मेरो आमाले भन्नू भएको .. मेरो मामाघर, जीवन बृतान्त
एकदिन १०१ वर्षको मेरो आमाले भन्नू भएको ...मेरो मामाघर आमाको जन्मथलो म अहिले ६३ वर्ष लागें तर आज सम्म पनि मईले आफ्नो मामा घर कहाँ हो यकिन थाहा पाउन सकेको छैन । मामाघर कहाँ भनेर थाहा नहुने म मामाघर पुगेकोत पक्कै हुन्ननै । अहिले मात्र हैन म सानू छँदानै आमाले आफ्नो माईति घर यहाँ पर्छ भनेर यकिनका साथ भन्न सक्नु हुन्न थियो । अहिले त आमा सय वर्ष नाघि सक्यो कुरै भएन । आमाको आमा बित्नु भए देखिनै आज सम्म पनि आमा आफ्नो माइत जानू भएको छैन । म आमाको गर्भमा बस्नु भन्दा धेरै अघिनै मेरो मामाली हजुर आमाको मृत्यु भैसकेको कुरा भन्नुहुन्छ आमा । आमा आफ्नाो जन्म घरका बारेमा भन्ने गर्दा, आमाको हजुर बुबा शिद्धि दास श्रेष्ठ र बाबू मानकाजीको जिउनी सम्म गाउँको जिम्मावाल हुनुहुन्थियो रे एकमुरी धानको बीउ रोप्ने धान खेत थियो रे (भूमिप्रशासन ऐन लागू नहुँदा सम्म पूर्व पहाडि भेगका जग्गाजमिनको तिरो असुली सरकार समक्ष बुझाउने उत्तरदायित्व बोकेकालाई जिम्मावाल भन्थे ) । रोपाई गर्दा खेताला खोज्न पर्दैनन्थोरे । हामी जिम्मा...