आमाको जिवनवृतान्तः " बादल पारी जननी"
आमाको जिवनवृतान्तः " बादल पारी जननी" प्रस्तावना मान्छेको जीवन एउटा खुला किताब हो—जसका पाना-पानामा सुख-दुःख, हाँसो-आँसु र संघर्षका रेखाहरू कोरिएका हुन्छन्। तर कतिपय जीवन यस्ता हुन्छन्, जसको एउटा-एउटा पाना पल्टाउँदा न पाठकको आँखा रसाउँदैन, न मन काँप्दैन। मेरो आमाको जीवन त्यही एउटा यस्तै किताब हो। जन्मदेखि महाप्रस्थानसम्म उहाँले भोग्नुभएको दुःख, कष्ट, अपमान, त्याग र मायाको यात्रा शब्दमा उतार्नु मेरो लागि सहज थिएन। किनकि त्यो केवल मेरो आमाको कथा होइन, हाम्रो कुल, हाम्रो पुर्खौली परम्परा, हाम्रो नेवाः समाज र त्यसभित्रको नारी जीवनको जीवित दस्तावेज हो। यस जीवनवृतान्तमा मैले आमाको जन्मथलो, बाल्यकालको चञ्चलता, जवानीको सपना, वैवाहिक जीवनको पहिलो गाँसमै भोग्नुपरेको ढुङ्गा, सौतेनी व्यवहारको पीडा, जन्मथलो त्यागेर भक्तपुर-काठमाडौंमा गर्नुपरेको संघर्ष, नाति-नातिनी हुर्काउनुभएको ममता, शताब्दी वर्षको सम्मान र अन्ततः महाप्रस्थानसम्मका घटनाहरूलाई सकेसम्म यथार्थ र सम्मानपूर्वक राख्ने प्रयास गरेको छु। यस क्रममा हाम्रो पुर्खौली वंश परम्पराको तान्त्रिक दीक्षा अर्थात् “देखा” को महत्त्व पनि उल्लेख...