दबु प्याखँ*का कलाकार *गिरगोबिन्द चौगुथीसँग आँखा जुधाउँदै* उनीसँगै *प्रेमपाशमा बाँधिएर गन्धर्व-विवाह गरी गइन्**।


आमा भन्नुहुन्छ — *"तिमीहरूका ठूलोबुबा र ठूलीआमासँग तिमीहरूका बुबाबीच पनि मनमुटाव बढ्दै गएकाले अन्ततः दुई दाजुभाइबीच भिन्न भयो। चल सम्पत्ति बण्डा भए पनि अचल सम्पत्ति सगोलमा रहने गरी भिन्न बस्यौं। एउटै घरमा दुई चुलो बल्न थाल्यो।"*


तर पनि *जेठानीको चित्त बुझेन*। हाम्रो कोठामा सामान राख्दै *मिच्दै ल्याइन्* र अन्त्यमा *त्यो कुलघरबाट हामी बाहिरिन बाध्य* नै भयौं।


*भागबण्डामा परेको रकमले भार्वाचो ध्वाका बाहिर एउटा सानो दुईतल्ले घर लिएर* जीवन निर्वाह गर्न थाल्यौं।


*ध्वाका बाहिरको नयाँ घर*मा *म, प्रकाश र भाइ जन* जन्मेको कुरा बताउँदै आमा भन्नुहुन्छ — नयाँ घरमा अलि शान्तसँग हाम्रो परिवार बसेको देखेर *आँखा गाड्दै त्यहाँ पनि जेठानीले हाम्रो घरमा पसल-कवलमा चामल पसल राख्दै बिस्तारै मिच्दै आउनुभयो*।


हाम्रो घरमा *जेठानले चामल पसल खोलेर घर मिच्न आए पनि जेठानी, तिमीहरूकी ठूलीआमाको व्यवहार भने सुध्रिएको थियो*। तिमीहरूलाई माया गर्थिन् अनि मसँग पनि *राम्रै व्यवहार* गर्ने गर्थिन्।


जेठान र जेठानीका *तीन सन्तानहरू*मध्ये जेठा छोरा तिमीहरूका दाजु *रत्नभक्त* र दिदी *रत्न*ले पनि हामीलाई राम्रै व्यवहार गरे तापनि *तिमीहरूका ठूलोबुबा र दाजु हरिभक्तले भने कपटपूर्ण व्यवहार* गर्ने गरेको कुरा भन्नुहुन्छ।


भ्याकुर-कन्दमुल खोजेर ल्याई तिमीहरूलाई खुवाउने गर्थें


तिमीहरूका बाबु र दाजु *काठमाडौंमा कर्मी काम गर्न जान्थे*, भने म घर र खेतमा काम नभएको समयमा *ज्यामी काम गर्न नःपुखु विद्युत जेनेरेटर घर निर्माण कार्यमा ज्यामी भएर काम गर्न थालें*।


*ज्यामी काम गरेबापत एक दिनको तीन मोहर पारिश्रमिक* पाउँथ्यो। त्यो पैसाले घर चलाउँदै आएँ।


ज्यामी काम नहुँदा *कपडा पसलबाट धागो ल्याएर तानमा कपडा बुन्ने काम* गरें। आएको पैसाले *पसल-पसलमा लिएका उधारोहरू तिर्दै* जान्थें।


*कुनै काम नहुँदा घरमा चुलो बल्दैनथ्यो*। *खेतपाखामा गएर भ्याकुर-कन्दमुल खोजेर ल्याई तिमीहरूलाई खुवाउने गर्थें*।


नयाँ घरमा बस्न आएपछि *तिम्री बशुं दिदी पनि थुच्य्को रामचन्द्र शिल्पकारसँग प्रेम-विवाह गरी गइन्*। बशुं दिदी पनि प्रेम-विवाह गरी गएपछि घरमा *तिमी प्रकाश, भाइ जनलाई पुष्प दिदीको रेखदेखमा राखेर म काममा जान्थें*।


काम सधैं हुँदैनथ्यो। *काम नभएको बेलामा घरमा चुलो बल्न गाह्रो हुन्थ्यो*।


कहिलेकाहीं तिमीहरूकी ठूलीआमाले *तान बुन्ने धागो, तुकि काट्ने काम गरिदिएबापत एक लच्छी धागोको एक माना कनिका* दिन्थिन्। त्यही कनिका पकाएर तिमीहरूलाई खुवाउँथें।


*बंशगोपालको डबल साहुको, भगत साहुको पसल, भार्वाचोकै चन्द्रलाल साहुको पसल*समेतबाट कहिलेकाहीं *चामल-पिठो उधारोमा ल्याएर तिमीहरूलाई खुवाउँथें*। कहिलेकाहीं चामल-पिठोमा *पैसाहरू पनि आउने गर्थ्यो*। ती पैसाहरू म पसलमा लगेर *"चामल-पिठोमा आएको पैसा" भनेर फिर्ता दिन जान्थें*। त्यसैले सबै पसलेहरूले मलाई *विश्वास गर्थे*।


काम गरेको *ज्याला रकम महिना-महिनामा* आउथ्यो। ज्याला आएपछि *क्रमैसँग सबै उधारोको पैसा तिर्दै जान्थें*।


एक पटक *विद्युत जेनेरेटर भवन निर्माण ठेकेदारलाई डाका लागेछ*। डाकाहरूले *हामी कामदारहरूलाई दिने ज्याला रकमसमेत ठेकेदारबाट लुटेछन्*। *दुई महिनासम्म हामीले ज्याला पाएनौं*। त्यस अवधिभर घरमा *खानाको निकै समस्या* परेको थियो। तैपनि म *कसैसँग हात थाप्न गइनँ*।


एक महिनासम्म अन्न मुखमा नराख्दा पनि म मरिनँ


काठमाडौंमा काम गर्न गएका त्यतै कोठा लिएर बस्थे। यता घरमा कहिलेकाहीं आए पनि *घर-व्यवहारमा सहयोग पाउँदिनथें*।


*तिमी छोरा प्रकाश जन्मँदा सुत्केरी भएको महिना दिन नपुग्दै धानको बोरा उठाउनुपर्थ्यो*। जसका कारण *पछि गएर आङ खस्ने रोगले समात्यो*।


तिम्रा बाबु र दाजुको बाहिर काम नहुँदा पनि *घरको कामकाजमा कहिल्यै सहयोग पाउन सकिनँ*। काम नभएर घरमै बस्दा *बिनाकारण झगडा हुन्थ्यो*।


तिमीहरूका बुबा *कुरा गर्नमा भने बालिस्त नै थिए, तर घरको काम भने एक सिन्का पनि भाँच्दैनथे*।


आमा भन्नुहुन्छ — *"तिम्रो बुबासँग झगडा परेर मैले एक महिनासम्म अन्न मुखमा नराख्दा पनि म मरिनँ।"*


आमा भन्नुहुन्छ — "म आफूलाई बाहेक अरू सबैलाई खाना पस्केर खुवाएर, सबैको अगाडि नै भाँडा पखाल्दासम्म पनि 'तिम्रो खाना खै, किन नखाएको?' भनेर कहिल्यै सोधिएन। यसरी एक महिनासम्म चल्यो।"





अध्याय ५: परिवारको बिछोड र अन्तिम सन्ध्या 


सारांश: खान धौ-धौ पर्ने अवस्था र बुबाको अन्तिम समयमा आमाले देखाउनुभएको साहस।  


विषयवस्तु: 


 घरमा खान सधैं धौ-धौ पर्ने — बुबाको अन्तिम सन्ध्या  




हाम्रा बुबाले देह त्याग गर्नुपूर्वको सन्ध्याको रात सम्झँदै आमा भन्नुहुन्छ —


बुबा बनेपामा बस्दा दिशा गर्ने क्रममा "सर्पजस्तै जीव आएको" भनी घर आउँदा भन्नुभएको थियो। अनि *त्यस दिनदेखि नै बिरामी पर्दै जानुभयो*।


हामीले तिमीहरूका बुबालाई *भक्तपुरकै अस्पतालमा भर्ना गरी* उपचार गर्ने प्रयास गर्यौं। बिरामी मान्छे अस्पतालबाट बाहिर आएर *बाटो-बाटोमा सुकाइराखेको खुर्सानी सुटुक्क गोजीमा राखेर लगेर खाना खाँदा खुर्सानी टोक्दै खानुहुन्थ्यो*। अनि *रोग बल्झिँदै गयो*।


एक दिन *अस्पतालबाट भागेर आउनुभयो*। तिमीहरूका बुबा भन्दै हुनुहुन्थ्यो — *"डाक्टरहरू एकआपसमा कुरा गर्दै 'यसको रोग निको हुनेवाला छैन। त्यसैले यस बिरामीलाई सुई हानेर सुताउन पर्छ' भन्दै गरेको सुनें, अनि भागेर आएँ। मर्नै परे घरमै पर्छु"* भनेर म त घर आएँ भन्नुहुन्थ्यो।


*लोग्नेको हातबाट सुको पैसा थाप्न नपाए पनि आफ्नो कमाइ भने लोग्नेको हातमा राखेको छु*


अस्पतालबाट भागेर आएको केही दिनमै *ओछ्यानमा थलिनुभयो*। ओछ्यानमा थलिए पनि *कुरा भने बालिस्तरले बोले जस्तै* हुन्थ्यो। ओछ्यान थलिएपछि तिमीहरूका बुबाको अनुहारमा *चिन्ताका रेखाहरू कोरिँदै गएको* देखिन्थ्यो।


दिनभरि म *ज्यामी काम गरेर बिरामीको सेवा* गर्दै आएकी थिएँ। तिमीहरूका *प्रेम दाइ* पनि बुबा बिरामी भएदेखि *भक्तपुर ईनागलमै पूर्णभक्त मामाको कारखानामा* काम गर्न थालेका थिए।


एक दिन *विद्युत जेनेरेटर भवन निर्माणका ठेकेदारले दुई महिनाको ज्याला एकमुष्ट* दिएको थियो। त्यो रकम *सरासर घर गएर ओछ्यानमा थला परिरहनुभएका तिमीहरूका बुबाको हातमा राखिदिएँ*।


एक छिन तिमीहरूका बुबा मैले हातमा राखिदिएको पैसा हेरेर *ट्वाल्लै पर्नुभयो*। एकछिनपछि *पैसालाई ढोग्दै आँखाभरि आँसु राख्दै* भन्नुभयो — *"जिन्दगीमा मैले तिमीलाई कहिल्यै आफ्नो कमाइ तिम्रो हातमा राखिनँ। तर आज तिमीले आफ्नो कमाइ मेरो हातमा राखिदियौ"* भन्दै मलिन स्वरमा भन्नुभयो र *पैसा मलाई नै फिर्ता दिनुभयो*।


त्यस दिनपछि झन्-झन् *सिकिस्त हुँदै जानुभयो*।


*बिरामी कुर्न आफन्तहरू आलोपालो गरी रातमा बस्न थाले*। एक रात तिमीहरूका *लालबा बिरामी कुरुवा* बस्नुभएको थियो। खै के कारण हो, अहिले सम्झना भएन — *ओछ्यानमा थलिरहनुभएका तिम्रो बुबाले मलाई लात्तीले हान्नुभयो*।


अनि *लालबा रिसाउँदै बिरामीलाई गाली गर्दै* भन्नुभयो — *"यस्तो अवस्थामा पनि आफ्नी पत्नीलाई त्यस्तो व्यवहार गर्ने हो? मनमा अलिकति पनि रगत छैन? यस्तै हो भने भोलिदेखि हामी कोही पनि तिम्रो लागि यहाँ सुत्न आउने छैनौं।"*


नभन्दै *भोलिदेखि राति बिरामी कुर्न कोही पनि आएनन्*।


*एक गाग्री पानीको लागि घरबाट निकाल्ने धम्की*


एक दिन बिरामीलाई खुवाउने *दूध नईनी (दूध ल्याउने खड्गीनी) ले बेलुका ढिलो* ल्याएकी थिइन्। म दिनभरि *ढुङ्गा कुट्ने काम गरेर थाकेकी* थिएँ। दूध उमाल्न भ्याएकी थिइनँ। *घरमा पानी थोपा पनि थिएन*।


त्यसैले *छोरी पुष्प र म पानी लिन घरबाहिर धारामा* जाँदै थियौं। तिम्रा दाजुले *"दूध तताएर मात्र पानी लिन जानू"* भन्दै थिए। म भने *"रात परिसक्यो, पहिला पानी नै लिएर आउँछु, अबेर भइसक्यो"* भन्दै गाग्री च्यापेर निस्कन लागेकी थिएँ।


*तिम्रो प्रेम दाइले गाग्री नै खोसेर बाटो छेक्दै पानी लिन पठाएनन्*।


*"घरमा बिरामी छ, एक थोपा पानी छैन। म पानी लिन जान्छु। दूध तिमीले पनि तताए पनि हुन्छ नि"* भन्दै म पनि कराएँ।


मैले त्यसो भनेपछि तिम्रो दाइले *"घरबाट निस्किजा"* भन्न थाले। *विवाद बढ्दै गयो*।


घरमा थोपा पानी थिएन। बिरामीले पानी खान खोजेमा *"पानी छैन"* भन्दै मैले *सानो तामाको घैटामा भए पनि पानी लिएर आउनू* भनी राति तिम्री *पुष्प दिदीलाई एक्लै नै* पठाएँ।


घरमा भने दाइले *"घरबाट निस्की"* भन्दै दबाब दिँदै गए। *धारामा पानी लिन गएकी बहिनीलाई समेत धारामै पुगेर घैटो त्यहीँ छाडेर जबर्जस्ती घरमा ल्याइयो*।


*"घैटो त्यहीँ छाडेर दाइले ल्यायो, धारामा कोही छैनन्"* भन्दै तिम्री दिदी रुनुभयो। म पनि *जबर्जस्ती धारामा गएर घैटामा पानी भरेर ल्याएँ*।


घरमा आएर *दूध तताएर बिरामीलाई खुवाएँ*। *"यति दूध तताएर तिमीले पनि बुबा खुवाउन सक्छौ नि"* भन्दै म रुँदै कराएँ।


म धेरै कराएपछि तिम्रो प्रेम दाइ *चुप लाग्दै खुसुक्क सुत्नुभयो*। म पनि दिनभरि ज्यामी काम गरेर आएकी। *सौता छोराले "घरबाट निस्किजा" भन्दा मलाई सारै नै चित्त दुख्यो*।


त्यसैले म *घरको पछाडि पतिको झ्यालमा बसेर धेरै नै रोएँ*। म रोएको आवाज सुनेर *फिगःचामा बस्नुहुने दिइअजि "किन रोएको छोरी?"* भन्दै चिच्याएर सोध्दै गरेको सुनें।


अन्तिम रात: पानी-पानी भन्दै प्राण त्याग


रात पर्दै गएको थियो। बिरामीलाई सायद *छाती पोल्दै डाहा हुन लागेकोले होला, "पानी-पानी"* भन्दै सँगै सुतेको छोरालाई भन्दै थिए।


*धेरैबेरसम्म "पानी-पानी" भन्दा पनि सँगै सुतेको छोराले उठेर पानी खुवाएन*। धेरैनै भएपछि म *झ्यालबाट उठेर गएर पानी खुवाएँ*।


तिम्रा बुबा भन्दै हुनुहुन्थ्यो — *"कति कराएँ, प्रेम उठेन। तिमी भर्खर रुन बन्द गरेकी थियौ, त्यसैले तिमीलाई नबोलाएको"* भन्दै पानी खानुभयो।


तिम्रा बुबाले *छिन-छिनमा पानी माग्दै खान थाल्नुभएको* थियो। यसरी नै रात बित्यो।


*बिरामी बाबुसँगै सुतेको छोरा बिहान उठेर बुबाको अवस्था नै नहेरी घरबाट निस्केर कारखानामा काम गर्न गयो*।


आमा भन्नुहुन्छ — *सानो छोरा जनलाई बिरामी बुबासँगै राखेर म पनि बिहानको नित्यकर्ममा लागेकी थिएँ*। छिन-छिनमा बिरामीको अवस्था पनि हेर्ने गर्थें।


तिमीहरूका बुबाको अवस्था भने *झन्-झन् नाजुक हुँदै गएको* देखिन्थ्यो। छिन-छिनमा पानी माग्दै पानी खाने बिरामी *मौन बसेको* देखेर *घचघच्याएर हेरें*। *आँखा पुक्लुक्क हेर्नुभयो*। मैले पानी खुवाएँ। छोरा जन बाबुसँगै थियो।


*मुखमा राखिदिएको पानी तिमीहरूका बुबाले निल्न सक्नुभएन*।


बिरामीको अवस्था अति गम्भीर भएको देखेर *तिम्रो रमेश दाइलाई कारखानामा प्रेम दाइ बोलाउन पठाएँ*। बिरामीको अवस्था थाहा पाएपछि कारखानाबाट पनि *सबै मानिसहरू आएर बुबालाई हेरे*।


सबैले बिरामी *अन्तिम अवस्थामा पुगिसकेको* थाहा पाएर *एउटा काठको फल्याकमा राखेर खोरे घाटतर्फ लगियो*। घरमा तिमीहरूलाई मात्र राखेर म पनि पछि घाटमा गएँ।


घाटमा लगेर  सबैले पानी खुवाए, तर पानी निल्न सकिरहनुभएको थिएन*। *प्राण पनि त्याग्न सकिरहनुभएको थिएन।


तिमीहरूका ठूलोबुबा र ठूलोबुबाका छोरा रत्नभक्त दाइ काठमाडौंमा* थिए। उनीहरूले पनि यो खबर पाएर सिघ्र नै आउनुभयो*।


घाटको शैयामा जीवनको अन्तिम अवस्थामा पुगेका आफ्ना भाइलाई* दाजु र भतिजाले *"भाइ रामबहादुर, हामी आयौं, तिमी धन्दा नमान"* भन्दै पानी खुवाएपछि मात्र *तिमीहरूका बुबाले प्राण त्याग्नुभयो।






अध्याय ६: काठमाडौंमा बसाइँसराइ र संघर्ष


सारांश: भक्तपुर छाडेर काठमाडौं आउनुपरेको बाध्यता र बारीबाटै निकालिएपछि सुरु भएको अनिश्चित जीवन।  


विषयवस्तु: 

क) भक्तपुरबाट काठमाडौंमा बसाइँसराइ  

ख) गिदी नै थर्कने गरी खनेको बारीबाट निकालिएपछि — काठमाडौंको भौंतारिंदो जीवन


भक्तपुरबाट काठमाडौंमा बसाइँसराइ*  


*"राजनीति जान्नुपर्छ, बुझ्नुपर्छ, तर राजनीतिमा लाग्नुहुन्न"* भन्ने, तर *जनवादमा विश्वास गर्ने* तिम्री *प्रेम दाइ*।


*परम्परा र संस्कारअनुसार* आफ्नो बुबा बित्दा पनि *कपाल खौरेर बर्खी बसेनन्*। घरमा *हैकम नै तिम्रो दाजुको* थियो। त्यसैले *उसले जे भन्यो, त्यही नै गर्नुपर्थ्यो*। *आफन्त र समाजको कुरै सुन्दैनथे*।


जसोतसो *बुबाको पैंतालीस दिनको संस्कार सकियो*। केही दिनपछि *तिम्रो भाइ जनलाई पनि तिम्रो बुबाले आफूतिर तानेर लैजानुभयो*।


*बुबा र भाइ जनको देहावसानपछि* घर-खेत *लथालिङ्ग हुने गरी* सबै तिमीहरूका *ठूलोबुबाको जिम्मा लगाई* हामीलाई लिएर तिमीहरूका प्रेम दाइले *काठमाडौंको डिल्लीबजार, मैती अजिमाको पूजारीको घरमा तीनवटा कोठा लिएर बहालमा* राख्न ल्याए।


काठमाडौं आउँदा *तिमी पाँच वर्षको थियौ* भने *पुष्प दिदी आठ वर्षकी मात्र थिइन्*। त्यहाँ बस्दा म *ज्यामी काममा जान नपरे पनि सुखको सास भने मैले लिन पाइनँ*।


तिम्रो *प्रेम दाइ डिल्लीबजारमा अम्बिका मामाको 'अम्बिका फर्निचर' कारखानामा* काम गर्थे। *रमेश दाइ* भने कहिले कता, कहिले कता *भागेर महिनौंसम्म पनि घरमै आउँदैनथे*। *उसकै लागि सधैं झगडा भइरहन्थ्यो*।


*अम्बिका मामा* र घरअगाडि *खाद्य पसल भएका नकली ज्यापू*समेतले प्रेम दाइलाई धेरै पटक सम्झाए पनि प्रेम दाइ *घरपतिनीको बहकाउमा दायाँ-बायाँ लाग्ने* गर्थे।


*घरपति बज्राचार्यको स्वभाव राम्रो थियो, तर उनकी पत्नी भने चण्डाल स्वभावकी थिइन्*।


केही वर्षमै *अम्बिका दाजु बित्नुभयो*। हामी *मैतीदेवीको पूजारीको घरबाट डिल्लीबजार पिपलबोटबाट भित्री बाटो हुँदै मैती जाने बाटोमा पूर्व बनमन्त्री चुरा प्रसाद शर्माको घरमा दुई कोठा लिएर* बस्न गयौं।


*चुरा प्रसादको घरमा बस्दा* मैले *घरधनी शर्माको घरको कामसमेत गर्नुपर्थ्यो*। सो काम गरेबापत *कोठा भाडामा केही सहुलियत* पनि पाउँथें।


चुरा प्रसादको त्यो घरको *घर-कम्पाउन्डभित्रै ६-७ रोपनी खेत* पनि थियो। त्यो खेत *अध्यायमा धान रोप्ने काम* गरें।


*चुरा प्रसादको त्यो घरमा बस्दा हामीलाई घरमा खान-लाउन खासै समस्या परेन*।


तिमीहरूका प्रेम दाइको *एकजना मधेसी गुरु* थियो, जो *लाजिम्पाटस्थित कुलबहादुर नकर्मी र माहिला तथा दशलाल महर्जन लगायतका मोटर कारखानामा विशेष स्तरको मिस्त्री काम* गर्थे।


त्यही मिस्त्रीकहाँ *रमेश दाइलाई पनि मिस्त्री सिक्न त्यहीँ बस्ने गरी* राखिएको थियो।


*गिदी नै थर्कने गरी चौर खनेर रोपेको तरकारी र मकै खान नपाएको पीडा*


आमा भन्नुहुन्छ — *मिस्त्री बसेको घरमा केही जग्गा थियो*। त्यो जग्गामा तिम्रा प्रेम दाइले *मलाई तरकारी बाली लगाउन पठाउनुभयो*।


म त्यहाँ गएर *चौरजस्तो बारी खनेर फर्सी, बोडी, मकै लगायत तरकारी रोपें*। मेरो मेहनतले *तरकारी लहलहाउन थालेको थियो*। *फर्सीका लहराहरू लटरम्मै* थिए।


फर्सीका केही *मुन्टाहरू टिपेर ल्याएँ*। *फर्सीको मुन्टा स्वास्थ्यवर्धक हुन्छ* भने यसरी केही मुन्टा टिप्दा *फर्सीको लहरा अघि बढ्न पनि लहरालाई निकास खुल्थ्यो*।


*फर्सीको मुन्टा टिपेर तरकारी खाने हामी नेपालीहरूको स्वभाव भनौं वा चलन नै थियो*। तर *मधेसीलाई मैले फर्सीको मुन्टा टिपेको पचेन* वा भनौं *मेरो मेहनतको फल हत्याउने बदनियत नै थियो* उसको।


*"लहलहाउँदो तरकारी बारी मैले नष्ट गरें"* भन्ने *उनले मलाई आरोप लगायो*।


भोलिपल्ट *मलाई घरको ढोकाभित्र नै पस्न निषेध गरी फर्काएर पठायो*।


मेरो *जन्मथलो गाउँको* — *आफ्नो खेतबारीको बाली आफ्नै ठूलोबुबाले हडपेर अन्याय गरेको घटना* मलाई पुनः स्मरण गरायो।


*गिदी नै थर्कने गरी चौरजस्तै अवस्थामा रहेको जमिन खनेर तरकारी बाली लगाउन योग्य जमिन बनाई मकै लगायत तरकारी रोपेर फल खाने अवस्थामा* बारीमा *मलाई पाइलासम्म पनि टेक्न नदिई फर्काइयो*।


फर्कने बेला *त्यो मधेसी मिस्त्रीलाई सक्नुसम्मको सराप्दै घर फर्कें*।





गिदी नै थर्कने गरी खनेको बारीबाट निकालिएपछि — काठमाडौंको भौंतारिंदो जीवन*  




*गिदी नै थर्कने गरी चौरजस्तै अवस्थामा रहेको जमिन खनेर तरकारी बाली लगाउन योग्य जमिन बनाई मकै लगायत तरकारी रोपेर फल खाने अवस्थामा* बारीमा *मलाई पाइलासम्म पनि टेक्न नदिई फर्काइयो*। फर्कने बेला *त्यो मधेसी मिस्त्रीलाई सक्नुसम्मको सराप्दै घर फर्कें*।


*चुरा प्रसादको घरमा हामी पाँच वर्ष जति बसेका थियौं*। त्यहाँ बस्दा *दिदी पुष्पलाई अरूले पढेको देखेर आफूलाई पनि पढ्ने रहर जागेपछि* नक्सालको *नन्दी स्कुलमा पढ्ने डिल्लीबजारतिरै डेरा गरी बस्ने 'चेली' भन्ने तामाङनी साथीसँग गएर* उसकै स्कुलमा *एक कक्षामा भर्ना भएर पढ्दै गरेको* केही महिनापछि नै *ठूलोबुबा गणेशबहादुरका जेठा छोरा रत्नभक्त दाइ* आएर हामीलाई *नरदेवी टोलको डेसेमरु झ्याः अगाडि आफूले डेरा कोठा लिएर बसेको कोठामा बस्न जान सल्लाह* दिनुभयो।


आमा भन्नुहुन्छ — *"उहाँले भन्नुभयो, 'डेसेमरु झ्याःमा डेरा कोठा छ। म त्यहाँ त्यति बस्नुपर्दैन। बिनास्ति कोठा-भाडा तिर्नुपर्छ। उतै बस्न हिँड' भन्दै हामीलाई लिएर गएर बाशु देव शर्माको घरमा लगेर राख्नुभयो।"*


*डेसेमरु झ्याःसँगै रहेको सन्तानेश्वर महादेव (भुलुखा देगः) मन्दिरकै ठीक अगाडि, काठको चौकोससहितको ठूलो ढोकाबाट प्रवेश गरेर दुई चोकभित्र तन्त्रनिपुण साधक लमकर्ण भट्टका कुलका बाशु शर्माको घरको डेरा कोठामा* लगेर राख्नुभयो।


*कोठा ठूलै थियो। त्यस बेला त्यसको कोठा-भाडा मात्र प्रतिमहिना १५ रुपैयाँ* थियो।


*डेसेमरु झ्याः अगाडिको भट्ट बाजेकोमा बस्न जानुअघिसम्म म र रमेश दाइ लाजिम्पाट मोटर ग्यारेजमा मिस्त्री काम सिक्दै थियौं*। मिस्त्रीले *आमालाई चित्त दुखाएको कुरा पछि हामीले थाहा पायौं*। त्यो कुरा थाहा पाएपछि *हामी पनि त्यहाँ काम सिक्न गएनौं*।


हामीलाई आमाले त्यतिबेला भन्नुभएको कुरा मलाई आज पनि सम्झना छ — *डिल्लीबजार मैती अजिमाको पुजारीको घरमा बस्दै गर्दा आमा र दिदीलाई भक्तपुर भार्वाचो सिंहध्वाका बाहिर हाम्रो घरअगाडि पहिला भट्टी पसल संचालन गर्ने मानन्धरले दिदीलाई "राम्रो ठाउँमा कामको व्यवस्था गरिदिन्छु" भनी फकायो*।


उसको कुरामा विश्वास गरेर *आमा-छोरी बालाजुस्थित घरमा पुग्दा बाल-बाल उसको गलत नियतबाट बचेको* भन्नुहुन्थ्यो आमा।


मलाई आज पनि सम्झना छ — *दाइ र म लाजिम्पाटमा मिस्त्रीको घरमा बस्दा कयौं पटक हामी दुई दाइ-भाइले काँचो भात खानुपरेको*।


त्यसै कारण र *आमा आफैंले चौर सरहको जमिनमा खनजोत गरेर फलाएको तरकारी खान नपाउने गरी बारीमा प्रवेश गर्न नदिएर शोषण गरेकोले हामीले मिस्त्री काम सिक्न नै छोड्यौं*।


त्यसपछि *रमेश दाइ र म पनि प्रेम दाइसँगै सिकर्मी काममा लाग्यौं*।


मलाई आज पनि याद छ — *सिकर्मी काम गर्दै गर्दा पाटन... टोलको एउटा फर्निचर कारखानामा लगभग एक वर्ष त्यहीँ बसेर काम गरें, काठमाडौं बहादुरभवन पछाडि नारायण फर्निचर कारखानामा केही महिना, र होटल एलो प्यागोडा निर्माणका क्रममा त्यो निर्माणाधीन भवनमा एक दिन चौकोस बनाउन रन्दा तान्न गएको*।


हामी सिकर्मी काम गर्दै गर्दा *रमेश दाइको अल्सरको अप्रेसन गर्नुपरेको थियो*। *दैनिक काम गरेर खानुपर्ने परिवारको एक सदस्यलाई पेटको ठूलो अप्रेसन गर्नुपर्दा हामीले भोगेको यथार्थता* मलाई याद छ।


त्यो बेलासम्म *घरको आर्थिक समस्याले आमा पनि डल्लुकी एक गंगा शाही महिलासँग ज्यामी काममा लाग्नुभएको* सम्झना छ।


*हामीजस्तो निमुखालाई आजको अवस्थामा त्यस्तो अप्रेसन गर्न परेमा सायद आकाशै खस्थ्यो होला*। तर त्यो समयमा *अहिलेको अनुपातमा हामीले धेरै नै सहुलियत पायौं* र दाइको *अप्रेसन सफल भयो*। *प्लास्टिकको आन्द्रा राखियो*।


दाइको अप्रेसन गर्ने *चरजना डाक्टरहरूमा* मलाई आज त्यति स्पष्ट नाम याद छैन, तर याद भएअनुसार *डाक्टर अञ्जली, डल्ली डाक्टर* याद छ। *त्योबेलाका स्वास्थ्य कर्मीहरू सबै नै साँच्चै नै भगवानकै रूप थिए*।


अप्रेसन भएको केहीपछि *प्रेम दाइले चारैजना डाक्टर साहेबहरूलाई धन्यवादसहित घरमै गएर ठूलो जुजुधौ प्रदान गर्न जानुभएको थियो*।


*प्लास्टिकको आन्द्रा राखेकोले रमेश दाइले गह्रुँगो सामान उचाल्न नहुने* भन्ने डाक्टरले भन्नुभएकाले *वहाँले सिलाईको काम सिक्नुभयो*।


त्यतिबेला *म १३ वर्षको थिएँ*। मलाई *पढ्ने रहर लागेकाले आमासँग त्यस्तै पाँच रुपैयाँ लिएर बसन्तपुरस्थित नव आदर्श स्कुलमा भर्ना हुन म आफैं एक्लै गएँ*।


स्कुलले मेरो *पढाइमा भएको जानकारी अनुसार तीन कक्षामा भर्ना गरियो*। नाम-थर दर्ता गर्ने क्रममा मैले *आफ्नो कुल-थर स्पष्ट भन्न नसकेर अलमल परें* र मैले भनें — *"दाइले हाम्रो थर शिल्पकार, प्रधानशिल्पकार र चारथरको श्रेष्ठ भन्नुहुन्थ्यो"* भन्दै थिएँ।


*बिनय श्रेष्ठ सरले "ए, त्यसो हो भने श्रेष्ठ हो" भनेर श्रेष्ठ थर लेखाइदिनुभयो*। बिनय सरको घर पनि *डेसेमरु झ्याः वरपर नै थियो*। मलाई *राम्रै चिन्नुहुन्थ्यो*।


*स्कुलमा श्रेष्ठ थर राखेर भर्ना भएर आएँ* भनेर बेलुका प्रेम दाइलाई भन्दा *"हामी श्रेष्ठ हैनौं, शिल्पकार हौं। थर सच्याउनुपर्छ"* भन्नुभएन र *त्यस दिनदेखि म श्रेष्ठ भएँ*।





अध्याय ७: पढाइ, आन्दोलन र नाति-नातिनीको पालन  



सारांश: नव आदर्शमा पढ्दाका दिन, आन्दोलन र टाइफाइडको संघर्षसँगै नाति-नातिनी हुर्काउनुभएको ममता।  


विषयवस्तु: 

क) नव आदर्शको विद्यार्थी — आन्दोलन, टाइफाइड र घर-घरको भौंताराइ  

ख) बाशु देव शर्माको घरमा आमाले हुर्काउनुभएका नाति-नातिनी  



नव आदर्शको विद्यार्थी — आन्दोलन, टाइफाइड र घर-घरको भौंताराइ*  


मेरो *पढाइ हेरेर मलाई स्कुलले तीन कक्षाको परीक्षा पछि एकैचोटि पाँच कक्षामा लगेर राख्नुभयो*।


त्यो बेला म *स्कुलका हेडमास्टर गोविन्द प्रधान सर, एकाउन्टेन्ट मृगेन्द्र सर, भवानी मिस, शोभा जोशी मिस तथा सौभाग्य मिस* लगायत केही सरहरूको *मनपर्ने विद्यार्थी* थिएँ।


कक्षामा *हरेक सरले दिनुभएको पाठ पूरा गर्ने दुई विद्यार्थीमध्ये म एक* थिएँ। सरहरूबाट *पाठ सोधेको दिन पाठ नआउनेलाई बेन्चमाथि उभ्याएर सजाय* दिनुहुन्थ्यो।


*जुन दिन मैले पाठ दिन नसकेर बेन्चमाथि उभिन्थें, त्यो दिन क्लासका सबै साथीहरू सरर्र सबै बेन्चमाथि उभिन्थे*। त्यो दिन *कुनै साथी सजाय नपर्ने गरी माफ हुन्थे*।


*पाँच कक्षादेखि मलाई स्कुलले निःशुल्क पढ्ने व्यवस्था गरिदिनुभएको थियो*। मेरो पढाइ निःशुल्क हुनुमा *डेसेमरु झ्याः पछाडि घर भएका स्याकु बाजेको पनि हात* रहेको थियो।


सायद म *पाँच कक्षामै हुँदा भारतमा इन्दिरा गान्धी प्रधानमन्त्रीको कार्यकालमा स्वतन्त्र सिक्किम देश भारतमा गाभियो*। त्यसको प्रभाव *नेपालमा पनि पर्यो* र *भारत सरकारविरुद्ध त्यसबेलाका राष्ट्रिय स्वतन्त्र विद्यार्थी मण्डलले सडक ततायो*।


हाम्रो स्कुलका *म लगायत सबै विद्यार्थी साथीहरू पनि भारत सरकारविरुद्ध नारा लगाउँदै सडकमा धेरै उफ्रियौं*। *आमाले ज्यामी काम गरी ल्याएको पैसाबाट स्कुलको किताब खर्च गर्दै म सडक आन्दोलनसम्म पुगेको थिएँ*।


*राजा वीरेन्द्रको राज्याभिषेकमा विद्यार्थीहरूबाट रंगशालामा हुने मास-क्यालिस्थेनिक्स कार्यक्रम २०३१* का लागि *मेरो स्कुलको तर्फबाट नेतृत्व लिनेहरूमध्ये म पनि थिएँ*।


त्यो बेला *हामी लिडरहरूलाई सम्झना भएअनुसार दैनिक रु. ६/- भत्ता* पाउँथ्यौं।


*पिटि कार्यक्रमका लागि मार्चपास गर्दै गर्दा पौष्टिक खानाको अभावमा म विषमज्वर (टाइफाइड)को सिकार भएँ*।


*विषमज्वरको प्रथम सिकार हुँदा स्वास्थ्य उपचारको सबै खर्च स्कुलले बेहोरेको थियो*। करिब *एक महिनापछि म ठिक भएँ*।


र, स्कुल जाँदा *स्कुलका केही सरहरू — जो विद्यार्थीहरू मास-क्यालिस्थेनिक्स कार्यक्रम २०३१ मा सहभागी भएकोमा चित्त नबुझाउनेहरूमध्ये हिमाल सरले* — मास-क्यालिस्थेनिक्समा *सबैलाई नलाग्न भन्दै गर्दा सर मेरो उदाहरण दिँदै "अब प्रकाश त्यो कार्यमा लाग्दैनन्"* भन्दै हुनुहुन्थ्यो।


हाम्रो स्कुलका शिक्षकहरूमा *दुई गुट थियो — एक गुट हेडमास्टर गोविन्द सर र अर्को हिमाल सरको गुट*। म *गोविन्द सरको गुटमा* थिएँ।


*त्यसको भोलिपल्टै म मास-क्यालिस्थेनिक्स कार्यक्रम २०३१ मा लागि हालें* अनि *हिमाल सर खिन्न भइहाल्नुभयो*।


*राज्याभिषेकको मास-क्यालिस्थेनिक्स कार्यक्रम २०३१ को मुख्य प्रदर्शनमा भाग पनि लिएँ*। तर *मेरो स्वास्थ्य पुनः कमजोर हुँदै गयो र कयौंपटक विषमज्वर फर्की-फर्की आयो*।


*मास-क्यालिस्थेनिक्स कार्यक्रम २०३१ थियो र हरियो मसीले मेरो नाम लेखिएको सधन्यवादको प्रमाण-पत्र पनि पाएँ*। तर *कार्यक्रमका गुरुहरूले हामीलाई दिएको आश्वासनअनुसारको सरकारबाट कुनै सुविधा पाएनौं*।


*म बिरामी हुँदा उपचार खर्चले आमाको ज्याला कमाइमा थप भार पर्दै गयो*।


*नव आदर्श स्कुलमा त्यसबेला जम्मा ७ कक्षासम्म मात्र थियो*। *७ कक्षा पास भएपछि म नेपाल आदर्श गणबहालमा आठ कक्षामा भर्ना भएँ*, तर *घरको आर्थिक समस्याले छ महिनाभन्दा बढी पढ्न सकिनँ र पढाइ छुट्यो*।


त्यतिबेलासम्म *प्रेम दाइको बिहे भइसकेको भए पनि घरको अवस्थाले पहिलो वैवाहिक जीवन टिकेन*।


बाशु देव शर्माको घरमा आमाले हुर्काउनुभएका नाति-नातिनी*  


आमा *गंगा शाहीसँग ज्यामी गर्दै* जीवनयापन गर्दै हुनुहुन्थ्यो। *प्रेम दाइ सिकर्मी काम*, *रमेश दाइ सिलाई*, *म नव आदर्शमा पढ्दै* थिएँ।


*घरपति बाशु बाजेको छोरा विद्यानाथ* — हामी वहाँलाई *नाति बाजे* भन्थ्यौं, किनभने त्यो बेलासम्म *बुढा बाजे तन्त्र-साधक श्री विष्णुरमण भट्ट जीवित नै हुनुहुन्थ्यो*।


नाति बाजेकी *दुई जिउकी दुलही* — हामी वहाँलाई *दुलही बजै* भन्थ्यौं — वहाँको *प्रसूति भयो र छोरा जन्माउनुभएपछि* नाति बाजे र दुलही बजै  आमा कामबाट आएपछि कोठामै आएर भन्नुभयो* —


*"सुत्केरीको सुसार गर्ने कोही पनि छैन, लौन तता (मेरी आमालाई वहाँहरू 'तता' भन्ने गर्नुहुन्थ्यो) सहयोग गरिदिनुपर्‍यो।"*


वहाँहरूको *सहयोगको याचना सुनेर त्यसको भोलिपल्टदेखि आमाले ज्यामी काम जान छोडेर सुत्केरी दुलही बजै र शिशुलाई तेल लगाई सेवा-सुसार गर्न थाल्नुभयो*।


समय बित्दै गयो। *दुलही बजैले अर्को छोरा पनि पाउनुभयो*। त्यो बेलामा पनि *आमाले नै शिशुलाई तेल लगाउने लगायत सुसार गर्नुभएको थियो*।


ज्याःमि काम छाडे पछि चोखाछें गल्लिको नारयाण श्रेष्ठ( नानीमैयाँ दिदी)को घरबाट भुवाको खास्तो ल्योएर धुने र कोर्ने काम गर्नु हुन्थ्यो ।


*म नव आदर्शमै पढ्दै थिएँ*। एक दिन म *स्कुलबाट फर्केर आउँदा घरमा एउटी हँसिलीर हिसि परेकी, सायद तीन-चार महिनाकी नानी आमाको काखमा खेलिरहेको* मैले पाएँ।


कोठामा अरू कुनै पाहुना-आफन्त देखिनँ र *म अचम्म मान्दै "यो नानी कसको?"* भन्दै बच्चाको हात समाएर खेल्न लागें। आमाले भन्नुभयो — *"तिम्रै बिनय दाइकी छोरी नि।"*


*स्कुलमा सर र मिसहरूलाई 'सर-मिस' नभनी 'दाइ-दिदी' भन्ने चलन थियो*। *त्यो नानी मलाई स्कुलमा पढाउने बिनय मास्तरकी छोरी रहिछन्*।


*त्यो दिनदेखि त्यो नानीकी आमा अफिस जान छोरी मेरी आमाको जिम्मा छोडेर जाने र अफिसबाट फर्केर आएपछि लैजाने क्रम भयो*।


अनि *त्यो निभा नानी हाम्रो परिवारका सबै सदस्यकी प्यारी नानी हुँदै हुर्कंदै गइन्*।


*मेरी आमालाई 'बजै' र दाइ-दिदी र मलाई 'दाइ' भन्दै हाम्रो आत्मीय नाता बढ्दै गयो*।


*निभा नानी हुर्केर स्कुल गएपछि बिनय सरकी पत्नीले फेरि छोरालाई जन्म दिनुभयो*। *त्यो छोरा निरज (विभूषण)* पनि *दिनभरिका लागि मेरी आमाकै काखमा राखेर अफिस जान, हामी जहाँ-जहाँ बस्यौं त्यहीँ छोरा पुर्‍याउन आउनुभयो*।


*निरज पनि आमाको नाति, हामी दाइ-दिदी-भाइ-भाइ नाताले कायम भएर हुर्के*।


*अहिले ती दुवै अमेरिका छन्*। *ती दुवै नाति-नातिनीतर्फबाट पनाति-हरूसमेत भइसकेका छन्*।


*आजसम्म पनि अमेरिकाबाट नेपाल आउँदा मेरी आमालाई 'बजै' भनी स्नेहका साथ भेट्न आउँछन्*।

]]


*रमेश दाइले लुगा सिलाउने काम घरमै अर्को एउटा कोठा लिएर* गर्दै हुनुहुन्थ्यो। दाइको कोठासँगै *भक्तपुरकै जगाती क्षेत्रका एक दम्पती बस्थे*। *दुई कोठाको सिमाना काठको प्लाइले छुट्याएको थियो*।


*चाडपर्वमा काम बढी हुँदा दाइ राति अबेरसम्म पनि मेसिन चलाई सिलाई गर्नुहुन्थ्यो*। *मेसिनको घरर्र आवाजले राति सुत्न पाइनँ* भन्ने रिसले *कालो विद्या अर्थात् कुमन्त्र प्रयोग गरेर दाइको दिमाग खलबल्याइदिए* र *दाइ बाहिर-बाहिर भौंतारिन थाल्नुभयो*।


कोठासँगै बस्नेले *अगाडि कुनै विरोध नगरिकन भित्र-भित्र कुतान्त्रिक जाल हानेको* अनुमानमा त्यसलाई समाधान गर्न *आमा द्यःमैजु आउनेको संगतमा पर्नुभयो*।


*हुन त आजको युगमा त्यस्तो बोक्सी-मन्त्र विश्वास गरिन्न*, तर *जसले भोगेको उसले मात्र यस्तो कुरा थाहा पाउँछ*। *द्यःमैजुले पनि झारफुक गर्दै दाइलाई पुनः काममा मन लगाइदिनुभयो*।


हाम्रो *घरपति बाजेहरू त्यो बेलासम्म स्वयम्भूको हारती अजिमा नमान्ने, ज्ञानेश्वर महादेव परिसरमा विराजमान आनन्द भैरव मान्नेमा पर्नुहुन्थ्यो*। र, त्यही निहुँमा *"हामी हारीमाताको पूजा गर्ने" भनेर कोठाबाट निकालियो*।


*आफ्नो घर हैन, अरूको घर — निस्कनै पर्यो*।


हामी *न्ह्यखाको एउटा सानो एकनाले तीनतल्ले घर भाडामा लिएर बस्न गयौं*। त्यहाँ हामी *केही वर्ष बस्यौं*।


त्यस घरमा बस्दै गर्दा *प्रेम दाइले दोस्रो बिहे गर्नुभयो, तर वर्ष दिनमै टुट्यो*।


मलाई *समय-समयमा केही कमजोर भयो कि विषमज्वरले समातिहाल्थ्यो*।


त्यो बेला *मैले पनि सिलाईको अलि काम सिक्दै थिएँ*। *जुजुभाइ रेडिमेडको सिलाई काम घरमै ल्याएर* काम चलाइरहेको थिएँ।


*कति समय न्ह्यखाको घरमा बस्यौं एकिन याद भएन*। त्यसपछि हामी *पुनः नरदेवीको एउटा पुरानो दुई कोठा लिएर बस्न गयौं*, तर *त्यो घरमा दुई महिना पनि टिक्न सकिएन*। *आमालाई बोझ थप्दै थियो*।





अध्याय ८: डेराको जिन्दगी — ङ्यतपाचो देखि ढोकाटोल सम्म

ढ

 


ङ्यतपाचो देखि ढोकाटोल सम्म — डेराको जिन्दगी र संघर्ष*  



*न्ह्यखाबाट नरदेवीको पुरानो घर र त्यहाँ बाट।पनि

हामी ङ्यतपाचो टोलको बाबुराम श्रेष्ठको ठूलो पाँचतले घरमा दुई कोठा लिएर सर्यौं*। त्यो घरमा *हामी सायद तीन वर्ष जति बस्यौं होला*।


त्यो घरमा बस्दा *आमाले फुर्सदमा तुना बुनेको गोलो थैली बान्ने, जजंका बनाउने, कपासको बत्ती कात्ने र धूप बाट्ने गर्नुहुन्थ्यो*।


आमाले बनाएको *थैली लगायत धूप-बत्ती र जजंका* मेरी *ठूली चम्पा दिदीले भक्तपुरमा आफ्ना छर-छिमेकीहरूलाई दिनुहुन्थ्यो* र त्यसबापत *सुकाएको लसुन लगायत सुकाएको तुकंचा (सुकाएको तोरीको साग) आदि ल्याइदिनुहुन्थ्यो*।


*त्यसै घरमा बस्दा आमाले मलाई नक्सालको नन्दी रात्रि स्कुलमा पढ्ने अनुमति दिनुभयो* र त्यहाँ *आठ कक्षामा भर्ना भएर पढ्न थालें*। म नन्दि रात्रिमा भर्ना  भएको २०३८ सालमा हुनु पर्छ ।


*दिउँसो घरमै सानो पसल राखेर स्कुल खर्चको व्यवस्था गर्दै पढ्दै गएँ*।


*एसएलसी जाँच दिनुभन्दा केही हप्ता अगाडि फेरि मलाई विषमज्वरले समात्यो*। *बल्लतल्ल जाँच दिन पाएँ*।


*दुर्भाग्य, परीक्षाको नतिजामा म फेल भएँ*। अचम्मित कुरा के भयो भने *परीक्षामा मेरो उत्तर सार्ने शंकर श्रेष्ठ साठी उत्तीर्ण भए, म फेल भएँ*।


म *दुई विषय — भूगोल र अंग्रेजीमा गोल खाएँ*। त्यसपछि *पढाइमा पूर्ण विराम लाग्यो*।


*घरधनीले घर अरूलाई बिक्री गरेकाले त्यो घरबाट पनि विस्थापित भयौं*।


*नरदेवी मन्दिरको ठीक पछाडि राजकर्णिकारको घरको कोठा लिएर बस्न गयौं*।


त्यो घरमा बस्दा *ठूलोबुबाको पच्चीस हजार (२५,०००/-) को लगानीमा पकनाजोलमा घरेलु कपडा पसल राखेर सानो व्यवसाय चलाएँ*।


व्यवसाय *नुवाकोट तथा त्रिशूलीबाट आउने स्थानीय — त्यो बेला डोको-नाम्लो बोकेर आउनेलाई 'धाक्रे' भनिन्थ्यो — मेरो कपडा पसल उनीहरूकै आवश्यकताअनुसारको थियो*।


*व्यवसाय राम्रोसँग चलाउन सकिनँ*। *ठूलोबुबाको पैसा मैले लगानी गरेको थिएँ*।


*ठूलोबुबाको रकम चलाएर कपडा पसल राखेको थाहा पाएपछि प्रेम दाइ रिसाएर अलग गोंगबु बस्न जानुभयो र बिहे पनि गर्नुभयो*।


*आमाले पनि "अरूको पैसा चलाएको" भन्दै धेरै चिन्ता लिनुभयो*। *ठूलोबुबाले पनि आफ्नो पैसा असुल गर्न पसल आफ्नो कब्जामा लिनुभयो*।


*मैले ठूलोबुबाको पैसा लगानी गर्नुमा मेरो बुबाले आफ्नो पौरखबाट आर्जेको रकमबाट भक्तपुर सिंहध्वाका बाहिर किनेको — अनि म जन्मेको घर — घरको सबै सामान, बुबाको मोहियानी हकको जगाती जग्गा सबैमा ठूलोबुबाले कब्जा गरेको, अनि तल इचाडोलको पुर्ख्यौली घरमा समेत एकलौटी भोगचलन गर्दै आएको* थियो। *त्यही कारण मैले ठूलोबुबाको रकम चलाएको थिएँ*।


*मैले कपडा पसल राखेकै समयमा दिदी पुष्पको बिहे सामान्य प्रक्रियामा सम्पन्न गरिएको थियो*। सायद *दिदीको बिहे २०३८ सालतिर हुनुपर्छ*।


*पुष्प दिदीको बिहेपछि फेरि त्यहाँबाट पनि सर्नुपर्यो*।


केही दिन *ताम्सीपाखाको एउटा घरमा* बसेर *यटखापाच्चोमा पहिला कोथाननीको बाबुकाजी महर्जन* र केही समयपछि *डबलकाजीको घरमा दुई कोठा लिएर बस्न गयौं*।


त्यस घरमा बसेको *केही महिनामै रमेश दाइको पनि बिहे भयो*। *रमेश दाइको बिहे सायद २०४० सालमा हुनुपर्छ*।


*बिहेपछि दाइको मानसिकतामा खलबलाउने काम माया भाउजूबाट सुरु भयो*।


भाउजूले दाइलाई *"आमा र भाइसँग नबसौं, म माइतीको तर्फबाट घर किन्ने व्यवस्था गर्ने"* कुरा गर्नुभएछ, तर *दाइ नमान्नुभएका कारण घरमा कलह सुरु भयो*।


पछि हामीले थाहा पायौं। *माया भाउजूले छोरा जन्माउनुभयो*। यो *२०४२-४३ सालतिरको कुरा हो*।


*निर्दलीय पञ्चायती शासनको अन्तिममा स्थानीय चुनावमा म पनि १९ वडाको सदस्यको चुनावमा सहभागी भएको थिएँ*।


*डेरामा बस्ने, जनसम्पर्क त्यति नभएकाले म पराजित भएँ*। तर पनि *जस-जसले मलाई भोट दिएका थिए, उनीहरूलाई आवश्यकता पर्दा सहयोग गर्दै जाँदा प्रचलित कानून अध्ययन र अभ्यास गर्ने मौका मैले पाएँ*।


*आमाले नाति काखमा राखेर खेलाउन पाउनुभएन*। *कलहले उग्ररूप लिँदै गयो*।


*घरको विवाद वडा कार्यालयसम्म पुग्यो*। *रमेश दाइ हामीबाट अलग बस्न नचाहेपछि भाउजूले दाइउपर आफ्नो कुविद्या प्रयोग गर्यो* भन्दै *आफ्नी पत्नीमाथि कुटपिट गर्न थाल्नुभयो*।


*पत्नीको व्यवहारबाट आजित भएर पत्नी त्याग गर्नुभयो*।


*आमाले मिलाउने अथक प्रयास नगरेका होइनन्*, तर अन्त्यमा *सँगै बस्दा कुटपिटबाट हामीमध्ये कुनैको ज्यानै जान सक्ने अवस्था देखेपछि छोराकै कुरा मान्न बाध्य हुनुभयो*।


*दाइको मानसिकता बिग्रँदै गएको थियो*। त्यही कारणबाट *घरपति बलकाजीले २०४७ सालतिर कोठा खाली गर्न उर्दी गर्नुभयो* र अन्ततः *त्यो घरबाट हामी ढोकाटोलस्थित सत्यनारायण महर्जनको खाली घरमा बस्न गयौं*।




अध्याय ९: ढोकाटोलबाट कलंकीसम्मको यात्रा


सारांश: ढोकाटोल, पाच्छैगल्ली हुँदै कलंकीसम्म आइपुग्दाको यात्रा रमेश दाइको बिदाइ।  


विषयवस्तु:  

क) ढोकाटोलबाट पाच्छैगल्ली हुँदै कलंकी — रमेश दाइको बिदाइ  

ख) पाच्छै गल्लीबाट न्हेपंखा कलङ्कीमा  



ढोकाटोलबाट हामी पाच्छैगल्लीको राम महर्जनको घरमा सर्यौं। त्यो *तलै पिछे एउटा खाट मात्र अटाउने कोठासहित तीनतले जीर्ण घर* थियो।


ढोकाटोलको घर-भाडा मासिक पन्ध्र सय थियो भने यहाँको मासिक एक हजार मात्र तिर्नुपर्थ्यो।


उहाँ पनि दाइ विशालबजारको टेलर पसलबाट काम ल्याई घरमै सिलाई गर्ने गर्नुहुन्थ्यो*। म *कानूनी लेखापढी व्यवसायमा लागि सकेको थिएँ।


एक दिन *घरमा सिलाई गरिरहनुभएका दाजु जुरुक्क उठेर जानुभयो, मान्छे घर फर्कनुभएन*।


आमाले धेरै चिन्ता लिनुभयो*

। आफन्तहरू सबैले *ठाउँ-ठाउँमा खोज्न गयौं*। दाइ *धार्मिक स्वभावका* भएकाले *स्वयम्भू तथा पशुपति क्षेत्रमा बढी ध्यान दिएर खोजी भयो*।


*प्रहरीमा सूचना दिइयो*। *सूचना गोरखापत्रमा प्रकाशित नहुँदै पशुपति क्षेत्रमै रहेको एक स्थानीयले जानकारी दिनुभयो*, तर *पशुपतिमा कहाँ बस्नुहुन्छ भन्ने थाहा थिएन*।


दाइका बारेमा मलाई *जानकारी दिनेले कहाँ बस्नुहुन्छ भन्ने थाहा नभए पनि पशुपतिमा दैनिक कति बजे आउनुहुन्थ्यो भन्ने जानकारी दिएपछि* बशुं दिदी, आमा, पुष्प दिदी लगायत *हामी सबै भनेको समयभन्दा अघि नै पशुपति आर्यघाटमाथि मृगस्थली पुग्यौं*।


*नभन्दै भनेको समयमै दाइ देखा पर्नुभयो*, तर *हामीलाई देख्नासाथ "हट् हट्" भन्दै त्यहाँबाट भागेर जानुभयो*।


मैले *गौशाला प्रहरी कार्यालयमा गएर सहयोग मागें*। तर हाम्रो सबै कुरा सुनेर प्रहरीले *सबै कुरा बुझेपछि भन्नुभयो* —


*"अर्ध-पागल जस्तो अवस्थामा रहेकालाई बल प्रयोग गर्नु उपयुक्त हुँदैन, झन् बल्झिन सक्छन्। अहिले भोलेबाबाको शरणमा हुनुहुन्छ। वहाँले रक्षा गर्नुहुनेछ। पशुपति क्षेत्रमा खानका लागि समस्या हुँदैन। तपाईंहरू ढुक्क हुनुहोस्, हामी पनि गस्ती गर्दा ध्यान पुर्‍याउँछौं।"*


*दाजुलाई लिन जाने हामी सबैले गहभरि आँसु राखेर फर्केर आयौं*।


*त्यस्तै छ महिनापछि दाइ आफैं घरको ढोकामा आएर घण्टी दिनुभयो*। *"तल को?"* भन्दै आमाले झ्यालबाट तल हेर्दा *आफ्नै छोरा*।


*आमा अचम्म र खुसीले हतपत तल झरेर ढोका खोलेर माथि ल्याउनुभयो*।


*छोराको मलिन अनुहार, धेरै दिनदेखि नधोएको मैलो लुगा अनि कमजोर शरीर देखेर आमा भक्कानिएर रुनुभयो*।


दिन बित्दै गयो। *दाइ सामान्य अवस्थामा पुगेपछि दाइ आमालाई लिएर विशालबजार टेलर जहाँ काम ल्याउनुहुन्थ्यो, त्यहाँ गएर साहुलाई भेट्न जानुभयो*।


साहुले पनि *दाइको अनुहार देखेपछि खुसी हुँदै पुनः काम दिएर पठाउनुभयो*।


यसरी नै *दैनिक चल्दै गयो*। केही दिनपछि *हाम्रो शिल्पकार मृत्यु संस्कार गुठीको पालो घरमा प्रवेश भयो*। *यो पालो १९ वर्षपछि २०५५ सालमा आएको पालो थियो*।


*रमेश दाइ गुठीको सदस्य हुनुहुन्थ्यो*। गुठी पालो प्रवेश भएको *ठीक एक वर्षपछि २०५६ पौष  महिना ३ गते भद्रकाली पीठ (लुमधी अजिमा पीठ) टुँडिखेलमा वार्षिक पूजा बलिसहित सम्पन्न पनि भयो*।


*गुठी समाप्त भएको एक हप्तापछि नयाँ पालो लिने कृष्णभक्त शिल्पकार मामाको — मामा नाता पर्ने — कमलपोखरीस्थित घरमा गुठीको सरसामान बुझाउन म र रमेश दाइ सँगै गयौं*।


मामालाई *सामान बुझाइसकेपछि दाइले मलाई भन्नुभयो — "तिमी घर जाँदै गर्नू, म पशुपतिनाथ दर्शन गर्न जान्छु" भन्दै पशुपतितर्फ लाग्नुभयो, तर घर फर्कनुभएन*। *उतै भौंतारिँदै बस्नुभयो र कहिल्यै फर्केर आउनुभएन*।


पुनः हामीले *दाजुको खोज-खबर गर्दै जाँदा पशुपति क्षेत्रमा नै बसेको भेटायौं र लिन गयौं, तर आउन मान्नुभएन*।


*कहिले कता, कहिले कता भौंतारिँदै दाइले जिन्दगी बिताउन थाल्नुभयो*।


एकपटक *दाइ भौंतारिँदै भक्तपुरको ल्हासापा सःसुद्य क्षेत्रमा लडेर उठ्नै नसक्ने अवस्थामा बसेको रहेछ*।


*आफू उठ्न नसकेर विचलित अवस्थामा पुगेपछि त्यहाँ खेतमा काम गर्न आउने भक्तपुर नगरतर्फका मानिसलाई आफ्नो परिचय, आफ्नो अवस्था र भक्तपुर नगरको देगमना टोलमा ठूली दिदी चम्पा चगुठी र भान्जाहरू दिपक, रवि र सन्जिव छन्, कृपया उनीहरूसम्म खबर गरिदिनुस्* भन्दै अनुरोध गर्नुभएछ।


त्यसको आधारमा *दिदी र भान्जाहरू पुगेर दिपक, रवि र सन्जिवहरूले गएर गाडीमा राखेर घरमा लगेर उपचार गरेको छ*।


*खबर पाएपछि आमा, पुष्प दिदी गएर भेट्नुभयो, तर यता आउन मान्नुभएन*।


*निको भएपछि भक्तपुरमै सिलाई काम गर्न थाल्नुभयो*। तर पनि *बेलामा बेपत्ता पनि हुने गर्नुहुन्थ्यो*।


पाच्छै गल्लीबाट न्हेपंखा( कलङ्की)मा


आमाको उमेर ढल्कँदै गएको अवस्था थियो*। *घरमा आमा र म मात्र*। *म दिनभरि बाहिर, आमा दिनमा एक्लै हुनुहुन्थ्यो*।


हामी त्यो घरमा *लगभग पन्ध्र वर्ष जति बस्यौं होला*। *धेरै वर्ष बसेपछि घरधनीलाई बहालमा बस्नेले घर आफ्नै बनाउँछ कि भन्ने डर लागेछ* सायद, त्यसैले *"घर खाली गर्नू, छोरा बस्न आउँदैछ"* भनियो।


*फेरि कोठा खोज्न सुरु भयो*।


*आमाको उमेर ९० नाघिसकेको अवस्था थियो*। आमाको उमेरको अवस्था हेरेर *दिदीले "आफ्नो घर-परिवारमा आमा उतै ल्याउनु राम्रो हुन्छ" भन्ने सल्लाह भयो*। त्यही कुरा *भाजु र भतिजा दर्शनसँग पनि भयो*।


*भाउजू र भतिजाले भक्तपुरमा लैजाने कुरा गर्दा आमा मान्नुभएन र छोरीको घरमा जान तयार हुनुभयो*।


*२०६८ सालमा दिदी, भान्जाहरू आशिष, मन्जेश, भाउजू र दर्शन भएर सामान र आमालाई मलाई कलंकीमा ल्याएर राख्नुभयो*।


२०७८ बैशाख १० मा रमेश दाईको विदाइ


एक दिन भक्तपुरमा *भाउजू र भतिजालाई दाइको सिलाई काम दिने साहुले "दाइ बिरामी भएको छ, लिन जानू" भन्नुभएछ*।


*भतिजा दर्शनले काका बिरामी अवस्थामा रहेको खबर पाउनासाथ लिन गएर ल्याएर घरमा उपचार गराउने प्रयास गर्यो*।


यता *हामीलाई पनि खबर आयो*। तुरुन्त *पुष्प दिदी पनि हेर्न जानुभयो*। *दाइलाई भेटेर "अस्पताल जाऔं" भन्दा मान्नुभएन*।


*भतिजाले घरमा ल्याएको हप्ता दिनमै २०७८ बैशाख १० गते साँझ दाजुले यो संसार त्यागेर भवसागरबाट मुक्त हुनुभएछ*।


मलाई *तुरुन्त खबर आएलगत्तै राति आमालाई "आमा, घर जाउँ" भन्दै आमा, पुष्प दिदी र म भक्तपुरमा गयौं*।


*आमालाई हामीले घर नपुगेसम्म केही भनेनौं*, तर *आमाले अनुमान लगाइसक्नुभएको रहेछ*।


*रमेश दाइ बिरामी भएको आमालाई थाहा थियो*, सायद त्यही भएर *अनुमान गर्नुभयो — नत्र राति अचानक किन भक्तपुर लान्छ भन्ने आमालाई लागेको रहेछ*।


*घरमा पुग्दा दाइ खाटमा मज्जाले सुतेर बसेको जस्तै अवस्थामा देख्यौं, तर शरीर निर्जीव थियो*।


*आमाले पनि छोरा हेर्नुभयो र "अब के गर्ने?" भन्दै रुँदै "दाइकी पत्नी र छोरालाई खबर गर्नुपर्छ, कसरी गर्ने?" भन्नुभयो*।


मैले *तुरुन्तै भाउजूका दाइ अनि हाम्रो गुठीका ठकाली शिवहरी शिल्पकार दाइ र किरण दाइलाई फोन गरेर जानकारी दिँदै माया भाउजूलाई खबर गरेर आउनू भनें*।


*दुवै दाइले पनि तुरुन्तै रमेश दाइकी पत्नी र छोरालाई अन्तिम संस्कारमा जानुपर्छ भन्दा "भोलि बिहान आउने वा नआउने खबर गर्छु" भन्नुभएछ*।


*त्यो दिनको कालो रात त्यसै बित्यो*। *बिहान किरण दाइ घरमा आउनुभएर "उनीहरू नआउने" खबर दिनुभयो*।


मैले *पुनः शिवहरी दाइलाई उताको खबर सोधें, वहाँले पनि त्यही भन्नुभयो — "नआउने रे"*।


अनि *दाइको लासलाई पशुपति आर्यघाट लैजान र गुठीयार सबैलाई आर्यघाट आउन तयार गरें*।


*शवबाहनमा राखेर घाटमा लगेर अन्तिम संस्कारको तयारी गर्दै गर्दा "दागबत्ती कसले दिने? छोरा आएन" भन्न थाले*।


*दाजुलाई दागबत्ती दिन म तयार नै थिएँ*, तर *भतिजा दर्शनले "काकालाई दागबत्ती म दिन्छु" भन्दै अघि सरे र मृत्यु संस्कार सम्पन्न गरेर हामी फर्कियौं*।




अध्याय १०: शताब्दी वर्ष र सम्मानको वर्ष २०८२


सारांश: व्हिलचियरमा पनि हाँस्दै बित्नुभएको दिनचर्या, शताब्दी वर्षको सम्मान र मेरो देखा ग्रहणको क्षण।  


विषयवस्तु: 

क) व्हिलचियर पाएपछि आमाको दिनचर्या  

ख) आमाको शताब्दी वर्ष  

ग) २०८२ साल — सम्मानै-सम्मानको वर्ष  

घ) मेरो अविस्मरणीय दिन – तान्त्रिक दीक्षा [यहाँ तपाईंले पठाउनुभएको “देखा” को अंश राख्नुहोस्]


व्हिलचियर (पाङ्ग्रा सहितको कुर्सी) पाएपछि आमाको दिनचर्यामा परिवर्तन आयो!*


*काभ्रेको पाङ्गु शिखर, रोसि खोला वा खहरे खोला कताहो कुन्नि, कुन गाउँमा आजभन्दा १०४ वर्ष अगाडि जन्मनुभएको थियो मेरी आमा*।


*आफ्नो जन्मसाल भन्न नसके पनि ०९० सालको महाभूकम्पमा आफू १२ वर्षको भएको* बताउनुहुन्छ आमा।


*काभ्रेको पाङ्गु शिखरतिर जन्मनुभएकी मेरी आमा* मेरो बुवा *रामबहादुर शिल्पकार (सिकर्मी) सँग वैवाहिक सम्बन्ध गाँसिएपछि भक्तपुर नगरलाई आफ्नो कर्मथलोको रूपमा कष्टकर जीवनयापन गर्दै आउनुभएको थियो*।


*०२२ सालमा पतिको देहवसान भएदेखि आफ्नो घर-सम्पत्ति सबै जेठाजु र जेठानी दिदीलाई सुम्पिएर लालाबालासहित काठमाडौंमा कहिले कता, कहिले कता कोठा सर्दै सुकुम्बासीसरह कर्मथलोको रूपमा भोग्दै आउनुभएकी मेरी आमा* नौ दशक पार गरेको अवस्थामा पुग्दा *उमेरको कारणले अरूको घरमा कोठा भाडामा बस्न विभिन्न कारणले असहज स्थिति उत्पन्न हुँदै गएको थियो*।


*आमाको उमेरको अवस्था र आमाको मनको स्थितिलाई बुझेर मेरी दिदी र भान्जाहरूको घर-परिवारको सल्लाहअनुसार कलंकीस्थित छोरीको घरमा म सहित आमा बस्दै आउने क्रममा* ९८ वर्षको वृद्ध उमेरमा *२०७६ श्रावण महिनामा आमाको रक्तचापका कारण मस्तिष्कमा झड्का हान्न गएकाले मस्तिष्कको नसा सुक्न गयो*।


र, जसका कारण *बोली अस्पष्ट मात्र पनि हैन, दाहिने हात र खुट्टा चलाउने शक्ति नै क्षीण हुँदै गयो*। जसका कारण *आमाको हिँडडुल गर्ने दिनचर्या कोठाभित्रै सीमित हुन गयो*।


*कोठाभित्र हिँडडुल गर्न पनि हात्ती-पाइला आकारको लौरोको सहयोग लिनुपर्ने भयो*।


*अति आवश्यक कतै जानुपर्दा घरबाट बाहिर गएर ट्याक्सीमा बस्न जानसम्म पनि ठाउँ-ठाउँमा रोकेर कुर्सीमा बस्दै, एकछिन बिसाउँदै जानुपर्ने अवस्था थियो*।


आमाको शताब्दी वर्ष


*आमाको सय वर्ष पूरा भएको दिन २०७९ माघमा हामीले आफ्नो हैसियतअनुसार नेवाः संस्कृति अनुसार अनि नाति-नातिनाको इच्छाअनुसार आधुनिक ढंगबाट — तर बलेको बत्ती फुकेर हैन केक काटेर — मनायौं*।


*शिल्पकार कल्याण कोषले पनि घरमै आएर आमाको सम्मान गर्यो*।


*मैले पनि श्री कलंकी माताको विषयमा लेखिएको "कल्खु अजिमा शरण" पुस्तक आमालाई समर्पण गरी प्रकाशित गरें*।


*उमेर सय वर्ष नाघेपछि बेलाबेलामा आमा कुनै न कुनै एउटा बहाना गरी नाति-नातिनाहरू भेला गराउने कुरा गर्नुहुन्थ्यो*।


*आमाले छोरीको (चम्पा दिदी र बशुं दिदीको) तर्फबाट पनातिसम्म आफ्नो काखमा राखेर खेलाइसक्नुभएको थियो*।


*आमाको इच्छा पूरा गर्न, आमाले भनेकै बेलामा स्कुटरमा राखेर मन्दिरसम्म लगेर आमाकै हातबाट कलंकी माताको पूजा गरी नाति-पनाति अगाडि राखेर भोज-भोज खुवाउने काम पटक-पटक गरियो*।


तर *सबै बोलाएर माया गरे पनि ठूली दिदीका सन्तानलाई भने मायाबाट टाढा गरिसक्नुभएको थियो*।


*आमाले ठूली दिदीका सन्तानलाई टाढा गर्नुमा उनीहरूले गरेको एउटा व्यवहारको कारण थियो* — त्यो भने *आमा जिन्दगीमा पहिलोपटक भक्तपुरमा बुहारीको घरमा सत्यनारायणको पूजा लगाएर लाखबत्ती बालेको अवसरमा उपस्थित नभएका कारण आमाले चित्त दुखाउनुभएको थियो*।


*आमाको त्यो चित्त दुखाइ जीवनको अन्तिम समयसम्म नै रहेर गयो*।


*बुहारी र नाति दर्शन बस्ने घर हाम्रो पुर्ख्यौली भने हैन*। त्यो घर *भाउजूको माइतीबाट पाएको जग्गामा बनाएको घर हो*।


*भार्भाचो इचाडोलको पुर्ख्यौली अंश-घरमा ठूलोबुबाको एकलौटी बुहारी बस्दै आउनुभएको छ*। उनीसँग *हाम्रो सम्बन्ध राम्रो छैन, आवतजावत नै बन्द रहेको छ*।


*आमाको उमेरले झन्-झन् आमालाई गलाउँदै लगेको देखिन्थ्यो*।


मेरो  अविस्मरणीय  दिन


     

ने.सं. १४ गुंलाथ्वः नवमी, बुधबार; वि.सं. २०८१ साउन ३० गते, साउन शुक्ल नवमीको दिन। पर्व समय सुधार अनुसार भाद्र शुक्ल नवमीको यो दिन मेरो जीवनको अत्यन्तै अभिस्मरणीय दिन रहन गयो।


यही दिन कुल गुरु *श्री विश्वकर्मा*, कुल देवता, कुल आगं तथा *श्री श्री कल्खु अजिमा* अर्थात् *श्री कलंकी आमा* र *महागुरु श्री गोरखनाथ*को असीम अनुकम्पाबाट, सम्मानित द्यः भाजु गुरु त्रिगुणातीत तन्त्रसाधना रत्न  महेश्वर जुजुको उपस्थिति र संरक्षकत्वमा, सम्मानित आचाजु हंस राज कर्माचार्य गुरुद्वारा नेपाः धर्म अनुसारको *देखा* विधिवत् तान्त्रिक पूजा सम्पन्न गरी अहोभाग्य मन्त्र दान प्राप्त गरेँ। यही दिनदेखि म तन्त्र साधनाको प्रथम खुट्किलामा प्रवेश गरेको छु।


हाम्रो पुर्खौली वंश परम्परा अनुसार सन्तानले तान्त्रिक दीक्षा अर्थात् देखा लिनु अनिवार्य मानिन्छ। तर दैनिक रोजगारीको बाध्यता र देखा लिएपछि नित्य स्नान, जप, ध्यान, पाठपूजा ( (न्हिकं)गर्नुपर्ने अनुशासनका कारण  हाम्रो पुस्तामाले आज सम्म पनि यो परम्परालाई   लत्याएर बसेँ ।  र मैले पनि यो परम्परालाई लामो समयसम्म लत्याएर बसेँ।


वंश परम्परा अनुसार लिनुपर्ने देखा नलिएकै कारण हामी आफ्नै इष्ट देवताको आगंको भित्री भागमा प्रवेश गर्न निषेधित अवस्थामा थियौं। त्यसैले हाम्रो पुस्तामा कसैले पनि आजसम्म आगंभित्र प्रवेश गरी पूजा गर्ने अवसर पाएका छैनौं। दशैँभरी आचाजु राखेर बाहिरबाट पूजा गर्ने गरे पनि दैनिक पूजा भने  बन्द ढोकामै सीमित थियो।


हाम्रो आगंमा *तलेच्वम्ह द्यः* अर्थात् माथिल्लो आगंको भित्री देवता स्वयम्भू रूपमा रहनुभएको छ भने, तलको देवता भने सबैले हेर्न र पूजा गर्न मिल्ने मान्यता छ। भनिन्छ, त्यो कुल गुरु *विश्वकर्मा* हुनुहुन्छ।


देखा नलिएकै कारण हाम्रो आगं परिवारमा वर्षमा एक दिन, *मोहनी नखः*को *कुलच्छि भ्वय्*को दिन शरीरको लम्बाइ बराबरको जजंका सगुनका रूपमा लिएर मात्रै कुलच्छि खाने परम्परा छ। यो परम्परा हाम्रो आगं परिवारभित्र मात्र सीमित छ र अन्य शिल्पकार समूहको आगं परम्परामा पाइँदैन।


*वंशकुल परम्परा र तान्त्रिक दीक्षा (देखा) को महत्त्व*


हाम्रो नेवाः संस्कृतिमा देखा भनेको केवल कर्मकाण्ड होइन, यो वंशकुलको रक्षा कवच हो। देखा लिएपछि साधक इष्ट देवताको आगंभित्र प्रवेश गरी नित्य पूजा गर्ने अधिकारी बन्छ। यसले कुल देवता र कुल गुरुको कृपा प्राप्त हुन्छ, सन्तान र वंशको रक्षा हुन्छ भन्ने विश्वास छ।


देखा नलिँदा व्यक्ति र कुलबीचको आध्यात्मिक सम्बन्ध अपूरो रहन्छ। त्यसैले देखा लिनु भनेको पुर्खाले छाडेर गएको आध्यात्मिक जिम्मेवारीलाई स्वीकार गर्नु हो—आफ्नो कुल, धर्म र संस्कारलाई जीवित राख्ने संकल्प गर्नु हो।


आज मैले त्यही जिम्मेवारी बोध गरेर देखा ग्रहण गरेको हुँ। यो केवल मेरो व्यक्तिगत उपलब्धि नभएर, पुर्खाको परम्परालाई पुनर्जीवित गर्ने प्रयास हो। आगामी दिनमा यस परम्परालाई जगेर्ना गरी सन्ततिमा हस्तान्तरण गर्नु नै मेरो कर्तव्य ठानेको छु।


                                    


 मैले परम्परागत गुरु-परम्पराअनुसार तान्त्रिक दीक्षा लिएपछि कलंकी माताको समय-समयमा विशेष तान्त्रिक पूजा हुने गर्थ्यो* र *हरेक पूजामा आमा पनि स्कुटरमा राखी लगेर अगाडि राख्ने गर्थें*।


यसरी *स्कुटरमा बस्दा खस्लान् भन्ने आमाको डर रहेछ*।


*सरकारबाट पाउने जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता तथा काठमाडौं महानगरपालिकाबाट पाउने विशेष पोषण भत्ता भने वडा कार्यालय प्रतिनिधि तथा बैंक कर्मचारीसहित म बसेको घरमै आएर दिने व्यवस्था १९ नं. वडा कार्यालय, कामपाबाट गर्नुभएकाले आमाको वृद्धा भत्ता लिन भने कुनै समस्या थिएन*।


तर *स्वास्थ्य परीक्षण गर्न आवश्यक पर्दा चिकित्सक वा अस्पतालसम्म जान पनि निकै समस्या हुने गर्थ्यो*।


यसै क्रममा *पर्व समय सुधार राष्ट्रिय समाज नेपालले नागरिक उड्डयान मन्त्रालयद्वारा २०६४ सालमा गठित पर्व सुधार राष्ट्रिय कार्यदलको सिफारिस अनुरूप सावर्णी मन्वन्तर पद्धतिअनुसार पात्रोमा ३० अंश सुधार गरी एक महिना अघि नै गुरु पूर्णिमा परेको जनाउँदै*, त्यसैका आधारमा *२०८२ जेष्ठ २८ का दिन गुरुहरूलाई सम्मान गर्ने कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्ने क्रममा आमालाई पनि जेष्ठताको आधारमा गुरु मानेर सम्मान गरिएको थियो*।


सो *सम्मान कार्यक्रममा अशक्त जेष्ठ आमा उपस्थित हुन समाजका महासचिव बलराम श्रेष्ठजीले नेशनल हस्पिटलबाट व्हिलचियर ल्याई वृद्ध आमालाई सहज बनाइदिनुभएको थियो*।


*त्यस दिन घरदेखि कार्यक्रमस्थलसम्म व्हिलचियरमा बसेर सहजै पुग्न सकेको महसुस गर्दै कार्यक्रमबाट फर्केर घर पुग्नासाथ घरमा पनि व्हिलचियरको व्यवस्था गर्न आमाले मलाई भन्नुभयो*।


*आमाको इच्छालाई स्वीकार गर्दै मैले "हुन्छ" भनिदिएँ*।


*व्हिलचियरको कति मूल्य पर्छ होला भनेर अनलाइनमा गएर सोधखोज गरें*। अनलाइनमा देखाएअनुसार *न्यूनतम दश हजारदेखि पन्ध्र हजारसम्म पर्ने रहेछ* भन्ने जानकारी पायौं।


*त्यही दिन साँझ कलंकी माँ नेवाः पुचःका उपाध्यक्ष श्री रामकृष्ण श्रेष्ठजीको पसलमा महासचिव बलराम तथा सामाजिक कार्यकर्ता प्रकाश के.सी.जीसँग भेट भयो*।


कुराकानीकै क्रममा *बलरामजीलाई मैले भनें — "तपाईंले सम्मान कार्यक्रमसम्म आमालाई आउन-जान व्हिलचियरको व्यवस्था गरिदिनुभएकोमा आमा अति खुसी हुनुहुन्छ। तर घरमा पनि सधैंको लागि व्हिलचियरको व्यवस्था गर्न भन्नुभयो। अब व्हिलचियर नकिनी भएन।"*


बलरामजीले *"त्यसो भए वडाबाट व्यवस्था गर्न पहल गर्नुपर्ला"* भन्नुभयो। *बलरामजीको कुरालाई रामकृष्ण र प्रकाश के.सी.जीले पनि सकारात्मक रूपमा लिनुभयो र "अँ, यसमा प्रयास गरौं" भन्नुभयो*।


*आमाले खाने प्रेसरको नियमित औषधि लिन जाने क्रममा औषधि पसलका सरोज लामासरलाई आमाको इच्छा बताएँ*। *"हुन्छ नि, बजारमा किन्दा महँगो हुन्छ, सहुलियतमा लिएर आउँछु" भन्नुभयो*। मैले पनि *"हुन्छ, ल्याउनुस्" भनें*।


*नभन्दै साँझसम्म लिएर आउनुभयो — जम्मा सात हजारमा*।


*व्हिलचियर लिएर घरमा आमा खुसी हुनुभयो*।


*भोलिपल्टदेखि त आमाको दिनचर्या नै फरक भयो*।


*नियमित रूपमा बिहान ८ बजेपछि कलंकी माताको दर्शन व्हिलचियरमा बसेर जाने, मन्दिरमा दुई घण्टा जति बिताएर आउने*।


*घरमा बस्दा छिन-छिनमा पिसाब चुहाउँदै पिसाब गर्नेले मन्दिरमा घण्टौंसम्म बस्दा पनि "पिसाब आयो, जाऊँ" भन्नुहुन्नथ्यो*।


सम्मानै-सम्मानको वर्ष*


२०८२ असार ८ गते शिल्पकार समाज नेपालबाट घरमै आएर आमालाई सम्मान गर्नुभयो।


*त्यही दिन लायन्स क्लब भक्तपुरले पनि घरमै आएर आमाको सम्मान गर्नुभएको थियो*।


*जेष्ठ नागरिक समाज नेपालले पनि आफ्नो वार्षिक साधारण सभामा आमालाई सम्मान गरेका थिए*।


*आमा र म जेष्ठ नागरिक समाज नेपालको आजीवन सदस्य हौं*।




अध्याय ११: १०५ वर्षको यात्रा र अन्तिम दिनहरू



सारांश: १०५ वर्षमा प्रवेश, अर्धचेतना, महाप्रसाद ग्रहण र देगमना घरमा अन्तिम फिर्ती।  


विषयवस्तु: 

क) १०५ वर्षमा प्रवेश र कलंकी माताको अन्तिम दर्शन  

ख) आमाको अन्तिम अवस्था र अर्धचेतना  

ग) शताब्दी पछिको रूप-फेराइ र महाप्रसाद ग्रहण  

घ) चिकित्सालयदेखि देगमना घरसम्म — अन्तिम फिर्ती  

ङ) गंगाजल मुखबाट बाहिर झर्नु  


२०८२ कार्तिकमा आमा १०४ वर्ष पूरा भई १०५ वर्षमा प्रवेश गर्नुभएको खुसियालीमा श्री कलंकी माताको विशेष पूजा गरी सबैलाई बोलाएर मनायौं।


आमा नियमित रूपमा बिहान कलंकी माता दर्शन गरेर एक-डेढ घण्टा मन्दिरमै बस्नुहुन्थ्यो।



२०८२ फागुन १ गते  कलङ्की माताको अन्ति दर्शन


ने.सं. ११४६ सिल्लागाः एकादशी, शुक्रबार / १ फागुन २०८२, फागुन कृष्ण एकादशी (विजया एकादशी) दिन बिहान उठ्नुहुँदा "आया-आया" गराउँदै हुनुहुन्थ्यो।


मैले आमाको मुख धुन सहयोग गर्दै भनें — "आज आमालाई अलि सन्चो छैन जस्तो छ। आज मन्दिरमा नजाने है आमा।"


आमाले *"हैन, जानुपर्छ। कलंकी आमा दर्शन गरेर जल लिनुपर्छ"* भन्दै *"आया-आया" गर्दै मुख धुनुभएको थियो*।


*धूप बालेर चिया खायौं। आमाले चिया खानुभयो*।


*८ बजेपछि "मन्दिर जाऊँ" भन्नुभयो*, तर *मलाई आमाको अवस्था देखेर लैजान अप्ठ्यारो लागिरहेको थियो*।


*आमा भने जान तम्सिहाल्नुभयो*।


*बिस्तारै समाएर भर्‍याङबाट ओर्लन लगाएँ*। *व्हिलचियरमा बसेर सदाझैं मन्दिर पुग्नुभयो*।


*व्हिलचियरबाट ओर्लेर मन्दिरको खुड्किलो झर्दै तल गएर हामी बस्ने ठाउँमा पाँच मिनेट जति बस्नुभयो*।


*मन्दिरमा होलो भएपछि विस्तारै उठाएर अँगालो मारेर आमालाई पहिले कल्खु गणेश अगाडि लगेर स्टुलमा बसाएर श्री गणेश भगवान दर्शन गराएँ*।


अनि *फेरि विस्तारै उठाएर श्री कलंकी माताको अगाडि लगेर स्टुलमा बसालेर माताको दर्शन गराएँ*।


*आमाले कलशमा रहेको जलले आफ्नो शिर र घाँटीमा दल्नुभयो र एकछिन प्रार्थना गरेर बस्नुभयो*।


*"आमा, पुग्यो, उठ्नुस्" भन्दै उठाएर यता पहिलाकै ठाउँमा बसालें*।


*मन्दिरमा सधैं आउने दिदी-दाइ भक्तजनहरूले आमाको मलिन अनुहार हेर्दै "के भयो? अनुहार हिजो-अस्तिको जस्तो छैन" भन्दै सोध्न थाले*।


*त्यो दिन आमा धेरै बेर नबसी "घर जाऊँ" भनेर आमा आफैंले भन्नुभयो*।


मैले पनि *"हुन्छ, जाऊँ" भन्दै बिस्तारै उठाएर समाउँदै मन्दिरको भर्‍याङ चढाएँ*। र *व्हिलचियरमा राखेर घर गयौं*।


*घरमा पनि बिस्तारै भर्‍याङ चढ्दै माथि कोठामा जानुभयो*।


*खाटमा बसेर जिउ यताउता चलाउँदै "आया-आया" भन्दै एकछिन कराउनुभयो*। त्यसपछि *मैले बिस्तारै ओछ्यानमा सुताएँ*।


*त्यसपछि आमा आफैं उठ्न सक्नुभएन*। *दिशा-पिसाब गर्नुपर्यो भने हामीले समाएर उठाउनुपर्ने भयो*।


*भोलिबाट आमा ओछ्यानमा थला पर्नुभयो*।


*एक हप्तासम्म हामीलाई उठाउन लगाएर दिशा-पिसाब गर्ने गर्नुभएको थियो*।


*एक हप्तापछि उठ्नै नसक्ने अवस्थामा पुगेर ओछ्यानमै कोपरामा दिशा-पिसाब गर्ने गर्नुपर्ने अवस्था भयो*।


आमाको अन्तिम अवस्था।


*दुई हप्तापछि आमाको अवस्था फरक हुँदै गएको देखियो*।


*खाने कुरा कम गर्दै जानुभयो*।


*दुई हप्तासम्म आमाले हाम्रो हातबाट बढी पानी खाँदा हामीले आमाको मुखबाट गिलास हटाउनुपर्थ्यो*, तर *तेस्रो हप्तादेखि "पानी समेत खानुपर्यो" भन्नुभएन*।


*हामी आफैंले "आमा, पानी खानुस्" भन्दै अलि-अलि खुवाउँथ्यौं*।


*आमाको खाना सातु थियो*। *सातुमा ग्लुकोज, हर्लिक्स मिसाएर खाने*, समय-समयमा *पटक-पटक पानीमा घोलेर खाने गर्नुहुन्थ्यो*।


तर अब *एक चम्चाको सातुको घोल खाएपछि खान छोड्न थाल्नुभयो*।


*अर्धचेतना अवस्थामा पुग्नुभयो*।


*ढोकातर्फ हेरेर हातको इसाराले "आऊ-आऊ" भन्ने गर्नुभयो*।


*ढोकातर्फ हेरेर "आमा-बा, भोक लाग्यो" भन्न थाल्नुभयो*।


*हामीले खुवाउँदा मुन्टो फर्काउनुहुन्थ्यो*।


कहिलेकाहीं *"तिमीहरूको मामाले समयबजि राखेर गएको छ, खाऊ" भन्नुहुन्थ्यो आमा*। अनि *हामी "खै, कहाँ छ?" भन्दै यताउता हेर्थ्यौं*।


*आमालाई अस्पताल र क्लिनिकमा नलगे पनि डाक्टरको सल्लाहअनुसार औषधि खुवाउँदै आएका थियौं*, तर *त्यसले काम गरेन*।


*आमाको अवस्था झन् खराब हुँदै गएपछि भक्तपुरमा आमाका नातिहरू नरेश, कान्छी मैयाँ, दर्शन सँग भिडियो च्याट गर्दै मेसेन्जरमा आमाको अवस्था देखायौं*।


*आफ्नी बजैको त्यो अवस्था देखेपछि तुरुन्तै जान्ने-सुन्नेहरू जोशी बजुकहाँ गएर आमाको नामबाट जोखना हेराएर काम गर्नुभयो*।


*जोखनामा देखिएअनुसार कुल देवता तथा भैरवको पूजा र विहारमा गएर आमाको नाममा भन्तेहरूबाट तारा पूजा गरिदिएको खबर आयो*।


*सो खबर आएपछि आमाको अवस्थामा केही सुधार भयो, चेतनामा फर्कनुभयो*।


*भोलि बिहान फूल-प्रसाद पनि लिएर नातिहरू आइपुगे*।


*भाउजूले आमालाई "भक्तपुरमा जाऊँ" भन्दा आमाले "नजाने" भन्नुभएको थियो*।


*यसभन्दा अघि पनि आमा बिरामी हुँदा नाति-नातिनीहरूले त्यसरी नै बजैको नामबाट देखाएर पूजा गरेर आमाको खराब दिनहरू तार्दै आएका थिए*।


*आमामा आएको सुधार देखेर हामी ढुक्क भयौं*।


*दिदी र भिनाजु ॐ वैदिक सनातन धर्म संस्था नेपालबाट लगेको कुशेश्वर महादेव दर्शन यात्रामा गएर पनि आउनुभयो*।


*फागुन पूर्णे फेरि आमाले रूप फेर्नुभयो र अवस्था खराब देखियो*।


*भक्तपुरबाट भाउजू र भतिजा आयो। "के गर्ने, घरमा लाने कि?" भन्नुभयो*।


*"खै के भन्ने? आमाले हामीलाई दस अवतार देखाउँदै हुनुहुन्छ" भनी पुष्प दिदीले भन्नुभयो*।


मैले पनि *"त्यति डराउनुपर्ने अवस्था छैन। अहिले भक्तपुर लानुपर्दैन"* भनें।


 शताब्दी पछिको रूप-फेराइ र महाप्रसाद ग्रहण*  


*आमाले शताब्दी वर्ष पार गरेपछि आमाले पटक-पटक रूप फेर्दै आएको हामी महसुस गर्दै आएका थियौं*।


*आमाको उमेर ढल्कँदै गएसँगै स्वाभाविक रूपमा शिरको सबै केश सेतो भइसकेका थिए*।


एक दिन *हामीले आमाको आँखिभुइँमा मेकअप गर्दा रंग लगाएको जस्तै रातो देखियो*।


केही दिनपछि *कपालका सबै केशहरू पनि मेहन्दी लगाएजस्तै रातो देखियो*।


*आँखिभुइँमा देखिएको रातो पाँच-छ दिनमा सामान्य भएर गयो*, तर *कपालको केश भने रातो नै भइरह्यो*।


*एक वर्षपछि कपाल बिस्तारै कालो-कालो देखिन थालेका थिए*।


तर *उमेर जति गए पनि आमाको अनुहार अरू वृद्धवृद्धाहरूको जस्तै चाउरी परेको देखिँदैनथ्यो*।


*आमाको अनुहार हेरेर १०४ नाघेर १०५ वर्षमा लागेको भन्दा पत्याउने कम मात्रै थियो*।


*फागुन २४ गते दिन थियो*। *पुनः आमाको अवस्थामा नराम्रो परिवर्तन देखा पर्यो*।


*आमाको चाकको फिलामा घाउ देखियो*। *आमाको कान पछाडि फर्केको जस्तो, आँखाको हेराइमा फरक, श्वास-प्रश्वास प्रक्रिया फरक भएको हामीले अनुभूति गर्यौं*।


*मनमा दिदी र मलाई अलि-अलि डर सुरु भइसकेको थियो*।


*आमाले मलाई र नाति आशिषलाई बोलाएर घाँटीनै दुख्ने गरी अँगालो मार्ने गर्नुभयो*।


*आमालाई मेरो एकलोपनको निकै चिन्ता लिएको मैले महसुस गरें*।


*बिहानै कलंकी माताका मूल पुजारी कृष्णप्रसाद रिमाल बाजेलाई बोलाएर आमा सुतेको खाटसँगै तल बसेर आमाको नामबाट मैले गौदान र दशदानको सनातनी संस्कार पूरा गरें*।


*अपरझट गर्नुपरेकोले दशदानका आवश्यक कुनै सामग्री हामीले व्यवस्था गरेका थिएनौं*।


*बाजेले जे-जे भन्नुभयो, दिदी माथि पूजा कोठामा गएर खोजेर ल्याइदिनुहुन्थ्यो — मानौं मनचिन्ते झोलाबाट चिताएको सामान निकालेर ल्याएजस्तै*।


*सुन-चाँदीबाहेक सबै अरू सरसामानहरू ल्याएर अगाडि राख्दै दशदान सम्पन्न गराउनुभयो*।


*भक्तपुरमा भाउजूसँग फोनमा आमाको अवस्था बतायौं — "अब चाहिँ भक्तपुर लानुपर्ला जस्तो छ। छोरीको घरमा अन्तिम अवस्थामा समस्या हुन्छ कि, आमालाई पनि छोरीको घरमा अन्तिम विदा लिन हाम्रो सनातनी परम्पराअनुसार समस्या हुन्छ" भन्ने कुरा भयो*।


*"हुन्छ, भरे लिन आउँछु" भन्नुभयो*।


*दिउँसो करिब ३ बजेतिर "आचाजु बाबू" भन्दै तीन पटकसम्म बोलाउनुभयो र "हाम्म-हाम्म" भन्दै आमाले आफ्नै हातले केही खाए जस्तै गर्नुभयो*।


*आमाले सन्दिप सापकोटा भाइलाई "आचाजु बाबू" भन्ने गर्नुहुन्थ्यो*।


*सन्दिप भाइलाई "आचाजु बाबू" भन्नुको कारण थियो — उनले कलंकी मातालाई गरी आएको तान्त्रिक पूजा गर्दै गरेको धेरै पटक देख्नुभएको थियो*।


*आमा १०५ वर्षमा प्रवेश भएको उपलक्ष्यमा गरिएको पूजा पनि उनैले गरेका थिए*।


*त्यति मात्र हैन, आमाले उनलाई विश्वास पनि गर्नुहुन्थ्यो*। *मन्दिरमा भेट भएको बेला आमा आफ्नो व्यथा सुनाउने पनि गर्नुहुन्थ्यो*।


मैले *तुरुन्त उनलाई फोन गरेर भनें — "आमाले अर्धचेतनामै तिमीलाई  आचाजु बाबू  भन्दै बोलाउदै हुनुहुन्छ।"*


*"ल, त्यसो भए म आएँ" भन्दै फोन काटियो*। *केही बेरमै घरमा आइपुग्यो*।


*आउनासाथ आमा सँगै बसेर "आमा-आमा" भन्दै बोलाउनुभयो*। *आमाले पुलुक्क आँखा खोलेर हेर्नुभयो*।


मैले भनें — *"अघि तिम्रो नाम लिएपछि दुई पटक 'हाम्म-हाम्म' गर्नुभयो।"*


*यो कुरा सुन्नासाथ "ए, आमाले सम्हय माग्नुभयो। एउटा सगुन दिऊँ" भन्यो*।


*दिदी अगाडि नै हुनुहुन्थ्यो*। *"घरमा जे छ, भए सम्म सगुनलाई चाहिने जे-जे छ ल्याउनुस्" भन्यो*।


*दिदीले पनि घरमा भए अनुसार नै उसिनेको अण्डा, कुंग्या, र एउटा वः तयार गरी सगुनसहितको सम्हयबजी तयार गरेर ल्याउनुभयो* — तर *रक्सी ल्याएको थिएन*।


*"त्यो पनि ल्याउनुस्" भन्यो* र *दिदीले कपमा अलिकति राखेर ल्याएर अगाडि राख्नुभयो*।


*सन्दिप भाइले आमालाई बोलाउँदै "सगुन लिनुस्" भन्दै हातमा दिने प्रयास गर्नुभयो*।


तर *अर्धचेतनामा रहनुभएकी आमाले लिन सक्नुभएन*।


*सगुन हातमा राखे जस्तै गरी "ल, सगुन लिनुस् है आमा" भनेर क्रमशः अण्डाको टुक्रासँग रक्सी, माछासँग रक्सी, मासुको सट्टा अदुवाको टुक्रासँग रक्सी र अन्तिममा वःको सानो टुक्रासँग पनि रक्सी दिइयो*।


*सन्दीप भाइको हातले आमालाई खुवायो*।


*आमाले पञ्चमकारको महाप्रसाद बडो स्वादले ग्रहण गर्नुभयो। जगदम्बिकाको परमकृपा!*


*सन्दिप भाइले सगुन दिनुभन्दा अघि मैले सातुको घोल खुवाउने प्रयास गरेको थिएँ, खानुभएन*। तर *सगुन भने ग्रहण गर्नुभयो — नाइँ भन्नुभएन आमाले*।


*आमालाई "भरे भक्तपुर लाँदैछौं" भनें सन्दिपलाई*।


उनले *"हैन, भोलि पहिला क्षेत्रपाटी चिकित्सालयमा लगेर एकपटक देखाऊँ" भने*।


*दिदी र मैले पनि "हुन्छ" भन्यौं* र *तुरुन्त भाउजूलाई पनि "भोलि चिकित्सालयमा लाने" जानकारी दियौं*।


*भाउजूले "हुन्छ, भोलि दर्शन पनि चिकित्सालयमा पठाउँछु" भन्नुभयो*।


चिकित्सालयदेखि देगमना घरसम्म — अन्तिम फिर्ती*  


*भोलि बिहान १० बजे आमालाई चिकित्सालयमा लान सन्दिप, आशिष, दिदी र म तयार भयौं*।


*एम्बुलेन्स बोलाएर राखेर लगियो*। *म र दिदी आमा सँगै एम्बुलेन्समा बसेर गयौं*। *आशिष र सन्दिप आफ्नो बाइकमा बसेर क्षेत्रपाटीतर्फ लाग्यो*।


*केही छिनमै हामी चिकित्सालयमा थियौं*। *डाक्टरले आमाको अवस्था चेक गरियो*।


*तत्काल अक्सिजनको व्यवस्था गर्दै सानो डिजिटल सुगर परीक्षण यन्त्रमा औंला घुसारेर सुगर चेक गरियो* — *यन्त्रले 'हाई' देखायो*।


*रगत परीक्षण गराउन ल्याबमा पठायो*। *रगतमा इन्फेक्सन रहेको भन्ने सुन्यौं*।


*आमाको सुगर हाई देखेर डाक्टर आतिएको देखियो* र भन्नुभयो — *"आमाको अवस्था नाजुक छ। ICU मा राखेर उपचार गर्नुपर्छ, नत्र जे पनि हुनसक्छ। यहाँ ICU को व्यवस्था छैन। ICU भएको अस्पतालमा लानुस्"* भन्नुभयो।


*हामी एकपटक डाक्टरलाई देखाएर भक्तपुरमा लाने योजना थियो*, तर *डाक्टरले आमाको अवस्थाबारे "ICU मा राखेर उपचार गर्नुपर्ने" सुनेर हामी अलमलमा पर्यौं*।


*दर्शन आइपुगिसकेको थियो*। उनले *भक्तपुर अस्पतालमा ICU बेड खाली भए-नभएको जानकारी लियो*। *उताबाट "छ" भन्ने जवाफ आएपछि चिकित्सालयकै एम्बुलेन्समा राखेर आमालाई भक्तपुर अस्पताल लगियो*।


*हामी त्यहाँ पुग्दा नरेश भान्जा, भान्जी कान्छी मैयाँ तथा भतिजा पुण्य समेत पुगिसकेको रहेछ*।


*इमर्जेन्सीका डाक्टरले बिरामी आमाको उमेर १०५ वर्षको थाहा पाएर बिरामीलाई हेर्दै नहेरी "यहाँ उपचार हुन सक्दैन, टिचिङमा लैजानुस्" भनियो*।


*हामी सबै जिल्ल पर्यौं*। *हामीलाई डाक्टरको व्यवहार चित्त बुझेको थिएन*, तैपनि *कसैले केही भनेनौं*।


*वास्तवमा इमर्जेन्सीमा आएको बिरामीको अवस्थालाई एकपटक त हेर्नु डाक्टरको कर्तव्य थियो*, तर *त्यो बेला ड्युटीमा रहेका डाक्टरले आफ्नो कर्तव्य पूरा गरेको देखिएन*।


*भतिजा दर्शनले "त्यसो भए घरमै लगौं" भन्यो* र *अघि आएकै एम्बुलेन्सलाई घरसम्म पुर्‍याइदिन अनुरोध गर्दा देगमनाको घरमा पुर्‍याइदिनुभयो*।


*आमालाई एम्बुलेन्सबाट स्ट्रेचरमा राखेर घरमा लगेर ओछ्यानमा सुताएपछि दर्शनले भन्यो — "अजि, झीगु छेँ थेन छुं धन्दा कायमते"* (बजै, हाम्रो घर आइपुग्यो, केही चिन्ता नलिनुस्)।


*आमाले चारैतर्फ आँखा घुमाएर एकपटक हेर्नुभयो*।


*हामी सबै भक्तपुर अस्पतालका डाक्टरले बिरामीलाई हेर्दै नहेरेको भन्दै थियौं*।


*त्यो दिन त्यसरी बित्यो*।


*भोलि नरेश भान्जा आएर फेरि अस्पताल लाने कुरा गर्यो*। *"म आज साथीहरूसँग कुरा गर्छु, भोलि भक्तपुरको कुनै एक अस्पतालमा लान्छु" भन्दै थियो*।


*त्यत्तिकैमा छिमेकी एक अनुभवी दिदी आउनुभएर अनुभवी आँखाले बिरामी आमाको शरीरलाई नियालेर हेर्नुभयो*।


*कान, हातका औंलाहरू, आँखा सबै हेरिसकेपछि आमाको अन्तिम अवस्था भएको बताउनुभयो*।


*आमाको पछाडिको अर्कोतर्फ पनि घाउ देखिएकाले एकजना स्थानीय स्वास्थ्यकर्मीलाई घाउमा ड्रेसिङ गर्न बोलायौं*।


शितला अष्टमी, २०८२ फागुन २७ — महाप्रस्थान 


*त्यो दिदीले नै एकजना स्थानीय तान्त्रिक वैद्यलाई बोलाएर आमाको नाडी छाम्न लगाउनुभयो*।


*बिरामीको नाडीको धड्कन हेरेर भन्नुभयो — "भोलि अष्टमातृका पीठ घुमेर पूजा गर्नू, अनि कुलदेवताको फूल-प्रसाद छ भने शिरमा राखिदिनू।"*


र *एउटा बत्तेको धूप बालेर मनमनै मन्त्र उच्चारण गरेर बिरामी आमालाई फुकेर जानुभयो*।


*वैद्यसँगै "बिरामीमा त्यस्तो केही छ कि?" भनेर सोध्दा अरू केही नभनेको, तर "भोलि पूजा बाहिर गएपछि बिरामीमा केही पक्कै परिवर्तन हुने छन्, हेर्नू, थाहा हुने छन्" भनेर जानुभयो*।


*बेलुका महिला स्वास्थ्यकर्मी आएर घाउमा ड्रेसिङ गरेर एउटा एन्टिबायोटिक औषधी खुवाएर जानुभयो*।


*राति छिन-छिनमा सुतिरहनुभएकी आमालाई हेर्ने गर्थें*। *आमाले सामान्य तरिकाले नै श्वास फेरेर सुतिरहेको देख्थें*।


*म उठेर "आमा, पानी खानुस्" भन्दै चम्चाले एक चम्चा पानी र एउटा बिस्कुट पानीमै भिजाएर खुवाएँ*।


*पानी-झोल बिस्कुट मुखमा राख्दा समय लगाएर निल्नुहुन्थ्यो*।


*बिहान ३ बजे उठेर मुख धुएर आमाको सिरानमा मोबाइलमा निखिल-स्तवन र कलंकी आमाको भजन बजाएर राखें*।


*चार बजेसम्म सबै नै उठिसकेको थियो*।


*पाँच बजे भतिजा र बुहारी अजिलाई अक्षता-धोगाएर पूजा थालीमा राखेर अष्टमातृका पीठ पूजा गर्न स्कुटरमा बसेर घरबाट हिँड्यो*।


*भाउजूले पनि माथि पूजा-कोठामा भएको कुलदेवताको फूल-प्रसादका रूपमा मूस्वाँ ल्याएर आमाको शिरमा राख्नुभयो*।


*पूजा बाहिर गएको केही छिनमै आमाले अस्वाभाविक रूपमा श्वास फेरेको देखियो*।


*पम्प गरेको जस्तै पेट फुलाउने र सुकाउने गर्दै आवाज नै निकालेर श्वास फेरेको हामीले देख्यौं*।


*आमाले श्वास फेरेको अवस्था देखेर भाउजूले भन्नुभयो — "ल, अब भने ठिक भएन। आमालाई छोड्नुभएन" भन्दै आफूले काम गर्ने ठाउँमा "आज आउन नसक्ने" भनेर फोनबाट जानकारी दिनुभयो*।


*"चिया खाऊँ" भन्दै पकाएर ल्याएको चिया मुखमा राख्न नपाउँदै आमाले आवाज आउने गरी मुखबाट रातो जस्तो तरल पदार्थ हुरुक्क निकाल्नुभयो*।


*श्वास फेर्ने प्रक्रिया ठ्याक्कै बन्द भएको प्रष्ट देखियो*।


*त्यो देखेर चियाको गिलास भुइँमा राख्दै "ल-ल, आमाले विदा लिनुभयो" भन्दै नजिकै राखेको गंगाजल एक चम्चा मुखमा राखिदिनुभयो*।


गंगाजल मुखबाट बाहिर झर्यो


छिमेकी अनुभवी दिदीलाई बोलाउन हस्याङफस्याङ गर्दै जानुभयो।


त्यही बेला आमाले आफ्नो शिर कोल्टे फेरेको एक झलक देखें र *मलाई लाग्यो — "पीठ पूजाको फूल-प्रसाद नलिएसम्म आमाले अन्तिम विदा लिनुहुन्न।


छिमेकी शुभ दिदी आएर आमाको नाइटोमा अलिकति पानी राखेर प्राण बाँकी छ-छैन भनेर हेर्नुभयो।


पानी नाइटोमाथि नै देखियो र *हामीलाई भन्नुभयो — "प्राण बाँकी छ। आमाले पीठ पूजाको फूल-प्रसाद कुरेर बस्नुभएको छ। पीठ पूजा गर्न जानेहरू नआएसम्म पूरा प्राण जाने छैन।"*


मैले आमाका सबै नाति-नातिनीहरूलाई जानकारी दिएँ। *गंगा दिदी (आमाको दिदीकी छोरी) लाई पनि फोनमा जानकारी दिएँ।


एकछिनपछि पीठ पूजा जाने भतिजा र बुहारी पनि आइपुग्यो।


"आउनुस्, अजिले तिमीहरूलाई नै पर्खेर बस्नुभएको छ" भनें।


बुहारीले आँखाबाट आँसु झार्दै "अजि, पीठ पूजाको प्रसाद लिनुस्" भन्दै शिरमा राखी अजिलाई अन्तिमपटक ढोगेर रुन थाल्यो।


*यसरी हामी सबैलाई आमाले छाडेर सदा-सदाका लागि विदा लिएर जानुभयो*।



अध्याय १२: महाप्रस्थान


*सारांश:* २०८२ फागुन २७, शितला अष्टमीको दिन आमाको महाप्रस्थान।  


कलंकीमा फोन गरेर भान्जा आशिषलाई "आमाले हामीबाट विदा लिएर जानुभयो, भक्तपुर आउनुस्" भनें*।


*किरण दाइलाई पनि खबर गरें*। त्यसपछि *गुठी पाला एलिशलाई जानकारी दिएँ*।


*कलंकीबाट आशिष र मन्जे भान्जा दुवै आएपछि आमाको अन्तिम संस्कारका लागि घरबाट लानुपर्ने सामानहरू जोरजाम गर्यौं*।


*भक्तपुर नगरपालिकाबाट सञ्चालित शव-वाहन बोलाएर दिवंगत आमाको शरीरलाई शव-वाहनमा राख्यौं*।


*म र भतिजा त्यसैमा बसेर, अरू सवारी साधनमा बसेर पशुपति आर्यघाटमा लग्यौं*।


*हामी आर्यघाट पुग्दा गुठीयारहरू केही आइसकेका रहेछन्*।


*त्यहाँ पुग्नासाथ शव-वाहनबाट झारेर स्ट्रेचरमा राखेर ब्रह्मनाल नजिक लगेर दिवंगत आमाको शरीर राख्यौं*।


*घाट दर्ता गर्न गयौं*। *त्यो दिन घाटमा दिवंगतहरूको शरीर कमै ल्याएको देखियो*।


*हामीले आर्यघाटको २ नं. चितामा दर्ता गर्यौं*।


*त्यहाँ पुग्नुभएका न्हुछे दाइ र अरू गुठीयारहरू घाट सेवाबाट लिनुपर्ने संस्कारका सामानहरू लिन जानुभयो*।


*सबै आएपछि निर्जीव आमाको शरीरलाई ब्रह्मनालमा लगेर राखेर सबै आफन्तहरूले आमालाई पानी खुवाउने संस्कार पूरा गर्ने काम भयो*।


*र अन्त्यमा मैले आमालाई हत्केलामा पानी हालेर, हत्केलालाई अलिकति दायाँतर्फ ढल्काएर बुढी-औंलाबाट पानी झर्ने गरी उल्टोबाट पानी खुवाएँ*।


*त्यसपछि ब्रह्मनालबाट शवलाई अन्य स्थानमा राखेपछि शवको शिर र पाउतर्फ पालाका बत्ती बालेर राख्ने काम गुठीयारहरूबाट गरियो*।


*त्यसपछि पञ्चक परे-नपरेको जानकारी लिने काम भयो*। *त्यो दिन पञ्चक परेको छैन भन्ने थाहा भएपछि हाम्रो नेवाः परम्परागत संस्कारअनुसार म्हगेले गर्ने कार्य गरियो*।


*गोबरले स्वस्तिक लेखेर निर्जीव आमाको कपालमा र शरीरमा तेल दल्ने, दुवै काखीमा कपास अनि हत्केलामा चामल राख्ने काम भयो*।


*त्यसपछि शरीरको लम्बाइअनुसार काँचो धागो, सानो मुठा अगाडि राखेर निर्जीव शरीरलाई सेतो कपडाले मोडेर पुलुमा बेरेर राखी कुतःमा राखी शरीरको तीन भागमा पर्ने गरी कुतःको एकापट्टि बाँधेर अर्कोतर्फ लगेर बोक्दा निर्जीव शरीर नखसोस् गरी तीनै भागमा कसेर बाँधिएपछि पिताम्बर (दुफाङ्गम) ले छोपेर लावा, अविर, सिक्का-पैसा छर्दै, एक जनाले आगो भएको हाँडी हातमा झुन्ड्याउँदै आमाको निर्जीव शरीरलाई चार जनाले काँधमा बोकेर २ नं. चिहानको चितामा लगेर शिर उत्तरतर्फ पारी सुताएर राख्यो*।


*त्यसपछि आमाको खुट्टातर्फ बसेर भुस र चिउराको चोकर (च्वकाबजि) तीन पिण्डदान गर्ने काम सम्पन्न भएपछि बलेको निगालोसहितको च्छ्वालि हातमा लिएर तीन पटक घुमेर दिवंगत आमाको निर्जीव मुखमा दागबत्ती दिएँ*।


*जीवनको अन्तिम पटक आमाको पाउमा सहस्र आँसु बगाउँदै ढोग गरेर एक ठाउँमा गएर बसें*।


*आमाको निर्जीव शरीरलाई एकैछिनमा अग्निले आफ्नो कब्जामा लियो*।


*म त्यो अग्निको मुस्लो ज्वालालाई एकोहोरो हेरीरहें*।


*करिब दुई घण्टामा मेरो जन्मदाताको शरीर खरानीमा परिणत भयो*।


*अस्तुको रूपमा खरानी पशुपति आर्यघाटको देवतीर्थमा विसर्जन गरी नुहाएर परालको आगोको तापमा पहिला मैले र त्यसपछि मलामी आएका सबैले सेकेर एकपटक चिहानतर्फ हेरेर अति शोकका साथ घर फर्क्यौं*।


*मेरो जीवनको एउटा प्रमुख अध्याय त्यो दिनबाट समाप्त भयो*।


*त्यो कालो दिनदेखि मेरो साथमा आमा रहनुभएन*।


*त्यो दिन मेरो लागि कालो दिन भएता पनि जननीले छोडेर जानुभएको बिर्सनै नसकिने अति पीडादायक दिन रहन गयो*।



     

                                    ~©~


अध्याय १३: उपसंहार र स्मृतिका टुक्राहरू* 


सारांश: जीवनको सन्देश र सम्झनाका टुक्राहरू।  


विषयवस्तु: 

१. मेरो पुर्खा र आगं पूजा परम्परा

२. मेरो जन्म घरको कथा – पुर्खौली घर र परिवारको इतिहास  

३. आमाको हातबाट सिलिएको लुगा  

४. मेरो खुट्टा भाँच्दाको अविस्मरणीय घटना  

५. जीवनको उत्तरार्धमा नाति-नातिनीको सेवा  


उपसंहार*


*२०८२ फागुन २७ गते, शितला अष्टमीको बिहान ५:० बजे*, १०५ वर्षको आयु पूरा गरेर मेरो जननी मानकुमारी शिल्पकारले यो भवसागर त्याग्नुभयो।


आमा विरामी पर्नु भएको फागुङ १ गतेको  त्यो दिन व्हिलचियरमै भए पनि आमाले कलंकी माताको दर्शन गर्नुभयो, अन्तिम जल लिनुभयो। सायद आमालाई थाहा थियो — अब यो शरीरले धान्न सक्दैन। माताको शरणमा पुगेपछि आमाको अनुहारमा पहिलोपटक शान्ति देखेँ। त्यही शान्तिसँगै आमा सधैंको लागि सुत्नुभयो।


त्यसपछि पशुपति आर्यघाट, २ नम्बर चिता। आफ्नै हातले दागबत्ती दिएँ। १०५ वर्षसम्म आमालाई काँधमा बोकेर हिँडेको म, अन्तिम पटक आमालाई अग्निमा सुम्पिएँ। खरानी बग्दै गर्दा मनमा लाग्यो — १०५ वर्षको कष्ट, माया, त्याग सबै अब खरानी भयो। तर आमाको सम्झना कहिल्यै खरानी हुँदैन।


आमाको जीवनबाट मैले तीन कुरा सिकेँ:


१. *कष्ट सहनु, तर हार नमान्नु* – काभ्रे पाङ्गुको शिखरबाट काठमाडौंको कलंकीसम्म, आमाले कहिल्यै गुनासो गर्नुभएन।  

२. *माया दिनु, हिसाब नगर्नु* – आफू भोकै बसेर पनि मलाई खुवाउनुभयो। "अविवाहित छ, एक्लो छ" भनेर अन्तिम साससम्म चिन्ता गर्नुभयो।  


३. *आस्था अन्तिम साथी हो* – हिँड्न नसक्ने बेला पनि कलंकी माताको नाम लिनुहुन्थ्यो। माताकै शरणमा प्राण त्याग्नुभयो।


आज फर्केर हेर्दा लाग्छ, म आमाको लागि केही गर्न सकिनँ। आमाको अन्तिम इच्छा थियो — "कलंकी माताको दर्शन गरेर मर्न पाऊँ"। त्यो पनि पूरा गर्न मलाई अरुको भर पर्नुपर्यो। 


४२ वर्षअघि मैले लेखेको चिनाखँ आज पनि उस्तै लाग्छ:


*आजु मदिक पलाः, मरेक दिपाः न्ह्याःक्व न्ह्यःकुसां,*  

*आजु व जिगु च्वन मथेना।*  

*परिश्रम जिं न्ह्यनक्व हे यासां,*  

*कायेमखना च्वन व चितासु।*  


*सुखःया गुली, अझजिं दुखः सियमालिगु ख,*  

*हे कर्म विधाता!*


आमालाई अन्तिम पत्र*


मेरो प्रथम गुरु तथा मलाई यस धर्तीमा मानव शिशुका रूपमा अवतरण गराउनुहुने मेरो जननी मानकुमारी शिल्पकार (श्रेष्ठ) को १०५ वर्षको आयुमा यो भवसागरबाट सदा-सदाका लागि विदा लिएर परमधाममा जानुभयो*।


*आमा, तपाईंका कैयौं इच्छाहरू थिए तर... मैले तपाईंका ती इच्छाहरूमध्ये निम्नतमभन्दा निम्नतमसम्मको पनि कुनै इच्छा पूरा गर्न सकिनँ। आमा, मलाई माफ गरिदिनुहोस्*।


*थाहा छ मलाई, तपाईंले अन्तिम समयसम्म पनि मेरो चिन्ता लिनुभएको छ*।


*म अविवाहित र एक्लोपन छ भनेर मेरो सुर्ता रत्ती पनि नलिनुस् है आमा*।


*मलाई जगत-जननीले हेर्नुहुनेछ*। *आमा, तपाईं मेरो कुनै चिन्ता नलिनुस्, शान्तिले जगत-जननीको पाउमा जानुहोस्*।


*आजदेखि सम्झनामा मात्र रहने हुनुभयो*। *तपाईंको स्वरूप कहिल्यै देख्न पाउने छैन आमा*।


आमा, तपाईंको परिश्रम मैले चित्तमा राख्न सकिनँ। माफ गर्नुहोला। 


आजदेखि आमा सम्झनामा मात्र हुनुहुन्छ। तर मलाई विश्वास छ — कलंकी माताको चरणमा पुगेर आमा शान्त हुनुहुन्छ। त्यो १०५ वर्षको जीवन हाम्रो लागि दीपस्तम्भ रहनेछ। 


आमा, विदा!  


*विदा! विदा!! विदा!!! सदा-सदाका लागि विदा


*ॐ शान्ति। ॐ शान्ति। ॐ शान्ति।*


                               ~०~


मेरो पुर्खा र आगं पूजा परम्परा


हाम्रो परिवारका ज्येष्ठ सदस्यहरूबाट सुन्दै आएको एउटा महत्वपूर्ण स्मृति छ—हाम्रा पुर्खाहरू ललितपुर (पाटन) बाट भक्तपुर आएका हुन्। मेरी ठूलीआमाले आफ्ना बाजेबाट सुनेको कुरा सुनाउनुहुन्थ्यो, "हाम्रा पुर्खा पाटनबाट भक्तपुर बसाइँ सरेका हुन्।" यही कुरा हाम्रो आगंघरका आचार्य राधेश्याम दाजुले पनि दोहोर्‍याउनुहुन्छ। उहाँका अनुसार, "हामी पाटनको मङ्गलबजार क्षेत्रबाट आएका हौँ।"


स्थानीय जनश्रुतिअनुसार हाम्रा पुर्खा शिल्पकारहरू भक्तपुरको प्रसिद्ध ५५ झ्याले दरबार र पाँचतल्ले न्यातपोल मन्दिर निर्माणका लागि राजाको आदेशमा पाटनबाट बोलाइएका थिए र पछि यतै स्थायी रूपमा बसोबास गर्न थालेका थिए भन्ने भनाइ पाइन्छ।


तर आगंघरकै विश्वराज दाजुको अध्ययनले भने फरक सम्भावनातर्फ संकेत गर्छ। उहाँका अनुसार ५५ झ्याले दरबार वा न्यातपोल मन्दिर निर्माणमा संलग्न पाटनका शिल्पकारहरूको नाम इतिहासका उपलब्ध अभिलेखमा स्पष्ट रूपमा उल्लेख भएको पाइँदैन। बरु भक्तपुरको लायकुलीस्थित लाँपांद्यः मन्दिर निर्माणसँग सम्बन्धित ऐतिहासिक विवरणमा पाटनका राजाको आज्ञामा निर्माण भएको उल्लेख भेटिने भएकाले हाम्रा पुर्खाहरू त्यसै कार्यका लागि भक्तपुर आएका हुनसक्ने सम्भावना बढी देखिन्छ।


सम्हयबजि प्रसाद र पुर्खाको स्मृति


विश्वराज दाजुले आगं पूजाको एउटा महत्वपूर्ण परम्परालाई आधार मानेर रोचक विश्लेषण गर्नुभएको छ। उहाँका अनुसार आगंद्यःको पूजापछि वितरण गरिने सम्हयबजि प्रसादको भागबण्डा हेर्दा प्रारम्भमा तीन जना मूल सदस्यहरूबाट यो वंश परम्परा सुरु भएको देखिन्छ।


आगं पूजामा आजसम्म पनि प्रसादलाई जम्मा ६ भाग लगाइन्छ। तीन जना सदस्य र तिनका श्रीमतीलाई दुई-दुई भागका दरले भाग लगाउने पुरानो परम्परा अहिले पनि यथावत् छ। पुस्ता परिवर्तन हुँदै गए पनि ती तीन मूल भागका उत्तराधिकारीहरू क्रमशः आफ्नो हकअनुसार प्रसाद ग्रहण गर्दै आएका छन्। यही परम्पराले हाम्रा मूल पुर्खाको संख्या तीन जना रहेको संकेत दिन्छ।


आगं पूजा परम्पराबाट देखिने प्रारम्भिक पुर्खाहरू यस प्रकार छन्–

१. भान्दरसिंह शिल्पकार

२. विष्णुमान शिल्पकार

३. नाम अज्ञात एक पुर्खा

पूजा पालो र वंश परम्पराको अध्ययन गर्दा भान्दरसिंह, विष्णुमान, काजिमान तथा अर्को नाम अज्ञात व्यक्तिका सन्तानबाट यो परम्परा अघि बढेको देखिन्छ।


आगंद्यः : गुह्य र सार्वजनिक आराधना


हाम्रो आगंमा भित्र र बाहिर गरी दुई स्वरूपका देवीदेवताको पूजा गरिन्छ। भित्री आगंद्यः अत्यन्तै गोप्य मानिन्छन्। उहाँको पूजा तन्त्रदीक्षित साधकले मात्र गर्न पाउने परम्परा छ। त्यस देवी वा देवताको वास्तविक स्वरूप आजसम्म पनि कुलभित्र गोप्य राखिएको छ।


बाहिरी आगंद्यः भने सबै कुल सदस्यले पूजा गर्न सक्ने गरी स्थापित छन्, जसलाई श्री विश्वकर्मा देवताको रूपमा पूजा गरिन्छ।


गुह्य आगंद्यःको प्रसाद सम्बन्धी पनि विशेष नियम रहेको छ। परम्पराअनुसार कुलवंशका विवाहित छोरीहरूले समेत उक्त प्रसाद ग्रहण गर्न नहुने मान्यता रहिआएको छ। यस्ता नियमहरूले आगं परम्पराको विशिष्ट तान्त्रिक र कुलीय चरित्रलाई झल्काउँछन्।


आगं परम्परामाथि बढ्दो चुनौती


विगतदेखि आगंद्यः कुनै छुट्टै भवनमा नभई आगं कुलकै कुनै सदस्यको घरमा राखेर पूजा परम्परा सञ्चालन हुँदै आएको छ। तर समयसँगै परिवार विभाजन, अंशबण्डा र घर विभाजनका कारण आगं कोठाको समस्या गम्भीर बन्दै गएको छ।


आज आगंद्यःका लागि स्थायी र सुरक्षित स्थानको अभाव देखिन थालेको छ। भोलिका दिनमा नयाँ पुस्ताबीच फेरि घर विभाजन हुँदै जाँदा आगं राख्ने कोठा नै नपाइने अवस्था आउन सक्छ। यसले केवल पूजा व्यवस्थालाई मात्र होइन, सम्पूर्ण आगं परम्पराको अस्तित्वलाई नै संकटमा पार्न सक्छ।


सहरीकरणको तीव्र विस्तार र घरजग्गाको बढ्दो मूल्यका कारण आगंघरका लागि छुट्टै भवन निर्माण गर्ने सम्भावना पनि न्यून देखिन्छ। यही अवस्था रहिरहेमा केही दशकभित्रै सयौँ वर्षदेखि चलिआएको यो अमूल्य सांस्कृतिक परम्परा लोप हुने खतरा वास्तविक रूपमा देखा पर्न थालेको छ।


नयाँ पुस्ता र परम्पराको निरन्तरता


आगंका मूल पुर्खाका कतिपय नयाँ पुस्ताले विभिन्न कारणले आगं पूजा पालो लिन छाडेका छन्। आगं पूजा पालो नलिने नयाँ पुस्तामध्ये म स्वयं पनि हाकुसिंहि शाखाको सदस्यका रूपमा पर्दछु।


तथापि, आजसम्म पनि मासिक आगं पूजा तथा वर्षमा एकपटक इन्द्रजात्राका अवसरमा गरिने यम्बाद्यः उषाउने परम्परागत पालो निरन्तर रूपमा सञ्चालन भइरहेको छ। यस कार्यमा सहभागी नयाँ पुस्ताका सदस्यहरूले आफ्ना पुर्खाले सुम्पेको सांस्कृतिक जिम्मेवारीलाई निरन्तरता दिँदै आएका छन्।


( पालो जेष्ठता रोल क्रम तालिका अनुसारका नामहरू समावेश गरएको।)



                      

                            ~०~०~



अध्याय १३: उपसंहार र स्मृतिका टुक्राहरू* 


सारांश: जीवनको सन्देश र सम्झनाका टुक्राहरू।  


विषयवस्तु: 

१. मेरो जन्म घरको कथा – पुर्खौली घर र परिवारको इतिहास  

२. आमाको हातबाट सिलिएको लुगा  

३. मेरो खुट्टा भाँच्दाको अविस्मरणीय घटना  

४. जीवनको उत्तरार्धमा नाति-नातिनीको सेवा  


उपसंहार*


*२०८२ फागुन २७ गते, शितला अष्टमीको बिहान ५:० बजे*, १०५ वर्षको आयु पूरा गरेर मेरो जननी मानकुमारी शिल्पकारले यो भवसागर त्याग्नुभयो।


आमा विरामी पर्नु भएको फागुङ १ गतेको  त्यो दिन व्हिलचियरमै भए पनि आमाले कलंकी माताको दर्शन गर्नुभयो, अन्तिम जल लिनुभयो। सायद आमालाई थाहा थियो — अब यो शरीरले धान्न सक्दैन। माताको शरणमा पुगेपछि आमाको अनुहारमा पहिलोपटक शान्ति देखेँ। त्यही शान्तिसँगै आमा सधैंको लागि सुत्नुभयो।


त्यसपछि पशुपति आर्यघाट, २ नम्बर चिता। आफ्नै हातले दागबत्ती दिएँ। १०५ वर्षसम्म आमालाई काँधमा बोकेर हिँडेको म, अन्तिम पटक आमालाई अग्निमा सुम्पिएँ। खरानी बग्दै गर्दा मनमा लाग्यो — १०५ वर्षको कष्ट, माया, त्याग सबै अब खरानी भयो। तर आमाको सम्झना कहिल्यै खरानी हुँदैन।


आमाको जीवनबाट मैले तीन कुरा सिकेँ:


१. *कष्ट सहनु, तर हार नमान्नु* – काभ्रे पाङ्गुको शिखरबाट काठमाडौंको कलंकीसम्म, आमाले कहिल्यै गुनासो गर्नुभएन।  

२. *माया दिनु, हिसाब नगर्नु* – आफू भोकै बसेर पनि मलाई खुवाउनुभयो। "अविवाहित छ, एक्लो छ" भनेर अन्तिम साससम्म चिन्ता गर्नुभयो।  


३. *आस्था अन्तिम साथी हो* – हिँड्न नसक्ने बेला पनि कलंकी माताको नाम लिनुहुन्थ्यो। माताकै शरणमा प्राण त्याग्नुभयो।


आज फर्केर हेर्दा लाग्छ, म आमाको लागि केही गर्न सकिनँ। आमाको अन्तिम इच्छा थियो — "कलंकी माताको दर्शन गरेर मर्न पाऊँ"। त्यो पनि पूरा गर्न मलाई अरुको भर पर्नुपर्यो। 


४२ वर्षअघि मैले लेखेको चिनाखँ आज पनि उस्तै लाग्छ:


*आजु मदिक पलाः, मरेक दिपाः न्ह्याःक्व न्ह्यःकुसां,*  

*आजु व जिगु च्वन मथेना।*  

*परिश्रम जिं न्ह्यनक्व हे यासां,*  

*कायेमखना च्वन व चितासु।*  


*सुखःया गुली, अझजिं दुखः सियमालिगु ख,*  

*हे कर्म विधाता!*


आमालाई अन्तिम पत्र*


मेरो प्रथम गुरु तथा मलाई यस धर्तीमा मानव शिशुका रूपमा अवतरण गराउनुहुने मेरो जननी मानकुमारी शिल्पकार (श्रेष्ठ) को १०५ वर्षको आयुमा यो भवसागरबाट सदा-सदाका लागि विदा लिएर परमधाममा जानुभयो*।


*आमा, तपाईंका कैयौं इच्छाहरू थिए तर... मैले तपाईंका ती इच्छाहरूमध्ये निम्नतमभन्दा निम्नतमसम्मको पनि कुनै इच्छा पूरा गर्न सकिनँ। आमा, मलाई माफ गरिदिनुहोस्*।


*थाहा छ मलाई, तपाईंले अन्तिम समयसम्म पनि मेरो चिन्ता लिनुभएको छ*।


*म अविवाहित र एक्लोपन छ भनेर मेरो सुर्ता रत्ती पनि नलिनुस् है आमा*।


*मलाई जगत-जननीले हेर्नुहुनेछ*। *आमा, तपाईं मेरो कुनै चिन्ता नलिनुस्, शान्तिले जगत-जननीको पाउमा जानुहोस्*।


*आजदेखि सम्झनामा मात्र रहने हुनुभयो*। *तपाईंको स्वरूप कहिल्यै देख्न पाउने छैन आमा*।


आमा, तपाईंको परिश्रम मैले चित्तमा राख्न सकिनँ। माफ गर्नुहोला। 


आजदेखि आमा सम्झनामा मात्र हुनुहुन्छ। तर मलाई विश्वास छ — कलंकी माताको चरणमा पुगेर आमा शान्त हुनुहुन्छ। त्यो १०५ वर्षको जीवन हाम्रो लागि दीपस्तम्भ रहनेछ। 


आमा, विदा!  


*विदा! विदा!! विदा!!! सदा-सदाका लागि विदा


*ॐ शान्ति। ॐ शान्ति। ॐ शान्ति।*


                               ~०~


मेरो जन्म घरको कथा


एका देशमा म जन्मेको घर !


पुर्खौली घर र परिवारको इतिहास


मेरो पुर्खाले सुनाए अनुसार, हाम्रो मूल पुर्खाको घर भक्तपुरको भार्वाचो ध्वाका भित्र, वरालोको तल, हनुमान फल्चाको अगाडि पूर्वतर्फ रहेको हिटीगाःसँग जोडिएको घर थियो। उक्त घर स्वर्गीय राधाकृष्ण शिल्पकार दाजुको घरसँग जोडिएको थियो, जहाँ हाम्रो कुलको इष्टदेवी “आगंदः” विराजमान रहेको आगंछें पनि थियो।

हाम्रो आगं कुलका अधिकांश परिवारहरू परम्परादेखि सोही आगंछें वरपर बसोबास गर्दै आएका देखिन्छन्।


पुर्खाहरूको भनाइ अनुसार, भक्तपुरका मल्ल राजा भूपतीन्द्र मल्ल ले ५५ झ्याले दरबार तथा न्यातपोल मन्दिर जस्ता ऐतिहासिक सम्पदाहरू निर्माण गर्ने क्रममा पाटनबाट केही उत्कृष्ट काष्ठकला सम्पन्न शिल्पकारहरू झिकाएका थिए। इतिहासमा यसबारे स्पष्ट विवरण धेरै भेटिंदैन, तर कतिपय उल्लेखहरूमा पाटनबाट आएका शिल्पकारहरूले ती सम्पदाहरू निर्माण गरी पछि भक्तपुरकै चेलीहरूसँग विवाह गरेर यहीँ घरज्वाइँ बसेको उल्लेख पाइन्छ।

हाम्रो परिवार पनि त्यही शिल्प परम्परासँग जोडिएको विश्वास गरिन्छ।


मलाई थाहा भएसम्म हाम्रो वंशक्रम यस प्रकार छः


🌿 मेरो वंश वृक्ष  🌿

💥 बुबा र आमाको तर्फबाट 💥


भाग १: बुबाको तर्फबाट 📜


👁️मूल पुर्खा: भान्दिरसिंह + जीवनसंगिनी: नाम थाहा छैन  


पुस्ता १   💢


१. हाकुसिंह + तधिथकु  👋 

२. संघलाला + मुलाखी  👁️

३. कान्छाल + नाम थाहा छैन  👁️‍🗨️


पुस्ता २  💢


हाकुसिंह + तधिथकु 

   ├── १. गणेश बहादुर शिल्पकार  + पुणमाया  

   └── २. राम बहादुर शिल्पकार + मोहनमाया, मान कुमारी  

   └── ३. गणेशमाया + अम्बिका शिल्पकार 


संघलाल +मुलाखी  👁️

├──  १. छोरा विष्णुलाल((लालब्वा) + नमम थाहा छैन

└── २. कान्छा + नाम थाहा छैन

└── ३. छोरी लतं केशरी


विष्णुलाला+ नाम था छैन  > 👁️‍🗨️

├──  १. सुन्दर+ गणेशमाया

├──  २. महन्त + कान्छी

├──  ३. गुलाबकेशरी

├──   ४. सुवर्णकशरी

├──    ५. चन्द्रकेशरी              


पुस्ता ३ 💢

गणेश बहादुर + पुणमाया 

   ├── १. रत्नभक्त  

   └── २. हरिभक्त + आशामाया  


राम बहादुर + मोहनमाया  दोस्रो पत्नी मनकुमारी

   ├── १. प्रेम बहादुर + कान्छी  

                  ├──१. विद्याः शिल्पकार

                  ├── २.पुण्य शिल्पकार= राजेनद्र शिलाकार

                                ├── १. उरुशा शिलाकार

                  ├── ३. लक्ष्मी शिल्पकार + सुशी शिल्पकार

                                ├── १. श्रीया शिल्पकार

                                ├── २.

                  ├── ४. दर्शन बाहादुर शिल्पकार+ अनिता नगरकोटी

                                ├── १ . अदभिक शिल्पकार


   ├── २. चम्पादेवी + गिरगोविन्द चौठी  

                  ├──१. दिपक चौगुठी+

                  ├── २. रवि चगुठी + मङ्गल लक्ष्मी

                  ├── ३. शिला मैयाँ  +

                  ├── ४. सन्जिव चगुठी +


   └── ३. वसुन्धरा देवी + रामचन्द्र शिल्पकार  

                  

                 ├── १. राम लक्ष्मि शिल्पकार+

                               ├──  १.निलू शिल्पकार +

                                             ├──१.

                               ├──  २. नितू शिल्पकार+ 

                                             ├── १.

                               ├──  ३. बिपिन शिल्पकारे

                 ├── २. मिना कुमारी(सानु)+ मङ्गल व्यन्जकार

                               ├── १. जोन

                               ├── २. जोसना

                               ├── ३.

                               ├── ४.

                  ├──मिरा(कान्छीमैया) शिल्पकार+ तूल्सीबाटी

                               ├── १. मिट्टू बाटी+

                                            ├── १.

                               ├──  २. बब्लू बाटी +

                                            ├── १.

                                   

राम बहादुर + मान कुमारी  

   ├── १. रमेशमान  

   ├── २. पुष्पदेवी + मचाकाजी महर्जन 

                 ├──१. आशिष् महर्जन+ मेरीना महर्जन

                                ├──१. आस्ना महर्जन

                 ├── २.मन्जेश महर्जन + अर्चना महर्जन

                             ├── १. अर्जेश महर्जन

   └── ३. प्रकाशमान  


 भाग २: आमाको तर्फबाट 📜


👁️मूल पुर्खा: सिद्धिदाश श्रेष्ठ*

जीवनसंगिनी: नाम थाहा छैन  


पुस्ता १💢

१. लाल बहादुर श्रेष्ठ + नाम थाहा छैन  

   _नोट: पांगु सिखर भन्ने स्थानमा बसोबास रहेको भनिन्छ_  

२. मानकाजी श्रेष्ठ + हेराथकु  


पुस्ता २ 💢

लाल बहादुर श्रेष्ठ  

   ├── १. गणेश बहादुर श्रेष्ठ – अगावै मृत्यु  

   └── २. सुनमाया श्रेष्ठ  


मानकाजी श्रेष्ठ + हेराथकु 

   ├── १. बालकुमारी श्रेष्ठ + संग्रासी चगुठी  

   ├── २. मानकुमारी श्रेष्ठ + राम बहादुर शिल्पकार  

   ├── ३. चन्द्र श्रेष्ठ + नाम थाहा छैन  

   └── ४. नेत्र बहादुर श्रेष्ठ – अगावै मृत्यु  


पुस्ता ३  💢

बालकुमारी श्रेष्ठ + संग्रासी किलम्बु  

   └── १. गंगा देवी चगुठी + बद्रि किलम्बु  


गंगा देवी + बद्रि किलम्बु 

   ├── १. गिता – भक्तपुर  

   ├── २. केदार  

   ├── ३. रामेश्वर  

   ├── ४. निता  

   └── ५. रामचन्द्र  


मानकुमारी श्रेष्ठ + राम बहादुर शिल्पकार  

   ├── १. रमेशमान  

   ├── २. पुष्पदेवी  

   └── ३. प्रकाशमान  


चन्द्र श्रेष्ठ + नाम थाहा छैन( संखु काभ्रे)  

   ├── १. मङ्गला + कुमाले, संखु काभ्रे  

   ├── २. विष्णु _– पक्का थाहा छैन_  

   └── ३. कृष्ण _– पक्का थाहा छैन_


मेरो पुर्खौली घर आगंछेंसँगै जोडिएको गःहिटी नजिक पश्चिम मोहडातर्फ रहेको थियो। त्यही घरमा हजुरबुबादेखि मेरी पुष्प दिदीसम्म जन्मनुभएको थियो।


आमाले सुनाउनु भए अनुसार, म जन्मनुभन्दा केही वर्षअघि, वि.सं. २०१४ सालतिर, दुई दाजुभाइबीच अंशबण्डा भएपछि परिवारमा झगडा बढ्न थाल्यो। ठूलीआमाले हाम्रो भागको कोठामा समेत आफ्ना सामान राखेर मिचाहट गर्न थालेपछि बुबाले ऋण काढेर भार्वाचो सिंहध्वाका बाहिर अर्को घर किन्नु भयो।


त्यो घरको चार किल्ला यस प्रकार थियोः


पूर्व : अरूको खेततर्फ जाने गल्ली बाटो

पश्चिम : प्रधानांगको बगैँचा

उत्तर : मूल सडक

दक्षिण : आशालाल मानन्धरको बगैँचा


चार कवल, दुई नाले क्षेत्रफलमा फैलिएको उक्त तीनतले घर र  पूर्व–पश्चिम १६ हात र उत्तर–दक्षिण करिब ७ हात लम्बाइको थियो। घरसँग पातालसम्मको जग्गा समेत जोडिएको थियो।


आमा भन्नुहुन्थ्यो— सोही घरमा बसाइँ सरेको समयमा, वि.सं. २०१५ सालमा मेरो जन्म भएको हो।


वि.सं. २०२० सालतिर बुबाको निधन भएपछि हाम्रो परिवारको दुःख अझ बढ्दै गयो। प्रेमदाइले जबर्जस्ती घरबार र घरको सम्पूर्ण जिम्मेवारी ठूलोबुबा र ठूलीआमालाई सुम्पेर आमा र हामीलाई काठमाडौंको डिल्लीबजारस्थित मैति अजिमाका पूजारीको घरमा डेरामा ल्याएर राखेको कुरा आमा सुनाउनुहुन्थ्यो।


केही समयपछि ठूलोबुबाका जेठा छोरा रत्नभक्त दाइले एक पर्वते महिला विवाह गरेर घरमा ल्याएपछि परिवारमा झन् विग्रह बढेको बताइन्थ्यो। आमा भन्नुहुन्थ्यो— घरको धेरै सामान बेचियो, घरको अवस्था बिग्रँदै गयो, र अन्ततः हाम्रो जन्मघर नै स्वाहा जस्तै भयो।

परिवारको इज्जत र कुल परम्परामा आघात पुगे पनि ती घटनाहरू रोक्न सकिएन। पछि ठूलोबुबाले आमा र प्रेमदाइलाई समेत थाहा नदिई घर अरूलाई बिक्री गरिदिनुभएको रहेछ।


यसरी हामीलाई पुर्खौली घरबाट अलग गरियो। बुबाले ऋण गरेर किनिदिएको अर्को घर समेत पछि बेचियो र हाम्रो परिवार सुकुम्बासीसरह बन्न पुग्यो।


त्यो समय अहिले जस्तो व्यवस्थित घरजग्गा दर्ता प्रणाली र लालपुर्जा नभएकाले हाम्रो अंशको घरजग्गा जोगाउन सकिएन। पछि नगर क्षेत्रमा नापी हुँदा  भक्तपुर नगर वढा नं..१७ को कित्ता नं. ३१७ कायम भएको पुर्खौली घरसमेत एकलौटी रूपमा नापी गराइएको कुरा आमा बताउनुहुन्थ्यो।


आज त्यो पुर्खौली घर, जहाँ मेरो जन्म भएको थियो, २०७२ सालको महाभूकम्पले क्षति पुगेको अवस्थामा अझै उभिएको छ। अहिले त्यहाँ ठूलोबुबाकी बुहारी आशामाया एक्लै बस्नुहुन्छ। ठूलो बुबा गणेश बहादुर , ठूली आमा पु...... ठूलो बुबाको दुई छोरहर रत्नभक्त र हरि भक्त पिनि बित्नु भैस्कयो ।


समय बित्दै जाँदा, त्यो घर मेरो लागि अब यथार्थभन्दा बढी “एका देशको कथा” जस्तै भइसकेको छ।

                                

तर स्मृतिमा भने त्यो घर अझै जीवित छ—

मेरो जन्म, मेरो पुर्खा, मेरो इतिहास र मेरो अस्तित्वसँग गाँसिएको एउटा अमिट चिनो बनेर।

                                     ~०~


आमाको हातबाट सिलिएको लुगा*


💥 आमाकको  मेहनतको चिन्हो 💥


आमाको जीवनवृतान्तमा एउटा कुरा छुटाउनै हुँदैन— हामी सानो छँदा लगाउने लुगा प्रायः आमाकै हातबाट सिलिएको हुन्थ्यो। 


डिल्लिबजार, चुरा प्रसाद शर्माको घरमा बस्दा गायक बच्चु कैलाशले आफ्नै क्यामराले खिचेको एउटा तस्वीर अझै याद छ। त्यो तस्वीरमा आमाको दायाँ-बायाँ म र पुष्प दिदी उभिएका छौं। त्यस्तै, मरु झ्याः अगाडि वासुदेव शर्माको घरमा बस्दा खेरी, आमा दिनभर ज्यामि काम गरेर थकित भएर घर फर्कनुहुन्थ्यो। आराम गर्न नपाउँदै प्रेम दाइले हामी सबैलाई नरदेवी, बैद्यचोकको घर अगाडिको फोटो स्टुडियोमा लगेर सामूहिक तस्वीर खिचाउनुभयो। त्यो तस्वीरमा आमा, प्रेम दाइ, रमेश दाइ, पुष्प दिदी र म सबै छौं। ती तस्वीरमा हामीले लगाएको लुगा पनि आमाले आफैं सिएर लगाइदिनुभएको हो। 


हामी डिल्लिबजार मैती अजिमाको पूजारीको घरमा बस्दा प्रेम दाइले चाइनिज ‘PETER’ कम्पनीको हातले चलाउने सिलाई मेसिन किनेर ल्याइदिनुभयो। त्यो मेसिन आएपछि आमाले सिलाईको काम सुरु गर्नुभयो। पहिले सिलाईको खासै अनुभव नभए पनि, दर्जीले सिलाएको पुरानो लुगा उध्र्याएर, कपडामाथि भाग-भाग छापेर काट्दै, बिस्तारै सिक्दै जानुभयो। राम्रो भए पनि, नभए पनि हामीलाई आफैं सिएर लगाइदिनुहुन्थ्यो। 


एकपटक आमाले सिलाएको कमिजको खल्ती मिलेनछ। त्यो दिन प्रेम दाइ मादक पदार्थ सेवन गरेर आउनुभएको थियो। रिसाउँदै भन्नुभयो, “यो उध्र्याएर फेरि सिल्नुहोस्।” आमाले भन्नुभयो, “अब कसरी उध्र्याउने? सबै सिलिसक्यो। नउध्र्याऔं न।” तर दाइको रिस साम्य भएन। दुवै घुँडाले जमिन टेकेर कमिजको कपडै च्यातिने गरी उध्र्याएर रिस पोख्नुभयो। त्यो दृश्य मलाई आज पनि याद छ। 


रमेश दाइले सिलाईको काम नसिकुञ्जेलसम्म आमाले नै हामीलाई लुगा सिएर लगाइदिनुहुन्थ्यो। आमाले हामीलाई कहिल्यै मैलो र टालेको लुगा लगाउन दिनुभएन। सफा, मिलेको लुगामा राख्ने उहाँको बानी थियो। 


आमाले सिउने त्यो हाते मेसिन आज पनि घरमा छ। सियोले काम छोडे पनि हामी आवश्यकता परेको बेला चलाउँछौं। रमेश दाइ सिलाई सिकेपछि त्यही मेसिनमा पाउदानी राखेर चलाउनुहुन्छ। पुष्प दिदी भन्नुहुन्छ, “आमाले भन्नुहुन्थ्यो, त्यो सिलाई मेसिन दुई सय रुपैयाँमा किनिएको हो।”


त्यो मेसिन केवल लुगा सिउने औजार थिएन। त्यो आमाको मेहनत, माया र हामीलाई सफा-सुग्घर राख्ने चिन्ताको प्रतीक थियो।


                               ~०~


मेरो खुट्टा भाँच्दाको अविस्मरणीय घटना*


मलेवाको रुपमा आएकी दिदी*


त्यो साल काम विशेषले सर्वोच्च अदालत गएर फर्कने क्रममा सिंहदरवार गेटको बायाँतर्फ जेब्राक्रसबाट सडक पार गर्दै थिएँ। त्यही बेला पुतलीसडकतर्फबाट तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दियो। म सामान्य रूपमा थचक्क परेँ, तर खुट्टाको नली दुई ठाउँमा भाँचिएको रहेछ।


मोटरसाइकल चालक र पछाडि बसेका भाइले तुरुन्तै वीर अस्पताल पुर्‍याए। एक्स-रे गर्दा डाक्टरले भन्नुभयो, “हड्डी दुई ठाउँमा भाँचिएको छ। स्टिल नराखिकन हुँदैन। अहिले खुट्टा नचलोस् भनेर सामान्य प्लास्टर गरिदिन्छु।” प्लास्टर गरेर मलाई वार्डमा पठाइयो। 


त्यतिन्जेल मेरो खबर पाएर साथी महेन्द्र शाही, दिदी र भान्जा आशिष् अस्पताल आइपुगिसक्नुभएको थियो। दुर्घटना भएको कुरा आमालाई भन्दा आत्तिनुहुन्छ भनेर दिदीले ‘काम विशेषले काठमाडौं गएको छ’ मात्र भन्नुभएको रहेछ। तर आमाको मनले पत्याएन। भोलिपल्टै रुँदै अस्पतालमा हेर्न आउनुभयो।


सरकारी अस्पताल भएकाले अप्रेशनका लागि तीन-चार दिन लाइन कुर्यौं, तर पालो आएन। त्यसपछि मोटरसाइकल चालक र महेन्द्रको सल्लाहमा मलाई बालाजुस्थित सिद्धार्थ अस्पताल लगियो। डा. नवीन प्रधानज्यूले अप्रेशन गरेर भाँचिएको दुवै ठाउँमा स्टिल राखिदिनुभयो। अस्पतालको सम्पूर्ण खर्च मोटरसाइकल चालकले नै व्यहोर्नुभयो। महेन्द्रले ट्राफिक कार्यालयमा ‘बिरामीको स्वीकृति नभएसम्म चालकलाई नछाड्नु’ भनेका रहेछन्।


म डिस्चार्ज भएपछि दिदी र भान्जाले पाछे गल्लीको डेरामा नलगी कलंकीस्थित दिदीकै घरमा एम्बुलेन्समा राखेर ल्याउनुभयो। केही दिनपछि ट्राफिक कार्यालयबाट फोन आयो, “मोटरसाइकल लिन आएको छ केर गर्न?” मैले भनेँ, “सर, दिनुहोस्। उहाँहरूले मेरो सबै उपचार खर्च व्यहोर्नुभएको छ। म अहिले डिस्चार्ज भएर घरमै छु।” 


अधिकारीले भन्नुभयो, “अहिले मोटरसाइकल दिएर पठाएपछि पछि उजुरी लाग्दैन।” मैले जवाफ दिएँ, “दिनुहोस्। जे भए पनि म आफैं व्यहोर्नेछु। उजुरी आउउँदैन।” मेरो जवाफपछि उहाँहरूले मोटरसाइकल फिर्ता दिनुभयो। 


मोटरसाइकल चालक सिन्धुपाल्चोकका भाइ रहेछन्। मनकामना दर्शन गरेर घर फर्कने क्रममा दुर्घटना भएको रहेछ। अस्पतालमा कुरुवा बस्ने समस्या भयो भने ‘हामी बसेर सहयोग गर्छौं’ भन्दै उहाँ र परिवारका दिदीहरूले सहयोगको भावना देखाउनु भएका तिए । डिस्चार्ज भएको चार महिनापछि पनि भाइले फोन गरेर मेरो अवस्था सोधिरहनुभयो। 


एक महिना दिदीको घरमा बसेपछि म फेरि पाछे गल्लीको डेरामा फर्किएँ। एकदिन बिहान ओछ्यानमा खुट्टा तन्काएर बसेको थिएँ। माथिको भान्छाको भर्‍याङबाट एउटा मलेवा खुत्रुक्क-खुत्रुक्क आवाज गर्दै झरेर मेरो खुट्टा छेउमै आएर बस्न थाल्यो। त्यतिबेला पुष्प दिदी पनि हुनुहुन्थ्यो। 


त्यो मलेवा दिनभर बसिरहन्थ्यो, साँझ भएपछि जान्थ्यो। बिहान फेरि आउँथ्यो। पुष्प दिदीका अनुसार प्लेटमा राखेको खाना मात्र खान्थ्यो, भुइँमा राखेको खाँदैनथ्यो। यसरी नियमित रूपमा मलेवा आएर बस्न थालेपछि आमा भन्नुहुन्थ्यो, “ल, तिम्रो मरिसकेको चम्पा दिदीले तिमीलाई हेरचाह गर्न आएको हो है।” 


मलेवा आएर बस्ने क्रम करिब १५ दिनभन्दा बढी चल्यो। आमाको विश्वास थियो— त्यो मलेवाको रूपमा स्व. चम्पा दिदी नै आएकी हुन्। तर पन्छी भएकाले ओछ्यानै बिस्टा गरेर फोहोर गर्थ्यो। पुष्प दिदी ‘महारानीले फोहोर गर्‍यो’ भन्दै कराउनुहुन्थ्यो। 


अहिले पनि पुष्प दिदी भन्नुहुन्छ, “ठूली आमाकी छोरी न्हुच्छे दिदीको मृत्यु भएको दिनदेखि मलेवा आउन छोडेको हो।” 


त्यो मलेवामा स्व. दिदीको आत्मा थियो कि थिएन, मलाई थाहा भएन। तर आमाले भने पक्का भन्नुहुन्थ्यो— त्यो्यो चम्पा दिदी नै हो। 


अब आमा पनि परलोक हुनुभयो। पक्कै पनि स्वर्गमा आमा-छोरीको भेट भएको होला। अनि आमाले भाइको खुट्टा भाँच्दा मलेवाको रूपमा आएर माया र हेरचाह गरेकोमा छोरीलाई धन्यवाद दिँदै आशिर्वाद पनि दिनुभएको होला।


                                    ~०~


जीवनको उत्तरार्धमा नाति-नातिनीको सेवा*


आमाको जीवनको अन्तिम वर्षहरूमा शरीर कमजोर हुँदै गए पनि मन भने उस्तै उज्यालो थियो। त्यही बेला नाति दर्शन र नातिनी बुहारी अनिताले आमालाई दिनुभएको सेवा अविस्मरणीय रह्यो।


१०५ वर्ष पुग्नुभएका हजुरआमालाई उहाँहरूले कहिले कपाल कोरेर काटिदिनुहुन्थ्यो, कहिले तातो पानी तताएर स्नान गराइदिनुहुन्थ्यो। खानेकुरादेखि लाउने-ओछ्याउने कुरासम्म सबैमा ध्यान पुर्‍याएर आमाको सानो-सानो इच्छा पूरा गर्नुहुन्थ्यो।


आमा आफैं भन्नुहुन्थ्यो, “मैले सन्तान हुर्काएँ, अहिले नाति-नातिनीले मलाई हुर्काउँदैछन्।” यो कुरा सुन्दा घरका सबैको आँखा रसाउँथ्यो।


दर्शन र अनिताको त्यो सेवाभावले देखायो कि असली संस्कार भनेको ठूलो कुरा गर्नु होइन, बुढेसकालमा आमाबुबा-हजुरआमाको हात समातेर साथ दिनु हो। आमाको अन्तिम दिनहरूमा उहाँहरूले दिएको माया र सुसारले आमाको मन शान्त र सन्तुष्ट भयो।


यही कारणले गर्दा आज पनि घरमा आमाको चर्चा गर्दा दर्शन र अनिताको नाम श्रद्धासाथ लिइन्छ।


जीवनको साँझ परेपछि, थाकेकी थिइन् आमा

शरीर कमजोर, आँखा रसिला, मौन थियो सब ठाँउमा

त्यही बेला मायाको दीप, बल्यो घरको आँगनमा

दर्शन बहादुर, अनिता आए, सेवा लिएर मनमा


सेवा तिमीहरूको अमर रहोस्

मायाको कथा सदा बहोस्

स्व. आमाको अन्तिम सासमा

तिमीहरूले दिएको साथ अमूल्य रहोस्


दिनरात नभनी साथ दिए, हात समाई राखे

पीडामा पनि मुस्कान दिए, आँसुहरूलाई लुके

ममताको छायाँ जस्तै बनी, शान्ति भरिदिए मनमा

त्यो निःस्वार्थ प्रेमको कथा, सुनिन्छ हरेक क्षणमा


सेवा तिमीहरूको अमर रहोस्

मायाको कथा सदा बहोस्

स्व. आमाको अन्तिम सासमा

तिमीहरूले दिएको साथ अमूल्य रहोस्


संसारमा ठूलो धर्म भने, सेवा नै हो साँचो

तिमीहरूले देखायौ आज, कस्तो हुन्छ त्यो बाटो

आमाको आशीर्वाद सधैं, साथ रहोस् जीवनभर

दर्शन र अनिता जस्ता, बनुन् सबैका आदर्श घर


श्रद्धा, माया, त्यागको फूल

फक्रियो तिम्रो कर्ममा

स्वर्गमा मुस्काउँदै होलिन् आमा

तिम्रो पवित्र धर्ममा


सेवा तिमीहरूको अमर रहोस्

मायाको कथा सदा बहोस्

स्व. आमाको अन्तिम सासमा

तिमीहरूले दिएको साथ अमूल्य रहोस्

=======

मेरो पुर्खौली घर आगंछेंसँगै जोडिएको गःहिटी नजिक पश्चिम मोहडातर्फ रहेको थियो। त्यही घरमा हजुरबुबादेखि मेरी पुष्प दिदीसम्म जन्मनुभएको थियो।


आमाले सुनाउनु भए अनुसार, म जन्मनुभन्दा केही वर्षअघि, वि.सं. २०१४ सालतिर, दुई दाजुभाइबीच अंशबण्डा भएपछि परिवारमा झगडा बढ्न थाल्यो। ठूलीआमाले हाम्रो भागको कोठामा समेत आफ्ना सामान राखेर मिचाहट गर्न थालेपछि बुबाले ऋण काढेर भार्वाचो सिंहध्वाका बाहिर अर्को घर किन्नु भयो।


त्यो घरको चार किल्ला यस प्रकार थियोः


पूर्व : अरूको खेततर्फ जाने गल्ली बाटो

पश्चिम : प्रधानांगको बगैँचा

उत्तर : मूल सडक

दक्षिण : आशालाल मानन्धरको बगैँचा


चार कवल, दुई नाले क्षेत्रफलमा फैलिएको उक्त तीनतले घर र  पूर्व–पश्चिम १६ हात र उत्तर–दक्षिण करिब ७ हात लम्बाइको थियो। घरसँग पातालसम्मको जग्गा समेत जोडिएको थियो।


आमा भन्नुहुन्थ्यो— सोही घरमा बसाइँ सरेको समयमा, वि.सं. २०१५ सालमा मेरो जन्म भएको हो।


वि.सं. २०२० सालतिर बुबाको निधन भएपछि हाम्रो परिवारको दुःख अझ बढ्दै गयो। प्रेमदाइले जबर्जस्ती घरबार र घरको सम्पूर्ण जिम्मेवारी ठूलोबुबा र ठूलीआमालाई सुम्पेर आमा र हामीलाई काठमाडौंको डिल्लीबजारस्थित मैति अजिमाका पूजारीको घरमा डेरामा ल्याएर राखेको कुरा आमा सुनाउनुहुन्थ्यो।


केही समयपछि ठूलोबुबाका जेठा छोरा रत्नभक्त दाइले एक पर्वते महिला विवाह गरेर घरमा ल्याएपछि परिवारमा झन् विग्रह बढेको बताइन्थ्यो। आमा भन्नुहुन्थ्यो— घरको धेरै सामान बेचियो, घरको अवस्था बिग्रँदै गयो, र अन्ततः हाम्रो जन्मघर नै स्वाहा जस्तै भयो।

परिवारको इज्जत र कुल परम्परामा आघात पुगे पनि ती घटनाहरू रोक्न सकिएन। पछि ठूलोबुबाले आमा र प्रेमदाइलाई समेत थाहा नदिई घर अरूलाई बिक्री गरिदिनुभएको रहेछ।


यसरी हामीलाई पुर्खौली घरबाट अलग गरियो। बुबाले ऋण गरेर किनिदिएको अर्को घर समेत पछि बेचियो र हाम्रो परिवार सुकुम्बासीसरह बन्न पुग्यो।


त्यो समय अहिले जस्तो व्यवस्थित घरजग्गा दर्ता प्रणाली र लालपुर्जा नभएकाले हाम्रो अंशको घरजग्गा जोगाउन सकिएन। पछि नगर क्षेत्रमा नापी हुँदा  भक्तपुर नगर वढा नं..१७ को कित्ता नं. ३१७ कायम भएको पुर्खौली घरसमेत एकलौटी रूपमा नापी गराइएको कुरा आमा बताउनुहुन्थ्यो।


आज त्यो पुर्खौली घर, जहाँ मेरो जन्म भएको थियो, २०७२ सालको महाभूकम्पले क्षति पुगेको अवस्थामा अझै उभिएको छ। अहिले त्यहाँ ठूलोबुबाकी बुहारी आशामाया एक्लै बस्नुहुन्छ। ठूलो बुबा गणेश बहादुर , ठूली आमा पु...... ठूलो बुबाको दुई छोरहर रत्नभक्त र हरि भक्त पिनि बित्नु भैस्कयो ।


समय बित्दै जाँदा, त्यो घर मेरो लागि अब यथार्थभन्दा बढी “एका देशको कथा” जस्तै भइसकेको छ।

                                

तर स्मृतिमा भने त्यो घर अझै जीवित छ—

मेरो जन्म, मेरो पुर्खा, मेरो इतिहास र मेरो अस्तित्वसँग गाँसिएको एउटा अमिट चिनो बनेर।

                                     ~०~


आमाको हातबाट सिलिएको लुगा*


💥 आमाकको  मेहनतको चिन्हो 💥


आमाको जीवनवृतान्तमा एउटा कुरा छुटाउनै हुँदैन— हामी सानो छँदा लगाउने लुगा प्रायः आमाकै हातबाट सिलिएको हुन्थ्यो। 


डिल्लिबजार, चुरा प्रसाद शर्माको घरमा बस्दा गायक बच्चु कैलाशले आफ्नै क्यामराले खिचेको एउटा तस्वीर अझै याद छ। त्यो तस्वीरमा आमाको दायाँ-बायाँ म र पुष्प दिदी उभिएका छौं। त्यस्तै, मरु झ्याः अगाडि वासुदेव शर्माको घरमा बस्दा खेरी, आमा दिनभर ज्यामि काम गरेर थकित भएर घर फर्कनुहुन्थ्यो। आराम गर्न नपाउँदै प्रेम दाइले हामी सबैलाई नरदेवी, बैद्यचोकको घर अगाडिको फोटो स्टुडियोमा लगेर सामूहिक तस्वीर खिचाउनुभयो। त्यो तस्वीरमा आमा, प्रेम दाइ, रमेश दाइ, पुष्प दिदी र म सबै छौं। ती तस्वीरमा हामीले लगाएको लुगा पनि आमाले आफैं सिएर लगाइदिनुभएको हो। 


हामी डिल्लिबजार मैती अजिमाको पूजारीको घरमा बस्दा प्रेम दाइले चाइनिज ‘PETER’ कम्पनीको हातले चलाउने सिलाई मेसिन किनेर ल्याइदिनुभयो। त्यो मेसिन आएपछि आमाले सिलाईको काम सुरु गर्नुभयो। पहिले सिलाईको खासै अनुभव नभए पनि, दर्जीले सिलाएको पुरानो लुगा उध्र्याएर, कपडामाथि भाग-भाग छापेर काट्दै, बिस्तारै सिक्दै जानुभयो। राम्रो भए पनि, नभए पनि हामीलाई आफैं सिएर लगाइदिनुहुन्थ्यो। 


एकपटक आमाले सिलाएको कमिजको खल्ती मिलेनछ। त्यो दिन प्रेम दाइ मादक पदार्थ सेवन गरेर आउनुभएको थियो। रिसाउँदै भन्नुभयो, “यो उध्र्याएर फेरि सिल्नुहोस्।” आमाले भन्नुभयो, “अब कसरी उध्र्याउने? सबै सिलिसक्यो। नउध्र्याऔं न।” तर दाइको रिस साम्य भएन। दुवै घुँडाले जमिन टेकेर कमिजको कपडै च्यातिने गरी उध्र्याएर रिस पोख्नुभयो। त्यो दृश्य मलाई आज पनि याद छ। 


रमेश दाइले सिलाईको काम नसिकुञ्जेलसम्म आमाले नै हामीलाई लुगा सिएर लगाइदिनुहुन्थ्यो। आमाले हामीलाई कहिल्यै मैलो र टालेको लुगा लगाउन दिनुभएन। सफा, मिलेको लुगामा राख्ने उहाँको बानी थियो। 


आमाले सिउने त्यो हाते मेसिन आज पनि घरमा छ। सियोले काम छोडे पनि हामी आवश्यकता परेको बेला चलाउँछौं। रमेश दाइ सिलाई सिकेपछि त्यही मेसिनमा पाउदानी राखेर चलाउनुहुन्छ। पुष्प दिदी भन्नुहुन्छ, “आमाले भन्नुहुन्थ्यो, त्यो सिलाई मेसिन दुई सय रुपैयाँमा किनिएको हो।”


त्यो मेसिन केवल लुगा सिउने औजार थिएन। त्यो आमाको मेहनत, माया र हामीलाई सफा-सुग्घर राख्ने चिन्ताको प्रतीक थियो।


                               ~०~


मेरो खुट्टा भाँच्दाको अविस्मरणीय घटना*


मलेवाको रुपमा आएकी दिदी*


त्यो साल काम विशेषले सर्वोच्च अदालत गएर फर्कने क्रममा सिंहदरवार गेटको बायाँतर्फ जेब्राक्रसबाट सडक पार गर्दै थिएँ। त्यही बेला पुतलीसडकतर्फबाट तीव्र गतिमा आएको मोटरसाइकलले ठक्कर दियो। म सामान्य रूपमा थचक्क परेँ, तर खुट्टाको नली दुई ठाउँमा भाँचिएको रहेछ।


मोटरसाइकल चालक र पछाडि बसेका भाइले तुरुन्तै वीर अस्पताल पुर्‍याए। एक्स-रे गर्दा डाक्टरले भन्नुभयो, “हड्डी दुई ठाउँमा भाँचिएको छ। स्टिल नराखिकन हुँदैन। अहिले खुट्टा नचलोस् भनेर सामान्य प्लास्टर गरिदिन्छु।” प्लास्टर गरेर मलाई वार्डमा पठाइयो। 


त्यतिन्जेल मेरो खबर पाएर साथी महेन्द्र शाही, दिदी र भान्जा आशिष् अस्पताल आइपुगिसक्नुभएको थियो। दुर्घटना भएको कुरा आमालाई भन्दा आत्तिनुहुन्छ भनेर दिदीले ‘काम विशेषले काठमाडौं गएको छ’ मात्र भन्नुभएको रहेछ। तर आमाको मनले पत्याएन। भोलिपल्टै रुँदै अस्पतालमा हेर्न आउनुभयो।


सरकारी अस्पताल भएकाले अप्रेशनका लागि तीन-चार दिन लाइन कुर्यौं, तर पालो आएन। त्यसपछि मोटरसाइकल चालक र महेन्द्रको सल्लाहमा मलाई बालाजुस्थित सिद्धार्थ अस्पताल लगियो। डा. नवीन प्रधानज्यूले अप्रेशन गरेर भाँचिएको दुवै ठाउँमा स्टिल राखिदिनुभयो। अस्पतालको सम्पूर्ण खर्च मोटरसाइकल चालकले नै व्यहोर्नुभयो। महेन्द्रले ट्राफिक कार्यालयमा ‘बिरामीको स्वीकृति नभएसम्म चालकलाई नछाड्नु’ भनेका रहेछन्।


म डिस्चार्ज भएपछि दिदी र भान्जाले पाछे गल्लीको डेरामा नलगी कलंकीस्थित दिदीकै घरमा एम्बुलेन्समा राखेर ल्याउनुभयो। केही दिनपछि ट्राफिक कार्यालयबाट फोन आयो, “मोटरसाइकल लिन आएको छ केर गर्न?” मैले भनेँ, “सर, दिनुहोस्। उहाँहरूले मेरो सबै उपचार खर्च व्यहोर्नुभएको छ। म अहिले डिस्चार्ज भएर घरमै छु।” 


अधिकारीले भन्नुभयो, “अहिले मोटरसाइकल दिएर पठाएपछि पछि उजुरी लाग्दैन।” मैले जवाफ दिएँ, “दिनुहोस्। जे भए पनि म आफैं व्यहोर्नेछु। उजुरी आउउँदैन।” मेरो जवाफपछि उहाँहरूले मोटरसाइकल फिर्ता दिनुभयो। 


मोटरसाइकल चालक सिन्धुपाल्चोकका भाइ रहेछन्। मनकामना दर्शन गरेर घर फर्कने क्रममा दुर्घटना भएको रहेछ। अस्पतालमा कुरुवा बस्ने समस्या भयो भने ‘हामी बसेर सहयोग गर्छौं’ भन्दै उहाँ र परिवारका दिदीहरूले सहयोगको भावना देखाउनु भएका तिए । डिस्चार्ज भएको चार महिनापछि पनि भाइले फोन गरेर मेरो अवस्था सोधिरहनुभयो। 


एक महिना दिदीको घरमा बसेपछि म फेरि पाछे गल्लीको डेरामा फर्किएँ। एकदिन बिहान ओछ्यानमा खुट्टा तन्काएर बसेको थिएँ। माथिको भान्छाको भर्‍याङबाट एउटा मलेवा खुत्रुक्क-खुत्रुक्क आवाज गर्दै झरेर मेरो खुट्टा छेउमै आएर बस्न थाल्यो। त्यतिबेला पुष्प दिदी पनि हुनुहुन्थ्यो। 


त्यो मलेवा दिनभर बसिरहन्थ्यो, साँझ भएपछि जान्थ्यो। बिहान फेरि आउँथ्यो। पुष्प दिदीका अनुसार प्लेटमा राखेको खाना मात्र खान्थ्यो, भुइँमा राखेको खाँदैनथ्यो। यसरी नियमित रूपमा मलेवा आएर बस्न थालेपछि आमा भन्नुहुन्थ्यो, “ल, तिम्रो मरिसकेको चम्पा दिदीले तिमीलाई हेरचाह गर्न आएको हो है।” 


मलेवा आएर बस्ने क्रम करिब १५ दिनभन्दा बढी चल्यो। आमाको विश्वास थियो— त्यो मलेवाको रूपमा स्व. चम्पा दिदी नै आएकी हुन्। तर पन्छी भएकाले ओछ्यानै बिस्टा गरेर फोहोर गर्थ्यो। पुष्प दिदी ‘महारानीले फोहोर गर्‍यो’ भन्दै कराउनुहुन्थ्यो। 


अहिले पनि पुष्प दिदी भन्नुहुन्छ, “ठूली आमाकी छोरी न्हुच्छे दिदीको मृत्यु भएको दिनदेखि मलेवा आउन छोडेको हो।” 


त्यो मलेवामा स्व. दिदीको आत्मा थियो कि थिएन, मलाई थाहा भएन। तर आमाले भने पक्का भन्नुहुन्थ्यो— त्यो्यो चम्पा दिदी नै हो। 


अब आमा पनि परलोक हुनुभयो। पक्कै पनि स्वर्गमा आमा-छोरीको भेट भएको होला। अनि आमाले भाइको खुट्टा भाँच्दा मलेवाको रूपमा आएर माया र हेरचाह गरेकोमा छोरीलाई धन्यवाद दिँदै आशिर्वाद पनि दिनुभएको होला।


                                    ~०~


जीवनको उत्तरार्धमा नाति-नातिनीको सेवा*


आमाको जीवनको अन्तिम वर्षहरूमा शरीर कमजोर हुँदै गए पनि मन भने उस्तै उज्यालो थियो। त्यही बेला नाति दर्शन र नातिनी बुहारी अनिताले आमालाई दिनुभएको सेवा अविस्मरणीय रह्यो।


१०५ वर्ष पुग्नुभएका हजुरआमालाई उहाँहरूले कहिले कपाल कोरेर काटिदिनुहुन्थ्यो, कहिले तातो पानी तताएर स्नान गराइदिनुहुन्थ्यो। खानेकुरादेखि लाउने-ओछ्याउने कुरासम्म सबैमा ध्यान पुर्‍याएर आमाको सानो-सानो इच्छा पूरा गर्नुहुन्थ्यो।


आमा आफैं भन्नुहुन्थ्यो, “मैले सन्तान हुर्काएँ, अहिले नाति-नातिनीले मलाई हुर्काउँदैछन्।” यो कुरा सुन्दा घरका सबैको आँखा रसाउँथ्यो।


दर्शन र अनिताको त्यो सेवाभावले देखायो कि असली संस्कार भनेको ठूलो कुरा गर्नु होइन, बुढेसकालमा आमाबुबा-हजुरआमाको हात समातेर साथ दिनु हो। आमाको अन्तिम दिनहरूमा उहाँहरूले दिएको माया र सुसारले आमाको मन शान्त र सन्तुष्ट भयो।


यही कारणले गर्दा आज पनि घरमा आमाको चर्चा गर्दा दर्शन र अनिताको नाम श्रद्धासाथ लिइन्छ।


जीवनको साँझ परेपछि, थाकेकी थिइन् आमा

शरीर कमजोर, आँखा रसिला, मौन थियो सब ठाँउमा

त्यही बेला मायाको दीप, बल्यो घरको आँगनमा

दर्शन बहादुर, अनिता आए, सेवा लिएर मनमा


सेवा तिमीहरूको अमर रहोस्

मायाको कथा सदा बहोस्

स्व. आमाको अन्तिम सासमा

तिमीहरूले दिएको साथ अमूल्य रहोस्


दिनरात नभनी साथ दिए, हात समाई राखे

पीडामा पनि मुस्कान दिए, आँसुहरूलाई लुके

ममताको छायाँ जस्तै बनी, शान्ति भरिदिए मनमा

त्यो निःस्वार्थ प्रेमको कथा, सुनिन्छ हरेक क्षणमा


सेवा तिमीहरूको अमर रहोस्

मायाको कथा सदा बहोस्

स्व. आमाको अन्तिम सासमा

तिमीहरूले दिएको साथ अमूल्य रहोस्


संसारमा ठूलो धर्म भने, सेवा नै हो साँचो

तिमीहरूले देखायौ आज, कस्तो हुन्छ त्यो बाटो

आमाको आशीर्वाद सधैं, साथ रहोस् जीवनभर

दर्शन र अनिता जस्ता, बनुन् सबैका आदर्श घर


श्रद्धा, माया, त्यागको फूल

फक्रियो तिम्रो कर्ममा

स्वर्गमा मुस्काउँदै होलिन् आमा

तिम्रो पवित्र धर्ममा


सेवा तिमीहरूको अमर रहोस्

मायाको कथा सदा बहोस्

स्व. आमाको अन्तिम सासमा

तिमीहरूले दिएको साथ अमूल्य रहोस्

=======


टिप्पणियाँ

इस ब्लॉग से लोकप्रिय पोस्ट

मेरो आमाले भन्नू भएको .. मेरो मामाघर, जीवन बृतान्त